कविता

नगर बधुहरुको आवाज

लाटाको देशमा गढा तन्नेरी भएर आयो गणतन्त्र दरबारबाट काँचुली फेरेर संग्रहलय बनेर, डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर फिस्स हाँसि रहेकोछ नारायणहिटी ! नयाँ नेपालको नयाँ संबिधान चाहि के भएर आउने हो कुन्नी ? सबै कुरा नाँपे, सबै कुरा लेखे…

च्याउको जङ्गल

यही झन्डाबाट उखेल्छु घन र फुटाउँछु आफ्नै निधारको चट्टान ! यही झन्डाबाट निकाल्छु हँसिया र भत्काउँछु आफ्नै विचारको पर्खाल ! हतियार र औजारले पिटीपिटी प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी ! त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर म उड्छु अब…

रगतको आँखीझ्याल

रगतभित्र आँखीझ्याल छ अथवा लाखौं वर्ष पहिले उद्भव भएको रातो रगतको आयाम भेँमकाय महासागरको भन्दा पनि फराकिलो छ पुर्वजहरुको प्रत्येक पिंढीबाट स्नेहपूर्वक हस्तान्तरित रगतको पिठ्यूमा हामी सवार गरिरहेछौं रगतको भरेङ्बाट कहिले हामी तल ओर्लेका छौं कहिले माथि उक्लेका छौं प्रत्येक…

९८ को आत्मकथा

बाबाको हत्या भएपछि हाम्रो च्याब्जुले – हत्यारालाई पनि ढाल्नुभएछ रगतको आहालबीच उभिएर मुन्धुम फलाक्दा-फलाक्दै धनुसँगै दाहिने हात खसेछ सिस्नुको फेटा र लहराको जुत्ता खसेछ ब्यूँझदा – शरीरमा गर्जिरहेको छ घाइते बाघ आगो भएको छ जङ्गल धूवाँ भएको छ पर्वत रगत…