रकम हस्तान्तरण कार्यक्रम

भुकम्पवाट मृत्यु भएका जिल्ला भित्र र जिल्ला वाहिरवाट भोजपुर जिल्ला स्थायी घर भएका व्यत्तिहरुको नामावली तथा रकम हस्तान्तरण कार्यक्रम 
१. प्रविन राई , ठुलोदुङमा भोजपुर मृत्यु भएको काठमांडौ
२. आकृति निरौला रानीवास भोजपुर मृत्यु भएको काठमांडौ 
३. रविना राई रानीवास भोजपुर मृत्यु भएको गाउमा नै 
४. भावना श्रेष्ठ पाङचा भोजपुर मृत्यु भएको गाउमा नै 
५. निर्मला राई र उनको सानो छोरी छिनामखु भोजपुर मृत्यु भएको काठमांडौ उनको माईतिको ठेगाना कोट ७ भोजपुर 
६. उर्मिला राईको ४ महिनाको छोरा भुमिहाङ राई होम्ताङ भोजपुर मृत्यु काठमांडौ
७. पुष्पा श्रेष्ठ प्याउली १ भोजपुर
८. प्रकाश सुनार लेखर्क ७ भोजपुर 
९. दिपेन्द्र लुवागुण लेखर्क ७ भोजपुर 
भुकम्पवाट ज्यान गुमाएका परिवारलाई भोजपुर सेवा समाज वेलायतवाट राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण हुने भएको छ । भोजपुर सेवा समाज वेलायतवाट प्राप्त सहयोग रकमलाई भोजपुर संयोजन (भोजपुर बिरामी कुरुवा घर निर्माण तथा ब्यबस्थापन सयुक्त समिति बेलायत भोजपुर) समिति का संयोजक नरहरी राईको अध्यक्षतामा यहि मिति २०७२ असार ७ गते सोमवार तदनुसार सन २०१५ जुन २२ तारिकका दिन भुकम्पवाट मृतक परिवारलाई राहत रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , जिल्ला सुरक्षा निकायका प्रमुखहरु , स्थानिय विकास अधिकारी , राजनैतिक दलका प्रतिनिधीहरु साथै विभिन्न संघसंस्था तथा वुद्धिजिवी समाजेवी पत्रकार नागरिक समाज पिडित परिवार आयोजक समितिका सदस्यहरु गरि ५० जनाको सहभागिता रहने अनुमान गरिएको छ । भोजपुर नगरपालिका ७ मा रहेको नेपाल आदिवासी जनजाती महासंघ भोजपुरको सभाहलमा कार्यक्रम हुने भएको छ ।