भोजपुर सेवा समाजको प्रथम अधिबेसन

भोजपुर सेवा समाज बेलायतको प्रथम अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम जुलाई २४ तारिख २०१० शनिबारका दिन आस्फोर्डको साइमन क्यथोलिक चर्चमा संपन्न गरेको छ । समितिका अध्यक्ष भुपु मेजर श्री हर्कराज राई MVO ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे तथा अथितिहरुमा बिएफ बीयस गोर्खा रेडियोका महाप्रबन्धक खेम गुरुङ, किरात राई यायोक्खाका सल्लाहकार अधिबक्ता चन्डिराज राई, किरात याक्थुम चुम्लुङ्का लोकेन्द्र लिम्बु, सेर्पा केदुक संघ युकेका अध्यक्ष गोम्बा सेर्पा, ताप्लेजुङ सेवा समाजका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, सगरमाथा नेपाली समाज आस्फोर्ड्का उपाध्यक्ष पोपिराज् राई, भोजपूरका वयलफर अफिसर री. क्यापटेन पूर्ण लिम्बु, संखुवासभा सेवा समाजका अध्यक्ष पदम बहादुर लिम्बु र खोटाङ सेवा समाजको तर्फ बाट किरण राई उपस्थिती हुनुहुन्थ्यो भने समितिका सल्लाहकार ज्युहरु डाएसमा आसिन हुनुहुन्थ्यो ।

कार्यक्रम प्रमुख अथितीज्युको बाहुली बाट पानसमा दीप प्रज्वलन गरी समुध्घाटन गरिएको थियो । कार्यक्रममा महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे, बिएफ बीयस गोर्खा रेडियोका महाप्रबन्धक खेम गुरुङ, ताप्लेजुङ सेवा समाजका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, तथा अधिबक्ता चन्डिराज राई लगाएतका बक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको बन्द शत्रमा समितीका सचिव श्री दयाकृष्ण राईले वार्षिक कार्य प्रतिवेदन तथा कोषध्यक्ष श्रीमती निलम राईले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।

अधिबेसनले पुन भुपु मेजर श्री हर्कराज राई शऩध ज्युको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ उपाध्यक्षहरु दयासागर राई र फुर्बा सेर्पा, सचिब दयाकृष्ण राई, कोषध्यक्ष श्रीमती निलम राई, सह-सचिब चक्र बहाडुर राई, सह-कोषध्यक्ष चन्द्रवती राई, त्यसैगरी सदस्यहरुमा मनि कुलुङ, हर्क बहादुर राई, कमल, ध्रुब राई, सुबर्ण ताम्राकार, बिनोद राई, यकराज गुरुङ, तथा रामेशोर राई रहनु भएको छ भने निर्बाचन मन्डलमा भुपु मेजर मान बहादुर राई खम्बासिङ राई तथा दिलमान राई रहनु भएको थियो ।

भोजपुर जिल्लाबाट बेलायतमा आई बसोबास गर्नु हुने सम्पूर्ण भोजपुर बासीहरुलाई एउटै छानो मुनी गोल्बन्द गराई भाईचारा सम्बन्ध सुमधुर र प्रगाड राखी सर-सहयोग र सेवा प्रदान गर्नको लागि भोजपुर सेवा समाजको गठन गरिएको हो । औपचारिक कार्यक्रम बिसर्जन गरे पस्चात मनोरन्जनात्मक कार्यक्रममा प्रबेश गर्‍यो नेपाली टिपिकल निर्त्य, र गीतमा सुश्री सोनिका राई, सुश्री सुजना राई, सुश्री रेबिना राई सुश्री सन्दिपा ताम्राकार सुश्री जेशिका राई सुश्री यशोदा राई श्री मिना सेर्पा श्रीमती पुर्णिमा राई सुश्री अनुमा राई लगाएतका कलाकारहरुले भरपुर मनोरन्जन गराएका थिय ।

कार्यक्रमको अन्त्यमा राफल टिकेट ड्र को आयोजना गरिएको थियो उक्त राफल टिकेट ड्र खेलको लागि प्रथम,पुरुस्कार फोक्स्टनकी श्रीमती प्रभात कुमारी राई दोश्रो पुरुस्कार आस्फोर्डकी श्रीमती सुस्मा सुब्बा र तेस्रो पुरुस्कार मिडओय चाथामकी श्रीमती प्रेना राईले सौजन्य प्रदान गर्नु भएको थियो ।

त्यसैगरि गोरखा मिनिमार्केट मिडओय चाथामका प्रोप्राईटर शिभ राम राईज्युले संस्थालाई ५० पाउन्डको चेक दिएर आर्थिक सहयोग गर्नु भएको थियो कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट समितिका अध्यक्ष भुपु मेजर श्री हर्कराज राई MVO ले आर्थिक सहयोग गर्नुहुने सौजन्य दाताहरु बिभिन्न आबस्यक सामाग्री दिई सहयोग गर्नुहुने संघ सस्था ब्यक्ती र कार्यक्रममा उपस्थिती भई सहयोग गर्नुहुने सम्पूर्ण प्रमुख अतिथि अथितीहरु, पाहुना, छोरी चेली, ज्वाँई चेला, भाना भन्जा, लगाएत सम्पूर्ण भोजपुर बासी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिनु भयो भने बिहान ११ बजे आरम्भ भएको कार्यक्रम भब्यताका साथ बेलुकी ९ बजे समापन भयो ।

चक्रबहादुर राई, बेलायत