बेलायतमा नेपाली छात्रा जी.सी.एस.सी. उत्कृष्ट

गत अगस्ट २४ तारिख २०१० मंगलबार का दिन यस बर्षको जी.सी.एस.सी. को नतिजा प्रकासित भएको छ । विद्यार्थी हरुको लागी यो एउटा फलामे ढोकाको रुपमा मानिन्छ प्राए यसै परिक्षा फलले विद्यार्थीको भबिस्या निर्धारण गर्ने गर्दछ, त्यस कारणले पनि यो परिक्षा फल लाई बढी गहनताको साथ हेरिन्छ । परिक्षा प्रकाशित हुने बेलामा विद्यार्थीहरु र उनका अभिभबकहरु लाई खासै रातमा निन्द्रा पर्दैन र सपनाको अड्कल बाजी पनि काट्ने गर्दछन, हुनत आजभोलि सपनाको बिस्वास गर्नेहरु साएद कमै होलान् तर पनि अर्काहरुले कुरा गर्दा भने आफुले पनि सपनाको कुरा सम्झने गर्दछन् ।

यस बर्ष आस्फोर्ड्की सुश्री सुप्रभा राई र उनका माता पिता र सम्पुर्ण नेपालीहरुको लागि खुशीको दिन रहयो । सुश्री सुप्रभा राईले द स्कुल फर गर्ल्स (गर्ल्स ग्रामार स्कुल) बाट यस बर्षको जि।सि।एस।ई मा ११ वटा ए स्टार ल्याएर बेलायतको ईतिहसमा पहिलो उत्कृष्ट नेपाली छात्रा बनेकी छिन् ।

उनको पुर्खौली घर भोजपुर जिल्लाको बास्तीम गाबिस वडा न. ८ हो । बसाई सराईको क्रममा सुन्सरी जिल्लाको धरान १० सैनिक भवन लाइनमा उनका पिताको घर छ । हाल न. २५ बेलमर पार्क आस्फोर्ड केन्ट, बेलायतमा माता पिता र बहिनिका साथ बस्छिन् । सुप्रभा पिता (री क्यप्टेन) श्री प्रताप्सिङ् राई तथा माता श्रीमती सुजा राई को पहिलो सन्तानको रुपमा हङकङमा जन्मिएकि हुन् ।

उनका हजुरबा भद्रसिङ राई र बोजु देशुमाया राई नेपालमा बस्नु हुन्छ । सात समुन्द्र पारी भएर पनि संचार माध्यामले गर्दा सुप्रभा बाजे, बोजु संग बारम्बार फोनमा कुरा गर्छिन र आफ्नो स्वस्थको ख्याल राख्नु भन्छिन् । हुने बिरुवाको चिल्लो पात भनेझै उनी सानै बाट मेहनती र अनुसासित थिइन् ।

परिवारको पहिलो सन्तान भएकोले घरमा माता पिता र एकमात्र बहिनी सुप्रग्यालाई सहयोग गर्नु उनी आफ्नो कर्तब्य ठान्छिन, तर पनि उनी आफ्नो पढाईमा कहीले पछि परीनन् । उनले नेपालि भएर पनि अंग्रेजी भाषमा यसरी सबै बीषयमा उत्कृष्ट हुनु भनेको पक्कै पनि सजिलो भने छैन, तर मेहनत गर्न सके असम्भब केही छैन उनको बिचार छ । सुप्रभा राईले प्राप्त गरेका बिषय र ग्रेडः Maths A* Statistic A* Chemistry A* Physics A* Biology A* English A* History A* Business Studies A* Religious Education A* I.C.T. A* I.C.T.(OCR) A* गरि जम्मा ११ ए* स्टार ल्याएकी हुन् ।

अब सुप्रभाले आस्फोर्डको हाई डोर्थ ग्रामर फर गर्ल्स कलेजमा आफ्नो पढाईको निरन्तरता दिने भएकी छिन् र उनले भविष्यमा मेडिकल डाक्टर बन्ने ईच्छा राखेकी छिन् ।

-चक्रबहादुर राई, बेलायत