समितिको दोस्रो बैठक सम्पन्न

भोजपुर सेवा समाज बेलायत, कार्य समितिको दोस्रो बैठक सन् २०१४ नोभेम्बर १६ तारीख नर्थहोल्ट भिल्लेज कम्युनिटी सेन्टर, ईलिंग रोड, UB5 6AD, लण्डनमा सम्पन्न भएको छ । दिउसो १२:३० बजे शुरु भएको बैठक बेलुकी ५:३० बजे समापन गरिएको थियो । छलफद्वरा पारित गरिएका बिषयहरु यस प्रकार रहेका छन् :

१. स्वागत मन्तब्यः यस संस्थाका अध्यक्ष श्री दिलमान खिम्दुंग राई ज्यूले समितिको नियमित बैठकमा उपस्थित हुनु भएका सम्पूर्ण समितिका सदस्य महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बैठकमा न्यानो स्वागत गर्नु भएको थियो । यसै संदर्भमा बाँकी कार्यक्रमलाई सुचारुपले संचालन गर्नको निम्ति संस्थाको सचिव श्री राजकुमार तामांगज्यूलाई अनुमति प्रदान गर्नु भएको थियो ।

२. यस संस्थाका सचिब श्री राजकुमार तामांगज्यूले स्वास्थ्य तथा सुरक्षाका बारेमा सम्पूर्ण उपस्थित महानुभावहरुलाई जानकारी दिदै सचेत समेत गराउनु भएको थियो ।

३. क्षमा याचनास् आजको यस कार्य समितिको नियमित बैठकमा बिबिध कारणले उपस्थित हुन असमर्थ हुनु भएका सदस्यज्यूहरु श्री जितेन्द्र अधिकारी, श्री उमराज तामांग, सुश्री रोमिय राई, श्री राम बहादुर गुरुङ, श्री राम कुमार लामा, श्री दीप बहादुर राई, श्री बिकाश राई, श्री मान बहादुर राई, श्रीमती नीता राई तथा सल्लाहकारज्यूहरुमा श्री प्रेम बहादुर गुरुङ (दुबो) र श्रीमती मिना कुमारी राईले इमेल र टेक्स्ट (Text) मार्फत क्षमा याचना प्रकट गर्नु भएका थिए ।

४. यस संस्थाका लागि थप दुई जना सल्लाहकारहरुको आवश्यकता रहेकाले श्री मान बहादुर राई र श्री प्रेम बहादुर (दुबो) गुरुङ ज्यूहरुलाई सल्लाहकारका रुपमा थप चयन गरिएको छ । श्री मान बहादुर राईज्यू गत दुइ पटक चुनाब (निर्बाचन) मण्डलीका अध्यक्ष समेत रही संस्था प्रति योगदान पुर्याई सक्नु भएको छ र वहाँलाई अध्यक्ष ज्यूबाट खादा लगाई बैठकमा स्वागत गर्नु भएको थियो । यस संस्थाका सदस्य श्री चन्द्र बहादुर घलेज्यूलाई पनि खादाका साथ सम्मान गर्दै संस्थाका (संस्कार) चलन चल्ती अनुसार उक्त संस्था प्रति बफादार र आफ्नो जिम्मेवारी सफलता पूर्बक निभाउनु पर्नेमा जोड दिँदै श्री अध्यक्ष ज्यूले सपथ ग्रहण गराउनु भएको थियो ।

५. भोजपुर सेवा समाज बेलायतलाई गैर नाफा मुलक च्यारिटी (Non Profitable Charity Company) मा दर्ता भई सकेको कुरा पुनः स्मरण गराउँदै बैठकमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई जानकारी समेत गराइएको थियो । यो संस्था दर्ता मिति सन् २०१४ सेप्टेम्बर १२ तारीखका दिन भएको र च्यारिटी नम्बर ०९२१६१२२ रहेको छ ।

६. यस संस्थाका (अध्यक्ष लगायत केहि कार्य समितिका सदस्यहरु अन्य सदस्यहरु तथा तिनका परिवारहरु) द्वारा भोजपुर जिल्लाको निम्ति बिरामी कुरुवा घर निर्माण सम्बन्धि पहिलो पटक च्यारिटी (Charity Programme) कार्यक्रमको आयोजना गरिएको थियो उक्त कार्यक्रममा जम्मा रकम बेलायती स्टर्लिङ्ग पाउण्ड £१,१७७.५० (एक हजार एक सय सतहतर पाउण्ड पचास पेन्स) सफलता पूर्बक संकलन गरिएको जानकारी गराइन्छ ।

७. यस च्यारिटी तथा बिरामी कुरुवा घर निर्माणको निम्ति उठाइएको रकम जम्मा गर्नलाई च्यारिटी बैंक खाता बार्कलेश (Barclays Bank) बैंकमा खोल्ने प्रक्रिया अघि बढाई सकिएको जानकारी गराइन्छ । साथै अन्य जानकारीको लागि यो संस्थाको आफ्नो (Main Account) बैंक खाता भने HSBC मा नै रहने छ ।

८. भोजपुर सेवा समाज बेलायतका संसोधित बिधान बिक्रम सम्बत् २०७१ तथा सन् २०१४ अन्तर्गतको किताब जम्मा २८२ थान नेपालबाट तयार गरि बेलायत आईसकेको र प्रति किताबको मूल्य बेलायती स्टर्लिङ् पाउण्ड (£५.००) तोकिएको छ जुन चाही यस संस्थाका प्रत्येक सदस्य वा घर धुरीलाई उपलब्ध गराइने छ र किताबबाट संकलन गरिएको रकम यसै संस्थाको मुख्य खातामा (HSBC Bank) जम्मा गरिने निर्णय समेत गरिएको छ । स्मरण रहोस् यस संसोधित विधानमा धेरै राम्रा र उपलब्धिमूलक कुराहरु लेखिएका छन् र हामी प्रत्येक भोजपुरेहरुको साझा संस्था र बेलायतमा बसिन्जेल लागु हुने भएको हुनाले सबै व्यक्तित्वहरुले जान्न र बुझ्न अति जरुरी पनि छ र यहाँहरुलाई यो जानकारी पनि गराइन्छ कि यदि केहि कुराहरु फेरबदल र संसोधन गरिनु पर्ने महसुस भयो भने हालको कार्य समितिलाई जानकारी गराउन हुन अनुरोध गरिन्छ र भबिष्यमा आवश्यक संसोधन गर्न सकिने व्यहोरा पनि गराउन चाहन्छु ।

९. यस संस्थामा आबद्ध भई आजीवन तथा ३ बर्षे सदस्यता हासिल गर्नु भएका सम्पूर्ण सदस्यहरुका तथ्यांक साथै सम्पूर्ण विवरण उपाध्यक्ष श्री सुबर्ण ताम्राकारज्यूले हेर विचार गर्दै आइरहनु भएको थियो तर आजको मिति सन् २०१४ नेभेम्बर १६ तारीख देखि श्री दिलिप हिरांग राईज्यूले सम्हाल्ने र आधुनिक विवरण (Update) तथा दुरुस्त अभिलेख राख्नु हुने कुराको जिम्मेवारी समेत दिईएको छ । श्री सुबर्ण ताम्राकारज्यूको अहिले सम्मको यस संस्था प्रतिको योगदान लाई सबै जनाले ताली पड्काएर धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

१०. यस संस्थामा दर्ता गराउन जति पनि छुट्नु भएका बेलायतमा बसोबास गर्नु हुने सम्पूर्ण जिल्ला बासीहरुलाई यस संस्थामा हर सम्भव दर्ता गराउने चाहना सबैजनाको रहेको हुँदा सदस्यता फारम साथै संसोधित बिधान समेत निम्न लिखित महानुभावहरुलाई वितरण गरिएको छ । वहाँ हरुको पहलमा सदस्यता संख्या उल्लेखीय रुपमा बृद्ध हुन सक्ने आशा हामी सबैले राखेका छौं ।

श्री फुर्बा शेर्पा (प्रमुख सल्लाहकार)
श्री मान बहादुर राई (सल्लाहकार)
श्री प्रताप सिङ्ग राई (सल्लाहकार)
श्री कृष्ण बहादुर राई (सल्लाहकार)
श्री रुद्र बहादुर श्रेष्ठ (सल्लाहकार)
श्री देबेन्द्र राई (उपाध्यक्ष)
श्री सुदेश कुमार राई (उपाध्यक्ष)
श्री सुबर्ण ताम्राकार (उपाध्यक्ष)
श्रीमती बिष्णु राई (सहकोषाध्यक्ष)
श्री महा प्रसाद राई (सदस्य)
श्री प्रेमराज राई (सदस्य)
श्री चन्द्र बहादुर घले (सदस्य)
श्री भानु भक्त राई (आजीवन सदस्य)

थप जानकारीको निम्ति अब देखि सदस्यता लिने वा नबिकरण गर्नको निम्ति सरलीकरण तथा नयाँ शैली र ढंगमा परिवर्तन गर्ने योजनाका साथ सदस्यता सचिव (Membership Secretary) श्री दिलिप हिरांग राई ज्यूलाई जिम्मेवारी दिइएको छ । साथै केहि संस्थाको संजालमा आवश्यक सूचना समेत राखिएको छ । स्मरण रहोस् अब देखि तपाइँहरुले चाहे मुताविकको सदस्यता (Desired Membership like; Life or 3 years) संस्थाको संजाल (Download आइकनमा Click गरि) Online मा नै फारम भरि सदस्यता लिन सक्नु हुने छ र (Membership Payment System) संस्थाको प्रमुख HSBC खातामा जम्मा गर्नु पर्ने छ ।

Bank details: Sort Code: 40-16-11, Account Number: 82198053

Make Payable to: Bhojpur Welfare Society UK.

११. बिरामी कुरुवा घरको लागि बृहत रुपमा छलफल हुँदा कम्तिमा दुइ रोपनी जग्गाको आवश्यकता पर्ने र सोहि मुताबिक जग्गा खरिद गर्ने कुरा र्सव सम्मतिले सहमति गरेको छ ।

यसै सन्दर्भमा कार्य समितिका सदस्यहरु र सल्लाहकारहरुले यहि नोभेम्बर २०१४ देखि अप्रिल २०१५ सम्ममा मासिक (Monthly) बेलायती स्टर्लिङ् पाउण्ड एक सय (£100) वा पाँच (£500) सय पाउण्ड एकै मुस्टमा च्यारिटी बैंक खातामा (Charity) जम्मा गर्ने सर्ब सहमतिले निर्णय गरेको हो । सो रकम संकलनको निम्ति कार्य समितिका प्रत्येक सदस्य र सल्लाहकारबाट अहिलेको लागि यस संस्थालाई जग्गा खरिद गर्नको निम्ति आवश्यक परेको हुँदा पांच सय पाउण्ड उठाउने (सबैले) बैठकले निर्णय गरेको छ । प्रत्येक व्यक्तिबाट आएको पांच सय पाउण्ड रकम संस्थालाई ऋण स्वरुप हुने र त्यो रकम पछि फिर्ता हुने छ । कुरुवा घर निर्माण क्रममा पछि अरु बाँकि लाग्ने खर्च सबै UK भोजपुरे सदस्यहरुबाट संकलन गर्नु पर्ने र उक्त रकम संकलन गरि सकेपछि समितिका सदस्यहरुबाट ऋण स्वरुप उठाएको पैसा फिर्ता हुने छ । तर पछि अरु सदस्यहरु बाट कम्तिमा उठाउनु पर्ने रकमको आधारमा फिर्ता हुनेछ ।

स्मरण रहोस् यस ऐतिहासिक संरचनालाई मुर्त रुप दिन यथासक्य सहयोग गर्नु हुने सम्पूर्ण सहयोग दाता महानुभावहरुलाई संस्थाको तर्फबाट सम्मान गर्ने निर्णय भएको कुरा सगौरब जानकारी गराउन चाहन्छौ । यदि कुनै पनि सदस्यले ऋण स्वरुप संस्थालाई दिएको रकम स्व्च्छाले चन्दा स्वरुप सहयोग गर्नु हुन्छ भने तपाईंलाई मान सम्मान कदरका साथ उच्च सम्मान गरिने छ र फोटो अभिलेख कुरुवा घरको बिशिष्ट स्थानमा श्रीमान तथा श्रीमतीको फोटो राखिने छ । तपाईंहरु जो कोहिले पनि पांच सय पाउण्ड भन्दा बढी रकम वा पछि निर्माण क्रममा कम्तिमा जति रकम उठाउनु पर्ने हुन्छ त्यो भन्दा माथि सहयोग गर्न चाहनु हुन्छ भने भोजपुर सेवा समाज तर्पर्ाइंलाई सदैब स्वागत गर्न तत्पर रहने छ भन्ने कुराको जानकारी गराइन्छ ।

कुरुवा घरको लागि उठाइने रकममा एक सय पाउण्डको एक सेयर हुने छ र कम्तिमा दुइ सेयर अनिवार्य रुपमा खरीद गर्नै पर्ने सर्ब सम्मतिले पारित गरेको छ । कुनै पनि च्यारिटी (Charity) प्रोग्राम गरेर कुरुवा घरको लागि उठाएको पैसा भवन निर्माण भईसके पछि भौतिक सामग्रीहरुमा खर्च गरिने छ । साथै थप रकम संकलन गर्नको निम्ति च्यारिटी (Charity Programme) कार्यक्रम पनि साथ साथै अगाडी बढाइने छ ।

आज यस बैठकले पारित गरेका बुंदाहरु मध्ये बिशेष गरि कुरुवा घर निर्माण सम्बन्धमा घनिभूत छलफल गरि कार्यान्वयन गर्ने निर्णयमा पुगियो । उक्त योजनाको निम्ति अन्तिम कार्य नीति तथा कार्य योजना बनाउनको निम्ति बिरामी कुरुवा घर निर्माण समितिको छुट्टै बैठक बसी विविध बिषयहरु उपर छलफल गरि आवश्यक प्रक्रिया तिब्र गतिमा अगाडी बढाइने छ । तपाई सम्पूर्ण दर्शक तथा स्रोता महानुभावहरु समक्ष हामी रोड म्याप तथा अवधारणा-पत्र चाँडै नै प्रस्तुत गर्ने जानकारी पनि गराउन चाहन्छु।बिशेष सम्मानद्वारा सदिऔ सताब्दी सम्म आफ्नो पबित्र नाम अमर बनाउन भाबी सन्ततिको निम्ति इतिहास रेखांकन गर्ने यस शुभ अवसरको मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध र्दछौ।

१२. संस्थाको संजाल ९ध्भदकष्तभ० वेबसाइट मर्मत कार्य अनबरत रुपमा भैरहेको कुराको जानकारी गराउन चाहन्छु ।

१३. कोषाध्यक्ष श्री रोम मुकारुंगज्यूले यस संस्थाको आज सम्मको आर्थिक आय ब्याय विवरण बृस्तित रुपमा प्रस्तुत गर्नु भएको थियो ।

आगामी दिनमा हुन गइरहेको बैठकको मिति, स्थान र समय यस प्रकार रहेको छः
मितिः २६ अप्रिल २०१५
स्थानः ग्रेस (Grays, Essex)
समयः बिहानको १० बजे देखि बेलुकाको ५ बजे सम्म
बिस्तृत जानकारी पछि उपलब्ध गराईनेछ छ ।

बैठक समापनः अध्यक्ष श्री दिलमान ज्यूले आजको बैठक असाध्य उपलब्धिमूलक रहेको र महत्वपूर्ण बिषयहरुमा छलफल भई निर्णयमा पुगिएको बताउनु भयो । बिशेष गरी कुरुवा घर निर्माण सम्बन्धि सत प्रतिसत (१००%) व्यक्तित्वहरुका पूर्ण सहमति भएकोमा अध्यक्ष ज्यूले हृदय देखि नै अत्यन्तै खुशी ब्यक्त गर्दै उपस्थित हुनु भएका सम्पूर्ण सदस्यहरु तथा सल्लाहकारज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै यस दिनको बैठक समापन भएको घोषणा गर्नुभएको थियो ।

भवदीय

राजकुमार तामाङ्ग
सचिब
भोजपुर सेवा समाज बेलायत