भोजपुर सेवा समाज बेलायतको तेस्रो अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम संपन्न

भोजपुर सेवा समाज बेलायतको तेस्रो अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम अगस्ट १६ तारीख सन् २०१४ शनिबारका दिन Hawkings Community Centre,kent मा संपन्न गरेको छ । समितिका अध्यक्ष फुर्बा गर्ज शेर्पा ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा श्री हरी बहादुर राई तथा अथितिहरुमा ताप्लेजुङ सेवा समाजका अध्यक्ष श्री लक्ष्मी घिसिङ्ग,धनकुटा सेवा समाजका अध्यक्ष श्री धन बहादुर लिम्बु, खोटांग सेवा समाजका महासचिव श्री इश्वर चामलिंग, ब्रिटिश लिजेन्ड आसफोर्ड शाखाका अध्यक्ष श्री गोम्बा सेर्पा, ब्रिगेड ओफ गोर्खाका प्रतिनिधि क्यापटेन मणि राम राई, शेर्पा संघ बेलायतका अध्यक्ष श्री रिन्जी शेर्पा, शेर्पा संघ बेलायत आशफोर्ड शाखाको अध्यक्ष श्री निमा शेर्पा, गोर्खा वेलफेर सोसाइटी हेजका (London)अध्यक्ष तथा सत्य ग्रह सयुक्त आन्दोलनका संयोजक श्री कृष्ण बहादुर राई, आशफोर्ड महिला समुदायका अध्यक्ष श्रीमती चन्द्रावती राई, जनजाति महासंघका महासचिव श्री नरेश मणि राई, मान्खिम संयोजक श्रीमती कल्पना राई, बरिष्ट गायक श्री कुबेर राई, लोकप्रिय गायिक आभा मुकरुंग र फिल्म निर्माता तथा निर्देशक श्री ज्योतिराज राईहरु जस्ता बिशिस्ट व्यक्तित्वहरुका उपस्थिती रहेका थिए ।

यस आधिकारिक कार्यक्रममा प्रमुख अथितीज्युको बाहुलीबाट पानसमा दीप प्रज्वलन गरी समुध्घाटन गरिएको थियो। उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री दया कृष्ण राईज्युले स्वागत मन्तब्य दिनु भएको थियो त्यस पश्चाताप अतिथि तथा प्रमुख अतिथि जस्ता बक्ताहरुले समेत शुभकामना मन्तब्य राख्नु भएको थियो। भने उपाध्यक्ष श्रीमती निलम राई तथा उपाध्यक्ष श्री भानु भक्त राई ज्युहरुले अतिथिहरुलाई हेरविचार गर्नु भएको थियो। अध्यक्ष श्री फुर्बा शेर्पा दुवारा उद्घाटन समारोह समापन गरि पूर्व कार्य समिति आधिकारिक रुपमा बिगठन भएको जानकारी गराउंनु भएको थियो त्यस पश्चाताप अतिथि अतिथिज्युहरुलाई दिवा भोज गराई बिदाई कार्यक्रम गरिएको थियो

यस कार्यक्रमको बन्द शत्रमा निर्बाचन समिति गठन गरि बन्द सत्रका कार्यक्रम शुरु गरियो उक्त कार्यक्रममा आधारभूत नियमहरुलाई पालना गर्दै निर्बाचन मण्डललाई सांगठानिक दस्ताबेज हस्तान्तरण गरि बन्द सत्र संचालन गर्ने जिम्मेवारी निर्बाचन समितिलाई दिईएको थियो उक्त बन्द सत्रमा संस्थाको अध्यक्ष श्री फुर्बा शेर्पाले आफ्नो २ बर्षको कार्य कालमा गर्नु भएका कार्य विवरण प्रस्तुत गर्नु भएको थियो साथै पुरानो कार्य समितिलाई धन्यवाद दिदै हुनेवाला नयाँ कार्य समितिलाई अग्रिम शुभकामना ब्यक्त गर्नु भएको थियो । सो अनुरुप समितीका सचिव श्री दिलमान राईले वार्षिक कार्य प्रतिवेदन तथा कोषध्यक्ष चन्द्रावती राईज्युले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो।

यस संस्थाको तेस्रो अधिबेसनले श्री दिलमान खिमदुङ् राईज्यु (पूर्व सचिव)को अध्यक्षतामा २९ सदसिय समिति चयन गरेको छ उक्त समितिमा उपाध्यक्षहरुमा श्री देबेन्द्र कुमार राई, श्री सुदेश कुमार राई र श्री शुबर्न कुमार ताम्राकार रहेका छन् भने सचिबमा श्री राजकुमार तामांङ्, कोषध्यक्षमा श्री रोम प्रसाद मुकारुंङ् राई, सह-सचिबमा श्रीमती बिमलi कुमारी राई, सह-कोषध्यक्षमा श्रीमती बिष्णु कुमारी कुलुङ् रहेका छन् भने त्यसै गरी सदस्यहरुमा श्री मान बहादुर राई, श्री राम गुरुङ, श्री राम कुमार लामा, श्री डिल्लिशेर राई, श्री धर्मेन्द्र परियार, श्री बिर चन्द्र राई, श्रीचन्द्र घले गुरुङ, श्री भक्त बहादुर राई श्री साना शेर्पा, श्री प्रेम राज राई, श्री दिलिप राई, श्री विकास राई, श्री जितेन्द्र अधिकारी, श्री दिप बहादुर राई, श्री प्रेम बहादुर राई, श्री देवी कुमार राई, श्री महा प्रसाद राई, श्री उमा राज तामांङ्, श्री गंगा राज राई श्रीमती निता राई र सुश्री रोमिया राई लगायतका सदस्यहरु रहेका छन्।

निर्बाचन मन्डलमा भु.पु मेजर श्री मान बहादुर राई, भुपु मेजर तथा समितिको सलाहकार श्री हर्क राज राई र श्री हेपेंद्र राई (अप्जसे कान्छा) रहेका थिए। निर्बाचन मण्डल दुवारा नया कार्य समिति गठन गर्नुका साथै बधाई ज्ञापन कार्यक्रम समेत गरिएको थियो उक्त कार्यक्रममा निर्बाचन मण्डलबाट सांगठानिक दस्ताबेज नया कार्य समितिलाई आधिकारिक रुपमा हस्तान्तरण गरिएको थियो।

त्यस पस्चाताप नव निर्बाचित कार्य समितिलाई निर्बाचन समिति दुवारा शपथ ग्रहण गराइएको थियो यसै संदर्भममा नव निर्बाचित अध्यक्षज्युले संदेश मुलक मन्तव्य राख्नु भएको थियो उक्त मन्तव्यमा नया सोच, विचार,शैली र नया ढंगले सबैकी हित हुने तरिकाले संस्थालाई अगाडी बढाउने प्रतिबदता जाहेर गर्नु भयो बिशेस भोजपुर जिल्लाबाट बेलायतमा आई बसोबास गर्नु हुने सम्पूर्ण भोजपुर बासीहरुलाई एउटै छानो मुनी गोल्बन्द गराई भाईचारा सम्बन्धलाई सुमधुर र प्रगाढ राखी सर-सहयोग र सेवा प्रदान गर्ने मूल उदेश्य रहेको बताउनु भयो ।

यस अतिरिक्त गृह जिल्लासंग पनि सुमधुर सम्बन्ध राखी केहि परोपकारी काम गर्नु पर्छ भन्ने जस्ता सोच राख्नु भयो एउटा सामुहिक धार्मिक र्स्थल जस्तै बिरामीहरुका कुरुवाघरहरु बस्ने घर निर्माण गरि दिनको निम्ति यस संस्था उपर निबेदन आएको कुराको पनि जानकारी गराउनु भयो । उक्त कार्यलाई निकट भविष्यमा सामुहिक रुपमा पहल गरिन्ने प्रतिबदता समेत जाहेर गर्नु हुदै सम्पूर्ण भोजपुरेहरुलाई यसको निम्ति बिनम्रता पुर्बक सहयोग गरिदिन हुन समेत हार्दिक अनुरोध गर्नु भयो।

सम्पूर्ण नव निर्बाचित समितिका सदस्यहरुलाई बधाई ज्ञापन तथा आगामी दिनहरुमा सक्रिय भएर संस्थाको सामाजिक कार्यका निम्ति होस् वा जुन सुकै संस्थाको निम्ति फाइदा हुने कार्यको निम्ति होस् आफ्नो क्षमता र हैसियेतले भ्याय सम्म सहयोग गरि दिन हुन विनम्रता पुर्बक अनुरोध पनि गर्नु भयो।

बिशेस आजको (Raffle Ticket Draw) कार्यक्रममा आर्थिक सहयोग तथा जिन्शी बस्तुहरु सौजन्न्य गर्नुहुने, सौजन्यदाताहरु, विभिन्न संघ सस्थाबाट अतिथ्याको निम्ति उपस्थिति हुनु हुने अतिथि ज्युहरु साथै छोरि चेली लगाएत सम्पूर्ण बेलायतबासी भोजपुर दाजु भाई तथा दिदी बहिनीहरुलाई धन्यवाद टक्राउदै अर्को साल पनि यसरी नै भेट्ने निम्तोका साथ आधिकारिक कार्यक्रम समापन भएको घोसना गर्नु भएको थियो साथै मनोरंजन कर्ता सदस्य श्री मदन कुमार राई तथा सदस्य श्री बिर चन्द्र राई लाई मनोरंजन गराउने निर्देसन दिनु भयो।

राफल टिकेट (Raffle Ticket Draw)मा सबैले मनोरंजन गर्नुका साथै धेरैले आकर्सक पुरस्कारहरु जितेका थिए उक्त मनोरन्जनात्मक कार्यक्रमको शुरुवात नेपालबाट आउनु भएका ख्याती प्राप्त कलाकारहरु कुबेर राई तथा आभा मुकारुङ राईज्युले गित गाएर सबैलाई मन्त्र मुग्ध बनाउनु भएको थियो भने हाम्रो स्थानीय कलाकार गायिका श्रीमती पुर्णिमा राई र गायक बिर चन्द्र राईज्यु लगाएतका कलाकारहरुले पनि भरपुर मनोरन्जन गराएका थिए।

बिहान ९:00 बजे आरम्भ भएको कार्यक्रम भब्यता अनि सफलताका साथका साथ बेलुकी ९:00 बजे समापन गरिएको थियो।

जय भोजपुर सेवा समाज बेलायत

धन्यवाद !

भवदीय

श्रीमती बिष्णु कुमारी राई
सह- कोषाध्यक्ष
भोजपुर सेवा समाज बेलायत