भोजपुर सेवा समाज युकेको समिति बैठक सम्पन्न

भोजपुर सेवा समाजको बैठक १ फेब्रुअरी २०१४, शनिवारका दिन यस संस्थाका अध्यक्ष श्री फुर्बा शेर्पाको अध्यक्षतामा Bhetghat Gurkha Restaurant, Aldershot मा सम्पन्न भयो । उक्त बैठकमा संस्थाको बारेमा महत्वपूर्ण विषयमा छलफलका साथै एजेन्डा पारित गरियो । संस्थाको आगामी बैठक ४ मे २०१४ (२१ बैशाख २०७१), आइतबारका दिन १०-५ बजे सम्म Maidstone, Kent मा हुने र उक्त बैठकमा संस्थाको महत्वपूर्ण विषय तथा आगामी अधिवेशन सम्बन्धी छलफल गरिने हुनाले सम्पूर्ण समिति सदस्यहरुलाई उपस्थिति हुन अनुरोध गरिन्छ ।

दिलमान राई
सचिव
भोजपुर सेवा समाज, वेलायत