पत्रकार दाहाललाई आर्थिक सहयोग

Journalist_shyam_dahal_help_from_uk_365624730दुबै मृगौलाले काम नगरेपछि अस्वस्थ बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहाललाई भोजपुर सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ ।

भोजपुर सेवा समाज बेलायका अध्यक्ष दिलमान राईको सक्रियतामा संकलित एक लाख ३१ हजार ६ सय रुपैयाँ बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरियो ।

ललितपुरको मानभवनस्थित ब्रिटिश क्याम्पमा आयोजित एक कार्यक्रममा भोजपुर सेवा समाज बेलायका सदस्य पवन राईले नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष ज्ञानेन्द्र खड्कालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सदस्य राईले भोजपुरका सक्रिय एक पत्रकारलाई परेको अप्ठेरोमा बेलायमा रोजागरी गरिरेहका भोजपुरेका तर्फबाट सानो सहयोग गरिएको बताए । रकम हस्तान्तरणपछि बोल्दै पत्रकार महासंघ भोजपुरका अध्यक्ष ज्ञानेन्द्र खड्काले भोजपुरको विकासका लागि ब्रिटिश गोरखाहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै यो सहयोगले पत्रकार दाहालको उपचारमा ठूलो सहयोग पुग्ने उल्लेख गरे ।

साभारः अन्नपूर्ण पोष्ट