वार्षिक सांगठनिक प्रतिवेदन

वार्षिक सांगठनिक प्रतिवेदन
भोजपुर सेवा समाज,बेलायत
२५ जुलाई २०१५, शनिवार
आदरणीय अध्यक्षज्यू,
संस्थापक अध्यक्षज्यु,
प्रमुख अतिथिज्यू ,
कार्यसमितिका प्रमुख सल्लाहकारज्यूसल्ल्हाकारज्युहरु,  संस्थाका पदाधिकारी ज्यूहरुसदस्यज्युहरु पत्रकार बन्धुहरु, तथा आजको यस  कार्यक्रममा उपस्थित हुनु भएका बेलायत भोजपुर जिल्लाबासी तथा गैर जिल्लाबासी दाजुभाई तथा दिदी बहिनीमा हार्दिक अभिावदन टक्र्याउन चाहन्छु ।
भोजपुर जिल्लाको छोटो पृष्ठ भुमिको बारेमा भन्नु पर्दा ,भोजपुर जिल्ला पहाडी दुर्गम क्षेत्र हो जहाँ पहिले ६३ वटा गाँउ विकाश समितिहरु थियो तर हाल वटा नगरपालिकाहरु बनेर अहिले ५४ वटा मात्र गाँउ विकाश समितिहरु छन् ,पहिले तीन वटा निर्वाचन छेत्रहरु थियो भने हाल दुइवटा मात्र छन् भोजपुर जिल्ला नेपालका ५ विकास क्षेत्रमध्ये पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने मध्यपहाडी जिल्ला हो ।
यस जिल्लाको पूर्वमा धनकुटा र संखुवासभा जिल्ला पर्दछ भने पश्चिममा खोटाङ जिल्लाको सिमानामा जोडिन पुगेको छ । उत्तरतर्फ सोलुखुम्बु जिल्लाको केही भेग गाँसिन पुगेको छ भने दक्षिणतर्फ उदयपुर जिल्लासँग मितेरी गाँस्न पुगेको छ । यस जिल्लाको पूर्व-पश्चिम क्षेत्रफल सरदर १५०७ वर्ग कि.मि. रहेको छ । भोजपुर जिल्लाको हालको जनसंख्या तथ्यांक अनुसार २,३०,०१८| जन घनत्व १२० किलो मिटर स्क्वायार तथा ३१० स्क्वायार माइल्स छ पर्यटकीय छेत्र  अनुसार उतरी छेत्रमा शिलिचुंग , दिङ्ग्ला  र शाल्पा आदि, मध्यछेत्रमा ट्याम्के, मयु, भोजपुर बजार, सुन्तले र श्यामशिला आदि पर्दछ भने दक्षिण क्षेत्रमा  घोरेटार, हतुवा गढी गोलमे भिर आदि पर्दछ | पुर्बी नेपालको कोशी अञ्चल अन्तर्गत भोजपुर जिल्ला भौगोलिक हिसाबले पहाडी जिल्ला भए पनि शिक्षाको क्षेत्रमा अग्रस्थानमा रहेको मानिन्छ ! भोजपुर जिल्लालाई यस स्थितिमा ल्याई पुर्याउन स्वर्गीय श्री नारदमुनी थुलुङ्ग राई (छिनामखु) को महत्वपुर्ण योगदान रहेको छ |
अध्यक्ष महोदय,
भोजपुर सेवा समाज बेलायतको तेस्रो अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम अगस्ट १६ तारीख सन् २०१४ शनिबारका दिन Hawkings  Community Centre , kent  मा संपन्न गरेको  थियो। त्यसै दिन यस संस्थाको तेस्रो अधिबेसनले श्री दिलमान खिमदुङ् राईज्युको अध्यक्षतामा २९ सदसिय समिति चयन गरेको छ | उक्त समितिमा उपाध्यक्षहरुमा श्री देबेन्द्र कुमार राई, श्री सुदेश कुमार राई र श्री सुवर्ण कुमार ताम्राकार रहेका छन् भने सचिबमा श्री राजकुमार तामांङ्, कोषध्यक्षमा श्री रोम प्रसाद मुकारुंङ् राई , सह-सचिबमा श्रीमती बिमला कुमारी राई, सह-कोषध्यक्षमा श्रीमती बिष्णु कुमारी कुलुङ् रहेका छन् भने त्यसै गरी सदस्यहरुमा श्री मान बहादुर राई, श्री राम गुरुङ, श्री राम कुमार लामा, श्री डिल्लिशेर राई, श्री धर्मेन्द्र परियार, श्री बिर चन्द्र राई, श्रीचन्द्र घले गुरुङ, श्री भक्त बहादुर राई श्री साना शेर्पा, श्री प्रेम राज राई, श्री दिलिप राई, श्री विकास राई, श्री जितेन्द्र अधिकारी, श्री दिप बहादुर राई, श्री प्रेम बहादुर राई, श्री देवी कुमार राई, श्री महा प्रसाद राई, श्री उमा राज तामांङ्, श्री गंगा राज राई श्रीमती निता राई र सुश्री रोमिया राई लगायतका सदस्यहरु रहेका छन् । यसै गरी प्रमुख  सल्लाहकारमा श्री फुर्बा शेर्पा तथा सल्लाहकारहरुमा  श्री कृष्ण रुचेन्बुंग राई, श्री धर्म तामाङ्, श्री प्रताप सिं राई, श्रीमती मीना कुमारी राई,श्री रुद्र श्रेष्ठ, श्री प्रेम गुरुङ् दुबो,श्री मान बहादुर रार्इ हुनुहुन्छ |
निर्बाचन मन्डलमा भु.पु मेजर श्री मान बहादुर राई, भुपु मेजर तथा समितिको सलाहकार श्री हर्क राज राई र श्री हेपेंद्र राई (अप्जसे कान्छा) रहेका थिए। निर्बाचन मण्डल दुवारा नया कार्य समिति गठन गर्नुका साथै बधाई ज्ञापन कार्यक्रम समेत गरिएको थियो उक्त कार्यक्रममा निर्बाचन मण्डलबाट सांगठानिक दस्ताबेज नया कार्य समितिलाई आधिकारिक रुपमा हस्तान्तरण गरिएको थियो।
आदरणीय उपस्थित दाजुभाइ तथा दिदीबैनीहरु यस भोजपुर सेवा समाज, बेलायत तथा भोजपुर जिल्लाको लागि निवर्तमान कार्य समितिले शुरुवात गरेको अपरिहार्य कार्यक्रमहरुलाई निरन्तरताका साथ् संचालन गर्दै आइरहेको छ साथै अब म यहाँहरु समक्ष एक वर्ष कार्य अवधिको कार्य प्रतिवेदन पेश गर्न अनुमति चाहन्छु |
भोजपुर सेवा समाज बेलायतको विधान अनुसार एक वर्षमा तिन पल्ट बैठक बस्ने भनि पारित भए अनुसार  नयाँ कार्य समिति २०१४/२०१५ को गठन भएपछि पहिलो बैठक ३० अगस्त २०१४ शनिवारको दिन आशफोर्ड इन्टरनेश्नल (Ashford International) हलमा बसेको थियो |
दोस्रो बैठक १६ नोभेम्बर २०१४ आइतबारको दिन नर्थहल्ट कम्युनिटी सेन्टर लन्डनमा बसेको थियो |
तेस्रो तथा अन्तिम  बैठक ७ मार्च २०१५ शनिवारको दिन ग्रिनफोर्ड , गल्फ क्लब ,लन्डनमा बसेको थियो |
माथि उल्लेखित गरिएको एक वर्षमा बसिएको तीनवटा बैठकहरुमा निम्नलिखित कार्यहरु गर्न  सफल भइएको छ जस्तै :
१. संस्था कम्पनी हाउसमा दर्ता भएको :– यस संस्थालाई १२ सेप्टेम्बर २०१५ मा दर्ता गरियो |
Charity Registration Number:– 9216122. हो र यस संस्थाले आवश्यकता परेमा च्यारिटी कार्यक्रम गरी रकम संकलन गर्न समेत सक्ने छ |  
२. संसोधित बिधान २०७१(2071)लाई  किताबमा उतारी  भोजपुरे  माझ  वितरण गरिएको छ I
.  भोजपुर बिरामी कुरुवा घरको लागि बेलायत र नेपालमा गरी २१ भोलीनटर (Volunteer) समितिको गठन गरिएको |
बेलायत तर्फ: अध्यक्ष श्री दिलमान राई, सचिव श्री राजकुमार तामांग,  श्री कृष्ण बहादुर राई , श्री देवेन्द्र कुमार राई, श्री रोम प्रसाद मुकारुङ्ग,  श्री धर्म बहादुर तामांग, श्रीमती बिमला कुमारी राई, श्री सुवर्ण ताम्राकार, श्रीमती बिष्णु कुलुङ्ग, श्री रुद्र श्रेष्ठ, श्री सुरेश कुमार राई, मेजर मान बहादुर राई, श्री प्रेम राज राई, श्री दिलीप राई, श्री साना शेर्पा  श्री विकाश राई रहेका  छन्  भने
नेपाल तर्फ : श्री नरहरी राई (संयोजक), श्री सुर्य गोले, श्रीमती छ्याकी शेर्पा, श्रीमती सिता सुवेदी तथा श्री गिराधन राई रहेका  छन् |
भोजपुरका पत्रकार श्यामकृष्ण दाहाललाई  आर्थिक सहयोग: भोजपुर सेवा समाज बेलायतका अध्यक्ष श्री दिलमान राईको सक्रियतामा दुबै मृगौलाले काम नगरे पछि अस्वस्थ बनेका भोजपुरका पत्रकार श्री श्यामकृष्ण दाहाललाई संकलित एक लाख ३१ हजार ६ सय रुपैयाँ  काठमाडौंको ललितपुर मानभवनस्थित ब्रिटिश क्याम्पमा आयोजित एक कार्यक्रममा भोजपुर सेवा समाज बेलायका सदस्य श्री पवन राईले नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष श्री ज्ञानेन्द्र खड्कालाई सो रकम हस्तान्तरण गरेका थिए |
. भुकम्प पिडितहरुलाई रकम हस्तान्तरण कार्यक्रम गरिएको : भुकम्पवाट मृत्यु भएका जिल्ला भित्र र जिल्ला वाहिरवाट भोजपुर जिल्ला स्थायी घर भएका व्यत्तिहरुको नामावली तथा रकम हस्तान्तरण कार्यक्रम
१. प्रविन राई , ठुलोदुङमा भोजपुर मृत्यु भएको काठमांडौ,
२. आकृति निरौला रानीवास भोजपुर मृत्यु भएको काठमांडौ,
३. रविना राई रानीवास भोजपुर मृत्यु भएको गाउमा नै,
४. भावना श्रेष्ठ पाङचा भोजपुर मृत्यु भएको गाउमा नै,
५. निर्मला राई र उनको सानो छोरी छिनामखु भोजपुर मृत्यु भएको काठमांडौ उनको माईतिको ठेगाना कोट ७ भोजपुर ,
६. उर्मिला राईको ४ महिनाको छोरा भुमिहाङ राई होम्ताङ भोजपुर मृत्यु काठमांडौ,
७. पुष्पा श्रेष्ठ प्याउली १ भोजपुर,
८. प्रकाश सुनार लेखर्क ७ भोजपुर,
९. दिपेन्द्र लुवागुण लेखर्क ७ भोजपुर |
 भोजपुर सेवा समाज वेलायतवाट प्राप्त सहयोग रकमलाई भोजपुर संयोजन (भोजपुर बिरामी कुरुवा घर निर्माण तथा ब्यबस्थापन सयुक्त समिति बेलायत भोजपुर) समितिका संयोजक नरहरी राईको अध्यक्षतामा मिति २०७२ असार ७ गते सोमवार तदनुसार सन २०१५ जुन २२ तारिकका दिन भुकम्पवाट मृतक परिवारलाई राहत रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो | जसमा प्रमुख  जिल्ला अधिकारी, राजनैतिक दलका प्रतिनिधीहरु साथै विभिन्न संघसंस्था तथा वुद्धिजिवी समाजेवी पत्रकार नागरिक समाज पिडित परिवार आयोजक समितिका सदस्यहरु गरि ५० जनाको सहभागिता रहेको थियो । भोजपुर नगरपालिका ७ मा रहेको नेपाल आदिवासी जनजाती महासंघ भोजपुरको सभाहलमा कार्यक्रम  भएको थियो ।
. च्यारिटीको  लागि छुट्टै बैंक खाता खोलिएको : च्यारिटीमा उठेको रकमको लागि सामुदायिक खाता पनि बाग्लेस बैंकमा (Barclays Bank) खोलिएको छ |
खाता न (४०६४५६९९ र सोर्ट कोर्ड २०-२२-६७)  
. भोजपुर बिरामी कुरुवा घरको लागि जग्गा खरिद गरिएको : भोजपुर बिरामी कुरुवा घरको जग्गा खरिद बारे सम्पूर्ण  विवरण  यसै संस्थाका अध्यक्ष श्री दिलमान राईज्यु बाट थाहा पाइसक्नु भयो भने जग्गा खरिदको शेयर बारे संस्थाका कोषाध्यक्ष श्री रोम मुकारुङ्बाट जानकारी लिनु हुनेछ |
भावी कार्यक्रमहरु :
हालको तथ्यांक अनुसार बेलायतमा बसोबास गर्ने भोजपुरेहरुको घर धुरी संख्या ३३८ छन् भने १००० देखि ११०० सम्म जनसख्या भएको अनुमान गर्न सकिन्छ |
स्मरण  रहोस हाल ५४  जनाले आजीवन सदस्यता लिइसकेका छन् भने १२२  जना सदस्यहरुले तिन वर्षे सदस्यता लिएका छन् तथा बाँकिरहेका महानुभावहरुलाई संस्थाका विधान अनुसार सदस्यता लिइ संस्थाबाट पाइने सुविधाहरु प्राप्त गर्न हार्दिक अनुरोध गरिन्छ | यस कार्यलाइ तिव्र रुपमा अगाडी लाने योजना रहेको छ
यस संस्थाको उद्धेश्य अनुरुप सबै कार्य गरिने छ अतिरिक्त भोजपुर बिरामी कुरुवा घर निर्माणको निम्ति रकम संकलन गरि निर्माण  कार्य चाडै  गरिन्ने   |
अन्त्यमा आदरणीय उपस्थित दाजुभाइ तथा दिदीबैनीहरु एक बर्षको अवधिमा यस कार्य समितिले गरेका कार्य प्रगति विवरणहरु तथा भावी योजनाहरु बारे सुनिदिनुभएकोमा हार्दिक आभार अनि धन्यवाद टक्रयाउनु चाहन्छु | विदेशमा बसे पनि हामीले आफ्नो संस्कार-संस्कृतिका साथ्-साथै आफ्नो गाउ, आफ्नो जिल्ला र आफ्नो देशको संरक्षण र विकासको निम्ति सधैँ  एकजुट भएर हातमा हात साथमा  साथ मिलाई काँधमा काँध जोडी हामी नेपाली आमाका एकै सन्तान तथा भोजपुरे  हौ भनेर आफ्नो कर्तब्यको पालन गर्नु पर्छ | यस संस्थालाई यहाँ सम्म पुर्याउनको निम्ति कार्य समितिका  सदस्यहरुको मात्रै हात नभइ सम्पूर्ण भोजपुर जिल्लावासीहरुको ठुलो योगदान छ हवस्त  आगामी दिनहरुमा पनि हजुहरुसंग यस्तै किसिमको सहयोगको अपेक्षा राख्दै फेरि पछि भेट्ने वाचा गर्दै आजलाई विदा चाहन्छु |
जय भोजपुर सेवा समाज बेलायत ।
धन्यवाद,
श्रीमती बिमला कुमारी राई
सह-सचिव
भोजपुर सेवा समाज, बेलायत |