भोजपुर सेवा समाज, बेलायतको वार्षिक भेला सम्पन्न

गत २५ जुलाई २०१५ शनिवारको दिन यस भोजपुर सेवा समाज, बेलायतले Kirat Rai House, Gamble Lane, Ripley, Woking GU23 6HS मा वार्षिक भेला तथा बि बि क्यु कार्यक्रमको आयोजना गरेको थियो |

भोजपुर सेवा समाज राजनीतिक संस्था नभएर बिशुद्ध सामाजिक संस्था हो भन्ने कुरा त हामी सबै भोजपुरेहरुलाई थाह नै छ तथा यसलाई बैधानिक तरिकाले सबैको हित र कल्याणको निम्ति संचालन गर्नु हामी सबै भोजपुर जिल्लावासीहरुको आफ्नो कर्तब्य हो |हाम्रो देश नेपालमा १४ अञ्चल र ७५ जिल्लाहरु छन् ति मध्ये भोजपुर जिल्ला पनि पर्दछन | भोजपुर जिल्लाको ऐतिहासिक , भौगोलिक , सामाजिक, शैक्षिक, आर्थिक तथा राजनैतिक हरेक पक्षलाई हेर्दा परापुर्व काल देखि नै शैक्षिक तथा राजनैतिक पक्ष राम्रो देखिन्छ जस्तै :- भनिन्छ विकासको पूर्वाधार नै शिक्षा हो । शैक्षिक विकासको दृष्टिकोणले हेर्दा भोजपुर जिल्ला अन्य पहाडी जिल्ला भन्दा अग्रणी स्थानमा रहको देखिन्छ । वि. सं. १९३२ मा भोजपुरको दिङ्लामा अवाल ब्रम्हचारी षडानन्दबाट संस्कृत पाठशालाको स्थापना गरियो । नेपालकै इतिहासमा जनस्तरमा स्थापना भएको यो पहिलो पाठशाला थियो | सिक्तेल, बतासे र कटुञ्जेका ज्योतिदीप शिक्षा केन्द्रले पनि प्रसिद्धि कमाएको थियो । यो जिल्ला जोसमनि सन्त सम्प्रदायको चिन्तनको थलोको रूपमा रहेको छ । जसमा सन्तज्ञान दिलदासको नाम उल्लेखनीय छ । सन्त कवयित्री शक्तिमाता योगमायाको “सत्मार्थ वाणी” कविताहरूको सँगालोले त्यस बेलाको शोषण र अन्यायको विरोधमा आवाज उठाउँदै समाजमा नयाँ जनजागृति ल्याउनमा सहयोग पुर्‍याएको थियो । त्यसै गरी राजनैतिक क्षेत्रलाई नियाल्दा भोजपुर जिल्लालाई यस स्थितिमा ल्याईपुर्याउन स्वर्गीय श्री नारदमुनी थुलुङ्ग राई र स्वर्गीय श्री राम प्रसाद राईको महत्वपुर्ण योगदान रहेको देखिन्छ | कार्यक्रम शुरु हुन् अघि उपाध्यक्ष श्री सुदेश कुमार राईज्युले उपस्तिथ सबै जनालाई स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जानकारी दिनु भएको थियो |

समितिका अध्यक्ष श्री दिलमान राईज्युको सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको थियो प्रमुख अतिथिमा भोजपुर जिल्लाको भूतपूर्व प्रमुख जिल्ला अधिकारी (CDO)श्री प्रेम कुमार बान्तावा राईज्यु, प्रमुख सल्लाह्कार श्री फुर्बा गर्ज शेर्पाज्यु लगायत समितिका सल्लाहकारज्युहरु, अतिथिहरुमा इलाम सेवा समाज बेलायतका अध्यक्ष श्री कमल राईज्यु, ताप्लेजुङ् सेवा समाज बेलायतका अध्यक्ष श्री लक्ष्मी घिसिङ्ग्ज्यु, पाँचथर सेवा समाज बेलायतका प्रतिनिधि सचिव श्री नगेन्द्र नेम्बाङ्गज्यु, संखुवा सभा सेवा समाज बेलायतका प्रतिनिधि उपाध्यक्ष श्रीमती बसुन्धरा याक्खा राईज्यु, खोटांग सेवा समाज बेलायतका प्रतिनिधि सदस्य तथा कानूनी सल्लाहकार श्री चण्डिका राईज्यु, म्याग्दी ओभरसिज नेपलिज एशोशिएसन (MONA), बेलायतका प्रतिनिधि श्री तेज बहादुर पुन मगरज्यु, नेपाल आदिवासी जनजाति महासंघ, बेलायतका प्रतिनिधि महासचिव श्री कर्मा पहाडी शेर्पाज्यु, नेपाल आदिवासी जनजाति महिला महासंघ, बेलायतका अध्यक्ष श्रीमती कमला थापज्यु, किरात राई यायोक्खा, बेलायतका अध्यक्ष श्री पदम बहादुर राईज्यु, शेर्पा संघ बेलायतका प्रतिनिधि सचिव श्री न्गावांग येतें ग्यात्सो शेर्पाज्यु, किरात राई यायोक्खा, बेलायत माङ्गखिम्का संयोजक श्रीमती कल्पना राईज्यु जस्ता महत्वपूर्ण व्यक्तित्वहरुका उपस्थिति रहेका थिए |

यस आधिकारिक कार्यक्रममा संस्थाका अध्यक्ष तथा प्रमुख अथितीज्युको बाहुलीबाट पानसमा दियो प्रज्वलन गरि आधिकारीक कार्यक्रमको समुद्घाटन गरिएको थियो। हाम्रो देश नेपालमा बि.स. २०७२ साल बैसाख १२ गते शनिवारको अपरान्ह १२:५७ बजे करिबन ८.७ रेक्टरको महा भूकम्प गएको थियो जसमा लाखौ घर विहिन भएका थिए भने हजारौले ज्यान गुमाएका थिए | महा विनासकारी भूकम्पको कारण नेपालमा जीवन गुमाउनेहरुको सम्झनामा भूकम्पको सर्दान्जली गीत सुनाउदै उनीहरुको आत्माको शान्तिको लागि दुई मिनेट मौन धारण गरिएको थियो |

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री देवेन्द्र राईज्युले स्वागत मन्तब्य दिनु भएको थियो | त्यस पछि कार्यक्रममा उच्च शिक्षा हासिल गर्ने विधार्थीहरुलाई प्रमुख अतिथिको बाहुलीबाट सम्मान-पत्र प्रदान गरिएको थियो भने अध्यक्षज्युबाट खादा ओडाई सम्मान गर्नु भएको थियो । सम्पूर्ण भोजपुर जिल्ला बिरामी कुरुवा घरको शेयर ग्रहण गर्ने ६३ जना व्यक्तित्वहरुलाई प्रमुख अतिथिज्यु तथा अध्यक्षज्युको बाहुलीबाट सामुहिक रुपमा शेयर प्रमाण-पत्र वितरण गरियो |

यसै संस्थाका सल्लाहकार श्री कृष्ण बहादुर राईज्यु तथा निजको धर्मपत्नी श्रीमती सरस्वती राईज्युले बिरामी कुरुवा घर निर्माणको निम्ति बेलायती स्टरलिङ् £४,४०० (चार हजार चार सय) पाउन्ड तथा बाईस शेयर ( Invest) गर्नु भएको छ I यो अहिले सम्मको सबै भन्दा धेरै ठुलो शेयर लगानी हो साथै उहाले बिरामी कुरुवा घरको भौतिक सामाग्रीहरुको लागि आफ्नो बाबा र आमाको नाममा नेपाली रुपैया १,०००,०० (एक लाख) रुपैया पनि दिन्छु भनि प्रतिबद्धता जाहेर गर्नु हुदै उहाको भनाइमा भोजपुर सेवा समाज बेलायतको स्थापना भनेको समाजको सेवाको लागि हो यदि सेवाको भावना नै छैन वा गरिन्दैन भने यो सेवा भन्ने शब्द निकालेर फ्याकी भोजपुर समाज बेलायत मात्र राखे भै हाल्छ नि भनि सल्लाहकार श्री कृष्ण बहादुर राई ज्युले उदारनिय कार्य गरि सन्देश मुलक अभिव्यक्ति दिनु भयो |

यस वर्तमान कार्य समितिको काम तथा दर्शन (Vision) देखि वहा अत्यन्तै प्रबाभित भएको कुराको स्पस्ट जानकारी पनि गराउनु भयो I एक वर्ष भित्रमा वर्तमान कार्य समितिले संस्थाको बिधान अनुरुप धेरै राम्रा र उचित कार्यहरु भएका छन् जस्तै १. विधान संसोधन तथा किताब छापी सम्पूर्ण भोजपुरे माझ वितरण गरियो
२. संस्थालाई च्यारिटीमा दर्ता र नम्बर ९२१६१२२ हो
३. कुरुवा घरको निम्ति पहिलो च्यारिटी कार्यक्रम (Colchester) मा सम्पन गरियो
४. पत्रकार श्याम कृष्ण दाहाललाई रु१,३१,६०० रुपैया आर्थिक सहयोग गरियो
५. भोजपुर भुकम्प पिडित राहत कोष, रु ५१,१११ रुपैयाको दरले ९ परिवारलाई आर्थिक सहयोग गरियो
६. भोजपुर जिल्लामा बन्ने बिरामी कुरुवा घरको निम्ति भोजपुरेहरु देखि नै शेयर रकम संकलन गरि २ रोपनी जग्गा रु २४,०००००.०० रुपैयामा खरिद गरि सकिएको छ र निर्माण कार्यको निम्ति रकम संकलन कार्य अनबरत रुपमा अघि बढिरहेको छ I यस्ता कठिन कुराहरुलाई सरल तरिकाले १ बर्ष भित्र गरि नमुना देखाई भोजपुरे संस्थाको इतिहासमा अभिलेख राख्नमा सफल भएको कुराको जानकारी गराउनु भयो |

संस्थाको अध्यक्ष श्री दिलमान राई ज्युको नेतृत्व, अगुवाई तथा सक्रियतामा यस्ता महत्वपूर्ण सराहनिय कार्यहरु भएका छन् र उहाको संस्था प्रतिको पबित्र सोच विचार अनि आत्मा समर्पणले गर्दा नै यो संस्था आज अरु संस्था भन्दा अघि बढेको मैले नजिक बाट हेरेको छु भनेर सलाहकार श्री कृष्ण बहादुर राईले आफ्नो विचार अनि खुशी ब्यक्त गर्नु भएको थियो सम्पूर्ण भोजपुरे हरुलाई बिरामी कुरुवा घर निर्माणको लागि बेलायतबासी भोजपुरे, छोरी चेली तथा जुवाईचेलाहरुलाई शेयर लगानी गरि सामाजिक धार्मिक कार्यको निम्ति प्रोत्साहित गर्दै सामुहिक रुपमा आर्थिक सहयोग गरि कुरुवा घर सम्पन्न गरौ भनी हार्दिक अनुरोध गर्नु भयो भने राम्रो कामको लागि सधैँ साथ दिनेछु भन्ने कुराको प्रतिबद्दता समेत जाहेर गर्नु भएको छ |

यसै गरी यस भोजपुर सेवा समाज, बेलायतका अर्का सल्लाहकार श्री रुद्र श्रेष्ठज्युले भोजपुर बिरामी कुरुवा घरको लागि भोजपुर बेलायती इसटर्लिंग पौण्ड £५०५/- (पाँच सय) शेयर न गरेर चन्दा स्वरुप सहयोग गर्नु भएको छ उँहा भन्नु हुन्छ आफ्नो गृह जिल्ला भोजपुरको निम्ति राम्रो कामको लागि जहिले पनि सहयोग गर्न तयार छु अझै पछि केहि रकम थपेर भोजपुर बिरामी कुरुवा घरको लागि सहयोग गर्ने छु भनि आफ्नो प्रतिबध्ता जाहेर गर्नु भयो | उँहाहरुको आर्थिक सहयोगको उच्च कदर गर्दै यस्ता महान विचार भएका हाम्रा सल्लाह्कारज्युलाई यो वर्तमान कार्य समिति हृदय देखि नै धेरै-धेरै धन्यवाद दिन चाहन्छ |

अतिथिहरुको मन्तव्य हुनु अघि संस्थाका अध्यक्षज्युबाट भोजपुर बिरामी कुरुवा घर सम्बन्धि हालको हुदै गरेको गतिबिधि (Current Update) संक्षेपमा जानकारी दिनु भएको थियो बिरामी कुरुवा घर अवाधराना (Concept Paper) पत्र प्रत्येक भोजपुरेहरुको घरमा पुराई सकिएको कुराको पनि जानकारी गराउनुका साथै संस्थाले २ रोपनी जग्गा नेपाली रु २४ लाख रुपैयामा खरिद गरि सकेको समेत स्पस्ट रुपमा जानकारी गराउनु भयो अब भोजपुरेहरुबाट आर्थिक शेयर संकलन गरि पुननिर्माण कार्य चाडै शुरु गर्ने अग्रिम जानकारी दिदै सम्पूर्ण भोजपुरेहरुलाई एक जुट भई अघि बढ्नु पर्दछ भन्दै हार्दिक आवाहन पनि गर्नु भयो यदपि अझै थप Update जानकारीको निम्ति आवश्यक परेमा भोज्पुरेहरुका घना बस्ति भएको ठाउँहरुमा गई (Updated Power point Presentation) गरि स्पस्ट रुपमा जानकारी गराउने प्रतिबदता पनि जाहेर गर्नु भएको छ |

सम्पूर्ण अतिथिहरुको शुभकामना मन्तव्यहरु एकदमै राम्रो, प्रभावकारी र शिक्षा मुलक थियो | बिशेस यस संस्थाले आफ्नो गृह जिल्ला भोजपुरमा बनाउन लागेको बिरामी कुरुवा घर निर्माण प्रोजेक्टको लागि अति नै सहारनिया कार्य हो भनि प्रशंसा गर्नुका साथै पुन कार्य सम्पादनको निम्ति अग्रिम शुभकामना पनि ब्यक्त गरेका थिए एबम रीतिले प्रमुख अतिथिज्युले पनि आफ्नो मन्तव्यमा जुनसुकै राम्रो काममा हामीले समयको सधै ख्याल राख्नु पर्छ, एकता भै अघि बढ्नु पर्दछ र भोजपुरेहरुको कर्तब्य पनि हो भन्ने कुराको जानकारी दिन भएको थियो भन्दै भोजपुर सेवा समाज, बेलायतका वर्तमान कार्य समितिले भोजपुर जिल्लाको लागि शुरुवात गरेको भोजपुर बिरामी कुरुवा घर जस्ता अपरिहार्य, एतिहासिक, सामाजिक तथा धार्मिक कार्यको निम्ति एकजुट भई अघि बढि आइरहेको देख्दा खुशी लागेको र भविष्यमा हरेक कुरामा सहयोग गर्ने तथा भोजपुर बिरामी कुरुवा घर समितिको सल्लाहकारमा बसी आफ्नो जिम्मेवारी निर्बाह गर्छु भनि स्वयम् प्रतिबद्धता समेत जाहेर गर्नु भयो | यो हामी सम्पूर्ण भोजपुर सेवा समाज बेलायत वासीहरुको लागि अव भाग्य साथै गर्वको कुरो हो |

बेलायतको व्यस्तताका बाबजुतलाई मध्ये नजर गर्दै साधारण सभा तथा बार्षिक भेटघाट कार्यक्रम संगै मिलाउनुको विकल्प थिएन अर्को अर्थमा (१ वटा ढुंगाले दुई वटै ढुकुर नमारी धरै थिएन ) उक्त जानकारी गराउदै संस्थाका सह-सचिव श्रीमति बिमला कुमारी राईले बार्षिक सांगठानिक प्रतिवेदन भने कोषाध्यक्ष श्री रोम मुकारुङ्गज्युले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए त्यस पछि दुवै जनाका कडा परिश्रमको कदर गर्दै हार्दिक धन्यवाद दिनुका साथै समय र बस्तुगत परिस्थितिलाई पनि आत्मसाथ गर्दै संस्थाका अध्यक्ष श्री दिलमान राईज्युले आफ्नो मन्तव्यमा निम्न महत्वपुर्ण कुराहरु बताउनु भयो

पहिलो चरणमा: आधिकारीक धन्यबाद- कार्यक्रम प्रमुख अतिथिज्यु, संस्थापक अध्यक्ष, विभिन्न सघसंस्थाहरु देखि प्रतिनिधित्व गरि पाल्नु भएका सम्पूर्ण अतिथि महानुभावहरु, समितिका प्रमुख सल्लाहकार, सलाहकारज्युहरु, समितिका पदाधिकारी सदस्यहरु तथा कार्यकारिणी सदस्यहरु लगायत सम्पूर्ण भोजपुरे तथा गैर भोजपुरेहरु साधारण सदस्यहरु, बुद्धिजिबी तथा पत्रकार बन्धुज्यूहरुलाई उक्त कार्यक्रममा सरिक भई स्वभायमान बढाई दिनु भएकोमा व्यक्तिगत साथै संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो I

दोस्रोमा चरणमा: आधिकारीक बधाई: शिक्षा तथा शिक्षण सम्बन्धि (Academik Qualifications) हासिल गर्ने बिधार्थी वर्गहरुलाई जस्तै स्नातक (Graduation) तहमा सुश्री रुप्षा श्रेष्ठ, सुश्री सुजाता राई, सुश्री रुबिना राई, श्रीमती अनुपा अधिकारी, श्रीमती सान्ग्युमा राई, सुश्री लिना राई लगायत श्री अनुज अधिकारी जस्ता ब्यक्तिवहरु रहेका थिए भने डाक्टर गर्नेमा सुश्री निलम सुच्चा राई र सुश्री डिम्पल राई र प्राध्यापक डाक्टर गर्ने श्री सित राम बस्नेत र बडी बिल्डिंग च्याम्पियन (Body Building Second time Champion) श्री जबिन्द्र राई जस्ता व्यक्तित्वहरु रहेका थिए यसै सन्दर्भवमा निज व्यक्तिहरुका अभिभावकज्युहरुलाई पनि संस्थाका अध्यक्ष श्री दिलमान खिम्दुंग राईज्युले व्यक्तिगत तथा संस्थाको तर्फाबाट बधाई ज्ञापन गर्नु भएको थियो I

तेस्रो चरणमा: यस कार्य समितिले आयोजना गरेको पहिलो बार्षिक साधारण सभा तथा बार्षिक बि.बि.क्यु पार्टी पुन सफल भएको जानकारी गराउदै कार्य समितिका पदाधिकारी सदस्यहरुलाई धन्यवाद दिनुका साथै कार्यक्रम ब्यबस्थापक उपाध्यक्ष श्री सुदेश कुमार राईज्युलाई बिशेस धन्यवाद ज्ञापन गर्नु भयो थप रमाइलो तथा आयमुलक कार्यक्रममा राफल ड्रा (Draw) को उपलक्षमा समितिका प्रमुख सल्लाहकार लगायत कार्य केहि पदाधिकारी सदस्यहरुले आकर्षक पुरस्कारहरु शौजन्य गर्नु भएको थियो यस कार्यक्रमलाई सफल बनाउनुको निम्ति माथि उल्लेखित ब्यक्तित्वज्युहरु लगायत सम्पूर्ण भोजपुरे तथा गैरह भोजपुरेहरुका ठुलो सहभागिता रहेको थियो | सबैको सामुहिक मेहिनतले गर्दा यो कार्यक्रम पुन सफल भएको छ यसको श्रेय कार्य समितिका सल्लाहकार तथा सदस्यहरुलाई सिधै जान्छ | जसको निम्ति संस्थाको अध्यक्षज्युले सबै शौजन्य दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै पुरस्कार प्राप्त गर्नु हुने सम्पूर्ण पुरस्कृत महानुभावहरुलाई बधाई दिनु भएको थियो कार्य समितिका सदस्य सुश्री रोमिया राई र श्री बिकाश राईज्युहरुले राफल टिकेट बेची रमाइलो हसौली पारामा यो कार्यक्रम संचालन गरि दर्शकहरुलाई मनोरंजन गराएका थिए I अर्को महत्वपूर्ण बिषय हो पार्टी स्थान इजाजत तथा अवलोकन:

यो ठाउँमा पार्टी गर्ने प्रमुख उदेश्यहरु र कारणहरु निम्न प्रकार रहेका थिए I
१. किराँत राईहरुले खरिद गरेको जग्गामा अन्य जातिहरुलाई स्वागत गर्ने
२. भोजपुरेको जनसंख्या धेरै ठुलो भएको हुदा, भने जस्तो पार्टी गर्ने ठाउं नपाउनु ( बिशेस हल र कार पार्क)
3. सम्पूर्ण भोजपुरेहरुको निम्ति केन्द्र बिन्दु बनाउने I
४. भोजपुरेको पार्टीको निम्ति कम खर्च (Economic) गराउने I
५, लामो समय सम्म बेलुली बस्दा कोहि कतै बाट पनि गुनासो नहुने I
६. पार्टी नभएर क्यम्पिंग गएको पो होकी भने अनुभव स्मरण गराउ ने I
७. अन्तमा किराँत राईहरुको देउता सुम्निमा र पारुहाङ्गको आशिर्बाद लिनु आदि इत्यादी I स्मरण रहोस: यस भूमिमा पहिलो जिल्लाबासी पार्टी गर्नेमा खोटांग जिल्ला पहिलो भएको छ र खोटांग सेवा समाजलाई भोजपुर सेवा समाज बेलायत बधाई ज्ञापन गर्न चाहन्छ |

त्यसैले सो सम्बन्धमा किराँत राईहरुको भुमिमा भोजपुरे पार्टी गर्न इजाजत दिई ठुलो मदत दिनु हुने किराँत राई ययोखाका अध्यक्ष श्री पदम बहादुर राईज्यु (BEM) लगायत वहाका सम्पूर्ण कार्य समितिलाई भोजपुर सेवा समाज बेलायत मुरी मुरी धन्यवाद ज्ञापन गर्दै यस कार्य समितिको पहिलो बर्षको बार्षिक साधारण सभा तथा बार्षिक भेटघाट कार्यक्रम अति सफल भएको घोसना तथा बिरामी कुरुवा घर निर्माणको निम्ति कम्तिमा पनि अवाधराना पत्रमा तोकिए बमोजिम £२०० पाउन्डको एक शेयर लिई, संस्थालाई आर्थिक सहयोग गरि सामुहिकरुपमा भोजपुर जिल्लामा बन्ने कुरुवा घरको बिशेस स्थानमा सम्पूर्ण भोजपुरे शेयरदाताहरुको पवित्रा नाम ताम्रपत्रमा लेखि इतिहासमा अभिलेख (Historical Record) राखिन्ने छ I र यस्तो सुनौलो मौका नगुमाउनु होला भनि तपाईहरुको भोजपुरे मनबाट आर्थिक सहयोगको बिनम्रपुर्बक अनुरोध गर्दै यस संस्थाको सामुदायिक खातामा (Barclays Bank, Sort Code 20-22-67, Account No 40645699, रकम जम्मा गर्नको निम्ति बैंकको नाम: Bhojpur Welfare Society UK) हो I स्मरण रहोस: तपाइको पुरा नाम र बसेको ठाउँको नाम छोटकरीमा लेख्नु होला कारण धेरै नेपालीका नामहरु एकै खालको हुने भएकोले फरक छुट्याउन गारो नहोस भनेर हो भन्दै संस्थाका अध्यक्षज्युबाट आधिकारीक कार्यक्रम अन्त भएको घोसना गर्नु हुदै बाकी मनोरंजन कार्यक्रम संचालन गर्ने जिम्मेवारी सांस्कृतिक कार्यक्रमका संयोजक श्री वीरचन्द्र राईज्युलाई हस्तान्तर गर्नु भएको थियो |

उक्त मनोरंजन कार्यक्रममा म्याग्दीका श्री तेज बहादुर पुन मगरज्यु (भोजपुरे जुवाई) जुन उँहाले आफ्नो ससुराली जिल्लाको निम्ति (Sponsor) गरि दुई जना लोक दोहोरी कलाकारहरु मा गायिका श्रीमती कल्पना गुरुङ पुन मगर र गायक श्री तुल चन्द्र तिलिजा मगरहरुलाई कार्यक्रममा ल्याई दोहोरी गीत गाई सम्पूर्ण दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भोजपुर सेवा समाज बेलायत धेरै धेरै धन्यवाद ज्ञापन गर्दछ भने अर्का स्थानीय प्रतिभाशाली भोजपुरे गायक श्री किसान राईज्युको मधुर स्वरले पार्टीको माहौललाई गुन्जयमान बनाएको थियो | यसरी दिन भरिको कार्यक्रम रमाइलो संग पाहुनाहरु संग बितेको थाहा भएन | र अर्को बर्षमा अझ यो भन्दा राम्रो गर्ने बाचा गर्नुका साथै तपाईहरुको सल्लाह सुझावको सधै अपेक्षा यस कार्य समिति गर्दछ I

अन्त्यमा तपाईहरुको आफ्नो बहुमुल्य समयलाई थाँती राखी वा आफ्नो कर्तब्य सम्झी यस कार्यक्रममा आउनु हुने आदरणीय उपस्थित सम्पूर्ण भोजपुर जिल्ला वासीहरु तथा गैर जिल्लावासी महानुभावहरुमा म यसै संस्थाका सह-सचिव तथा पार्टी कार्यक्रम संचालक श्रीमती बिमला कुमारी राई तथा संस्थाका कार्य समितिका सम्पूर्ण सदस्यहरुका तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिदै मैले सुधार्नु पर्ने कुराहरुको अपेक्षा राख्दै फेरि अर्को साल पनि यस्तै रमाइलो भेटघाट कार्यक्रम गर्ने वाचा गर्दै मेरो यो छोटो भनाइलाई यहि अन्त गर्ने अनुमति चाहन्छु |

धन्यवाद

जय भोजपुर सेवा समाज, बेलायत

श्रीमती बिमला कुमारी राई
सह-सचिव
भोजपुर सेवा समाज बेलायत
फोन न ०७७२७-८९९७९५
Personal Email: rbimla3573@hotmail.com
Society’s Website: www.bhojpurwelfaresocietyuk.org
Society’s Facebook: bhojpurwelfaresocietyuk