भोजपुर सेवा समाजको बैठक सम्पन्न

भोजपुर सेवा समाज बेलायतले मिती गत मार्च १३ तारिखका दिन समितिका अध्यक्ष भुपु मेजर श्री हर्कराज राई MVO ज्युको अध्यक्षतामा समितीको नियमित बैठक बिभिन्न बिषयहरु माथि वृहत छलफल र निर्णयका साथ सम्पन्न गरेकोछ । भोजपुर जिल्लाबाट बेलायतमा आई बसोबास गर्नु हुने सम्पूर्ण भोजपुर बासीहरुलाई एउटै छानो मुनी गोल्बन्द गराई भाईचारा सम्बन्ध सुमधुर र प्रगाड राखी सर-सहयोग र सेवा प्रदान गर्नको लागि भोजपुर सेवा समाजको गठन गरिएको हो ।

लण्डनको नर्थहल्ट ब्रिटिश लिऐजन क्लबमा आयोजना गरिएको बैठकले आगामी जुलाई २४ तारिख २०१० शनिबारको दिन प्रथम अधिबेशन सम्पन्न गर्ने निधो गरेकोछ । अधिबेशन बिभिन्न मनोरन्जनका साथ सम्पन्न हुने छ । स्थानको लागी लन्डन वा आस्फोर्ड केन्ट दुई मध्दे एक स्थानमा टुंगो गरि पूर्ण बिबरण सहितको सूचना प्रकासित गर्ने निर्णय गरेको छ ।

१८ अगस्त २००८ मा तदर्थ समितिका सँयोजक भुपु क्याप्टेन श्री सुमन राई ज्युको सँयोजकत्वमा सम्पन्न पहिलो भेलाले गठित यस समितिको दुई बर्षे कार्यकाल २०१० को अगस्ट १८ तारिख समाप्त हुनेछ । तसर्थ समितिले आयोजना गर्न लागेको यो ऐतीहासिक प्रथम अधिबेशन हुनेछ । उक्त कार्यक्रम बिहान १० बजे शुभारम्भ भई बेलुकी ५ बजे समापन गरिने छ ।

कार्यक्रममा सम्पूर्ण भोजपुर बासी दाजु भाई दिदिभहिनीहरु लगाएत बेलायतका बिभिन्न नेपाली संघ सस्थाका प्रमुखहरुलाई आमन्त्रण गर्ने निर्णय गरिएको छ । बैठकको अन्त्यमा समितिका सचिव श्री दया कृष्ण राईले समितिको कार्य प्रतिबेदन तथा कोषध्यक्ष श्रीमती निलम राईले आर्थिक प्रतिबेदन को प्रस्ताबिक प्रतिबेदन पेस गर्दै बैठकको समापन भयो ।

-चक्रबहादुर राई आस्फोर्ड केन्ट