भोजपुर सेवा समाज, वेलायतको दोश्रो अधिवेशन तथा बार्षिक भेटघाट कार्यक्रम

भोजपुर सेवा समाज, वेलायतको दोश्रो अधिवेशन तथा बार्षिक भेटघाट कार्यक्रम 18 अगस्ट 2012 तदनुशार भाद्र 2 गते 2069 साल शनिवारको दिन Harrow Borough फुटबल क्लब, नर्थ हल्ट, लन्डनमा भव्यताका साथ् सम्पन्न भएको थियो !
समितिका तत्कालिन अध्यक्ष श्री हर्कराज राई ज्युको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथिमा बेलायतकालागि नेपालका राजदुत डा सुरेश चन्द्र चालिसे रहनुभएको थियो भने अतिथिहरुमा क्रमश : खोटांग सेवा समाजको तर्फबाट अधिवक्ता चण्डिराज राई, म्याग्दी सेवा समाजका तर्फबाट प्रतिनिधि श्री तुलबहादुर छन्त्याल साथै भोजपुर सेवा समाज, तदर्थ समितिका अध्यक्ष श्री सुमनचन्द्र राई समेतको उपस्थिति रहेको थियो !

उक्त कार्क्रममा प्रमुख अतिथि डा सुरेश चन्द्र चालिसे जूको बाहुलीबाट पानशमा दीप प्रज्वलन गरि समुद्घाटन गरियो ! सो कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि जूहरुका आ-आफ्नो तर्फबाट बधाई तथा धन्यबात मन्तब्य ब्यक्त गर्नुभएको थियो ! ( सम्बन्धित ब्यक्तित्व हरुको फोटो हाल्नुहोस )
उक्त कार्क्रममा जिल्लाका GCSE, A लेवल र उच्चशिक्षामा उत्कृष्ठ नतिजा हासिल गरेका विध्यार्थीहरुलाई प्रमुख अतिथि डा चालिसेको बाहुलीबाट फुलको गुच्छा तथा खादा प्रदान गरि सम्मान गरिएको थियो ! अन्त्यमा दिवाभोज संगै कार्यक्रम सम्पन्न भएको थियो !

(माला लगाइएको फोटोहरु )
कार्यक्रमको बन्दसत्रमा समितिका तत्कालिन सचिव श्री दयाकृष्ण राईले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्रीमती नीलम राईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो !

श्री खम्बासिङ् राई, पदम राई र नरेशमनि राई, तिन सदस्यीय निर्वाचन आयोगले 23 सदस्यीय नयाँ कार्यसमितिको पनि चयन गरेको छ ! नयाँ कार्यसमितिका पदाधिकारीहरुका नामावली निम्म रहेको छ !

अध्यक्ष : फुर्बा शेर्पा
उपाध्यक्षहरु : दयाकृष्ण राई, श्रीमती नीलम राई र भानुभक्त राई
सचिव : दिलमान राई (संस्थापक भोसेस यूके )
कोषाध्यक्ष: चन्द्रावती राई
सहसचिव : राजकुमार राई
सहकोषाध्यक्ष : सुबर्ण ताम्राकार
सदस्यहरु : डिल्ली गुरुङ, राजेन्द्र राई, शुक्र तामांग, देबेन्द्र राई, टिकाराम घले, श्याम श्रेष्ठ, युवराज खत्री, रुद्र श्रेष्ठ, सुदेश राई, बालकुमार मगर, निमातेम्बा शेर्पा, मदन कुमार राई, राजेन्द्र कुमार राई, खगेन्द्र बहादुर घले र श्रीमती अप्सरा राई !

औपचारिक कार्यक्रमको समाप्ति पश्चात कलाकार/गीतकार बिर चन्द्र राईको नेतृत्वमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम पनि भव्यताका साथ सम्पन्न गरियो ! बिहान 1130 बजे शुरु भएको कार्यक्रम बेलुकी 6 बजे सम्पूर्ण रुममा समापन गरिएको थियो !

-दिलमान राई