भोजपुर सेवा समाज बेलायतको प्रथम साधारण

भोजपुर सेवा समाज बेलायतको प्रथम साधारण सभा तथा वार्षिक भेटघाट कार्यक्रम अगस्त ८ तारिख २००९ शनिबारका दिन आस्फोर्डको (ग्रेटचार्ट स्पोर्ट फिल्ड) खेल मैदानमा बिहान १० बजे शुरु भएको थियो ।

समितिका अध्यक्ष भुपु गोर्खा मेजर श्री हर्कराज राई MVO ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा डा. श्री सत्य कुमार राई तथा अतिथिहरुमा अधीबक्ता श्री चन्डिका राई, DSP श्री रामचन्द्र राई, किरात राई यायोक्खा राष्ट्रिय सम्योजन समिती बेलायतका उपाध्यक्ष श्री ओम राई, भोजपुर सेवा समाज तदर्थ समितिका श्री सुमनचन्द्र राई, श्री गणेश राई, श्री दिलमान राई, मेडिस्टनका केन्टका समाजसेवी श्री हर्क बा राई, लगाएतका बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

समितीका सचिव श्री दयाकृष्ण राईले वार्षिक कार्य प्रतिवेदन तथा कोषध्यक्ष श्रीमती निलम राईले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । त्यसै गरी बिधान मसौदा समितीका सम्योजक श्री खम्वासिङ राईको संयोजकत्वमा तयार पारेको बिधान समितिका सह-सचिब श्री दिवाकर राईले प्रस्तुत गर्नु भयो ।
भोजपुर जिल्लाबाट बेलायतमा आई बसोबास गर्नु हुने सम्पूर्ण भोजपुर बासीहरुलाई एउटै छानो मुनी गोल्बन्द गराई भाईचारा सम्बन्ध सुमधुर र प्रगाड राखी सर-सहयोग र सेवा प्रदान गर्नको लागि भोजपुर सेवा समाजको गठन गरिएको र आबस्यक परेको खन्डमा बेलायतको अन्य ठाउँहरुमा समेत शाखा खोली सेवा सुबिधा बढाउन सकिने भनी बिधानको प्रस्तवनामा स्पस्ट गरिएको छ ।

औपचारिक कार्यक्रम बिसर्जन गरे पस्चात मनोरन्जनात्मक कार्यक्रममा प्रबेश गर्‍यो नेपाली टिपिकल निर्त्य, गीत लगायत राफल टिकेट ड्र र म्युजिकल चियर प्रतियोगिता गराइएको थियो । सुश्री युनिका राई, श्री जित पुन क्यन्टाबुरी, सुश्री सोनिका राई, सुश्री सुजना राई, सुश्री रेबिना राई र सुश्री एलिका राई फोक्स्टनले नेपाली निर्त्यमा र आस्फोर्डकी श्रीमती पुर्णिमा राईले गीत गाएर दर्सकलाई मनोरञ्न गराएका थिए ।

म्युजिकल चिएर प्रतियोगितामा श्रीमती नीता राई, श्रीमती दुर्गाकला राई, तथा श्रीमती तारा राई प्रथम, दोश्रा, र तेश्रा भय भने राफल टिकेट ड्रमा डा. श्रीमती मनिता राई, सुश्री सबनम राई, श्री दयाकृष्ण राई, श्रीमती आसा राई, र श्री बि सि राईले क्रमस प्रथम, दोश्रा, तेश्रा, चौथो, र पाचौ पुरुस्कार हात पारेका थिए ।

उक्त राफल टिकेट ड्र खेलको लागि प्रथम, पुरुस्कार D&G Cash&Cary आस्फोर्डको तर्फबाट £50 Cheque, दोश्रो Everest Cash&Cary चेरिटन फोक्स्टनको तर्फबाट £45 बराबरको सामान र बाँकी, भुपु मेजर श्री हर्कराज राई फोक्स्टन, किरात राई यायोक्खा फोक्स्टनका अध्यक्ष श्री जस बा राई र श्रीमती बसुन्धरा राई, फोक्स्टन ले सौजन्य प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट समितिका अध्यक्ष भुपु गोर्खा मेजर श्री हर्कराज राई MVO ले आर्थिक सहयोग गर्नुहुने सौजन्य दाताहरु बिभिन्न आबस्यक सामाग्री दिई सहयोग गर्नुहुने संघ सस्था ब्यक्ती र कार्यक्रममा उपस्थिती भई सहयोग गर्नुहुने सम्पूर्ण अथिती पाहुना, छोरी चेली, ज्वाँई चेला, भाना भन्जा, अनी सम्पूर्ण भोजपुर बासी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिनु भयो भने सम्पूर्ण कार्यक्रम भब्यताका साथ बेलुकी १९:३० बजे समापन भयो ।

-चक्रबहादुर राई, फोक्स्टन केन्ट (बेलायत)