प्रियंकाको सफलता

आज भन्दा ६ बर्ष अगाडि २००४ को कुरा हो प्रियंकालाई उनका बाबाले क्राइस चर्च स्कुल आस्फोर्डमा भरखरै भर्ना गरि दिएका थिय । त्यस समयमा उनिसंग पढने एकजना मात्रै नेपाली साथी थीइन । एकदिन उनको स्कुलमा आउने कुनै एक अभिभबकले सोधिन तिमी को होउ कहाबाट आएकी भनेर, जबाफमा प्रियंकाले हामी नेपाली हौ भन्दा ती अपरिचित महिलाले पुन प्रश्न गरिन र भनिन तिमि त सगरमाथाको फेदबाट आएकी रहिछौ तिमीलाई ए बी सी डी भन्न आउछ रु भनेर सोधेको आज पनि याद आउछ । त्यतिबेला प्रियंकालाई अंग्रेजी बोल्न लेख्न राम्रै आउथ्यो तर ती अपरिचित महिलाले किन त्यसरी प्रश्न गरिन भन्ने आज सोच्छिन र भन्छिन हामी नेपाल बाट आएको भनेर हेला गरेको होला भन्ने लाग्दछ ।

त्यो भन्दा अझ दुस्खको कुरा उनी र उनको साथीलाई आफ्नै स्कुलमा अध्यायनरत विद्यार्थीहरु करिब २०र२५ जनाको समुहले वारीपरि बाट घेरा हालेर उनिहरुलाई अती निच तरिका बाट हेलागर्ने खिसीगर्ने जिस्काउने क्रम चलिरहदा उनका शिक्षकले थाहा पाए पछि हामी बचेका थिऔ भनेर उनले थप गुनासो सुनाउछिन । बेलायतमा बसोबास गर्ने नेपालीहरु माथि प्रियंकालाई जस्तै ब्यबहार अझैपनी भई नै रहेको होला तर बेलायत साम्राज्यमा ठुला ठुला गगनचुम्बी महलहरु हाम्रा गोर्खाली पिता पुर्खाहरुको रगत र पसिनाले बनेको छ भन्ने कुरा हामी नेपालीहरु माथि अभद्र ब्याबार गर्नुहुने महोदयहरुलाई के थाहा ।

त्यस समयमा आस्फोर्डमा नेपालीहरुको बसोबास निकै कम थियो र नेपाली साथिहरु बाट सहायता पाउने स्थिती थिएन तर समयको क्रम संगै प्रियंका त्यस स्कुलकी होनाहार विद्यार्थी बन्न पुगिन उनले आफ्ना कक्षाका सहपाठीहरुलाई उछिन्दै गईन आखिर सबै शिक्षक र साथीहरुको लागि एक नमुना बन्न पुगिन उनी भन्छिन परिश्रमको फल मिठो हुदो रहेछ र आज मैले यो सफलता पाए पछि मेरा अभिभाबक माता पिता साह्रै खुशी हुनुहुन्छ त्यो मेरो पहिलो खुशी हो त्यो भन्दा ठुलो खुसि त मैले कहीले पनि नचिनेका मेरा आफन्त नाताहरु र साथीहरुले बधाई कार्ड पठाएर र फोन मार्फत बधाई दिनु हुन्छ त्यसले मलाई साह्रै खुशी बनाएको छ साथै जिम्मेवारी पनि थपिएको अनुभब लिएकोछु, प्रियंका यसरी आफ्नो खुशी ब्यक्त गर्छिन ।

तँ चिता म पुराउछु भनेझै प्रियंकाले कडा परिश्रम गरे पस्चात त्यसै स्कुलबाट् यस बर्षको जि.सि.एस.सि. (G.C.S.C) मा ५ वटा ए स्टार ८ वटा ए ल्याएर स्कुलको उत्कृष्ट विद्यार्थी भएकी छिन । प्रियंका बाबा नरेन्द्र राई र आमा पुर्णिमा राई को पहिलो सन्तान हुन । उनको एकमात्र भाई नोयल सानै छन् । उनको पुर्खौली घर भोजपुर जिल्लाको नेपाले डाडा गाबिस वडा न. ९ खेवाछामा पर्दछ । प्रियंकाले आफ्नो अध्यायन आस्फोर्डकै नर्थ न्याचबुल कलेज बाट बिज्ञान बिषय लिएर सुरु गरेकि छिन । उनी आफु भबिस्यमा मेडिकल डक्टर बनेर रोगीहरुको सेवा गर्ने उनको बिचार छ ।

-चक्रबहादुर राई, बेलायत