तेस्रो अधिबेशन पश्चात भोजपुर सेवा समाज बेलायत का नयाँ कार्य समितिको पहिलो बैठकमा छलफल गरि पारित गरिएका बुंदाहरु यसप्रकार रहेका छन्

बेलायतमा बसोबास गर्नुहुने प्रबासी भोजपुरेहरुको तेस्रो अधिबेशन तथा बार्षिक भेटघाट कार्यक्रम पश्चात नयाँ कार्य समिति गठन गरि भोजपुर सेवा समाज बेलायतले पहिलो बैठक बेलायतको आशफोर्ड, केन्ट, इन्टरनेसनल हाउस मा सम्पन्न गरेको छ/ श्री दिलमान राई ज्युको अध्यक्षतामा समुपस्थित सम्पूर्ण सदस्यज्युहरुलाई आ -आफ्नो व्यस्तताको बाबजुद सहभागी जनाउनु भएको खण्डमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको उद्घाटन बिहानको ११:३० बजे सुरुवात गरिएको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

बैठकमा छलफल गरि पारित गरिएका बिषयहरु यसप्रकार रहेका छन्
१. नयाँ सदस्य श्री दिलिप कुमार राई ज्युलाई संस्थाको चलन चल्ती अनुसार खादा लगाई दिनु भई अध्यक्ष ज्युले स्वागत एबम शुभकामना ब्यक्त गर्नु भयो ।

२. बूझ-बुझारथ: पूर्व सचिब श्री दिलमान राई ज्युबाट संस्थाको आवश्यक कागजात वर्तमान सचिब श्री राजकुमार तामाङ्ग ज्युलाई हस्तान्तरण गर्नु भएको थियो । यसै सिलसिलामा पूर्व कोषाध्यक्ष श्रीमती चन्द्रावती राई ज्युबाट संस्थाको नाममा रहेको सम्पूर्ण नगद , गत पार्टीमा भएको आय र व्ययको आर्थिक विवरण बैठकमा प्रस्तुत गरि वर्तमान कोषाध्यक्ष श्री रोम प्रसाद राई ज्युलाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाको नाममा रहेको साझा सम्पत्ति पनि यसै कार्यक्रममा यस कार्य समितिको सदस्य सहायक प्रोपर्टी इन्चार्ज श्री भक्त राई ज्युले बुझिलिनु भएको थियो ।

३. सल्लाहकार समिति गठन : हाम्रो यस समाज र कार्य समितिलाई सल्लाहकार समितिको आवश्यक भएको हुँदा छनौट कार्यक्रम यस बैठकले बृहत रुपमा छलफल गरि अनुभवी, दक्ष, जोशिला र जाँगरिला व्यक्तित्त्व हरुको चयन भएको जानकारी गराउन चाहन्छु । सल्लाहकार समितिको नामावली यसप्रकार रहेको छ :
क) श्री फुर्बा शेर्पा – पूर्व अध्यक्ष / मुख्य सल्लाहकार
ख) श्री कृष्ण बहादुर राई – सल्लाहकार
ग) श्री धर्म बहादुर तामाङ् – सल्लाहकार
घ) श्री रुद्र श्रेष्ठ – सल्लाहकार
ङ) श्रीमती मिना राई – सल्लाहकार
च) श्री प्रताप सिङ् राई – सल्लाहकार

४ . सल्लाहकार समितिको छनौट कार्यक्रम समिति भित्रकै व्यक्तित्त्व हरुबाट हुनु पर्ने भन्ने प्रश्न समिति बाट उठेको थियो ।
उत्तरमा: प्राय जसो सम्भावित उमेद्वार हरुलाई अनुरोध गर्दा बिबिध कारणहरु दर्शाउँदै अनुरोधलाई इन्कार गरिएको हुँदा कार्य समिति भित्र बाट मात्रै सम्भव नरहेको कुरा अध्यक्ष ज्युले प्रस्ट पारि दिनु भएको थियो ।

५. भोजपुर जिल्ला बहु जात जातीयहरुको बसोबास गर्ने क्षेत्र भएको हुँदा सल्लाहकार समितिमा पनि बहु जातीयको प्रतिनिधित्त्व हुनु पर्नेमा जोड दिइएको थियो ।

६. भोजपुर सेवा समाज यु के लाई च्यारिटी संस्थामा दर्ता गराउन आवश्यक परेको हुँदा हालसालै मात्र यस संस्थालाई च्यारिटी संस्थामा दर्ता गर्न सफल भएको जानकारी दिंदै यस संस्थाको च्यारिटी नम्बर यसप्रकार रहेको छ: Charity Registered Number: 09216122, None Profitable Charity.

भविष्यमा यो च्यारिटी दर्ता नम्बर सहि ढंगले प्रयोग गरि तपाइंहरु जोकोहीले पनि च्यारिटी प्रोग्राम गर्न र यस संस्थालाई आर्थिक सहयोग पुर्याउनु हुनेछ भन्ने पूर्ण आशा लिएका छौं ।

७. कार्य बांडफांड: प्रत्येक सदस्यहरुलाई आ-आफ्नो उत्तरदायित्त्व बांडफांड कार्यक्रम अध्यक्ष ज्युबाट गर्नु भई अब आउने भोजपुर सेवा समाज यु के को कुनै पनि भावी कार्य योजनाहरु सर्ब सुलाभ तरिकाले सफल गर्न सकियोस भन्ने अठोटका साथ सर्ब सहमति भएको सहर्ष जानकारी गराउंदा छु ।

८. क्षेत्रीय कार्य समिति गठन: प्रबासी भोजपुरेहरुको बसोबास बेलायतको विभिन्न ठाउँहरुमा भएको हुँदा एक्किन तथ्यांक संकलन गर्न केहि कठिनाईहरु पर्न गएको कारण उपसमिति गठन गर्ने निर्णय समेत पारित भएको र बिशेष गरेर लण्डन एरियामा उपसमितिको गठन आवश्यक परेको कुरा जानकारी गराईन्छ ।

९. बिधान किताब: यस संस्थाको बिधान किताब नेपाल बाट छपाएर ल्याउने र कम्ति मुल्यमा संस्थाका सम्पूर्ण (ईच्छुक ) सदस्यहरुलाई बिक्रि गरि संस्थाको रकम बृहत बनाउंदै लैजाने सहमति भएको छ/ किताबको न्युनतम मुल्य £५.०० रहेको छ ।

भविष्यमा हुन गईरहेको पार्टी/बैठकहरु: PLEASE NOTE IN YOUR DIARY.

दोस्रो बैठक
मिति: १६ नोभेम्बर २०१४, आइतबार
स्थान: Gurkha Spice World, Greenford, Broadway, Middlesex, 11/13 Ruislip Road, UB6 9QD, London.
समय: 11am – 4pm
नोटको कुरा: पे पार्किंग उपलब्ध छ
भी बि सन् कार पार्क
रेस्टुरेन्ट नजिकै
प्रति व्यक्ति £१०.०० मा नेपाली खाना बन्दोबस्त गरिएको छ मासुको आइटम पोर्क गरिएको हुँदा यदि पोर्क खानु हुन्न भने कृपया समयमै खबर गर्नु होला ।

तेस्रो अथवा अन्तिम बैठक पार्टी बन्दोबस्त मिलाउनुको लागि:
मिति: २१ मार्च २०१५, शनिबार
स्थान:
समय:
समर अथवा बार्षिक भेटघाट कार्यक्रम:
मिति: २५ जुलाई २०१५, शनिबार
स्थान:
समय:

नोट: माथि उल्लेख गरिएका मिति, समय र स्थान फेरबदल पनि हुन सक्ने भएको हुँदा इमेल, फेसबुक,वेबसाइट हेर्दै गर्नु होला भनि अनुरोध गर्न ।

१०. ए ओ बि: भोजपुर सदरमुकाममा रहेको एक मात्र अस्पतालमा बिरामीका आफन्तहरुले उपचार गराउने समयमा आराम गर्ने, बस्ने, सुत्ने जस्ता अत्यन्तै जरुरि कुराको व्यवस्था नभएको र सास्ती खेपी रहनु परिरहेको हुँदा भोजपुर सेवा समाज बेलायतले (बिरामी कुरुवा घर) बनाउने निर्णय साथै सोंच राखेको हुँदा चांडैनै भविष्यमा च्यारिटी प्रोग्रामहरु गरेर रकम संकलन गर्ने भएको कुरा सम्पूर्ण भोजपुर बासीहरुमा सहर्ष जानकारी गराउन चाहन्छु ।

११. बिरामी कुरुवा घर कार्य समिति गठन: बिरामी कुरुवा घर बनाउनलाई रकम संकलन गर्ने, भविष्यमा सुचारु रुपले भवन संचालन गर्ने कार्य हरुलाई सुदृढीकरण गर्दै लैजानका निम्ति निम्न लिखित समिति गठन गरिएको छ ।

कार्य समितिहरु यसप्रकार रहेका छन्
श्री दिलमान राई – अध्यक्ष
श्री राजकुमार तामाङ्ग – सचिब
श्री रोम प्रशाद मुकारुङ्ग – कोषाध्यक्ष
श्री कृष्ण बहादुर राई – सदस्य
श्रीमति मिना कुमारी राई – सदस्य
श्री देबेन्द्र कुमार राई – सदस्य
श्री गोम्बा शेर्पा – सदस्य
श्री धर्म बहादुर तामाङ्ग – सदस्य
श्री सुबर्ण ताम्राकार – सदस्य
श्रीमती निता राई – सदस्य
श्री सुर्य गोले – सदस्य (नेपाल)
श्री नरहरी राई – संयोजक (नेपाल)
श्रीमती बिमला राई – सदस्य
श्री विष्णु कुलुङ् – सदस्य
श्री रुद्र श्रेष्ठ – सदस्य
श्री सुदेश कुमार राई – सदस्य
मेजर श्री मान बहादुर राई – सदस्य
श्री प्रेम राज राई – सदस्य
श्री दिलिप राई – सदस्य
श्री साना शेर्पा – सदस्य
श्री विकास राई – सदस्य
श्री गीराधन राई – सदस्य (नेपाल)
छ्याकी शेर्पा – सदस्य (नेपाल)
सीता सुवेदी – सदस्य (नेपाल)

१२. भविष्यमा हुने अधिबेशनलाई पार्टी हुनु अगावै कार्य समितिको बैठक बसी छलफल गर्नु पर्ने बिषयहरुलाई छलफलगरि निर्णय गर्ने र पार्टीको समयमा हाम्रा आदरणीय भोजपुर बासीहरुको ईच्छा र चाहनालाई मध्य नजर गरि भरपुर मनोरंजन लिन सकिने ढंगले बार्षिक भेटघाट/पार्टी लाई आयोजना गर्ने सहमति गरिएको छ ।

सभा समापन: अध्यक्ष श्री दिलमान राई ज्यु द्वारा आज बसेको बैठमा समुपस्थित सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै ४:३० बजे बैठक समापन भएको थियो ।

जय भोजपुर सेवा समाज यु के, नेपाल लगायत विश्व भरि बस्नु भएका सम्पूर्ण प्रबासी भोजपुर बासीहरु !

भवदीय

राजकुमार तामाङ्ग
सचिब
भोजपुर सेवा समाज बेलायत