रामजित राईलाई बेलायतबाट सहयोग

भोजपुर जिल्ला पुर्खौली घर भई हाल इटहरी २ सुनसरीमा बसोबास गर्नुहुने किरात राई यायोक्खा इटहरीका सदस्य तथा सिलिमाङपा (साकेला नाच सिकाउने ब्यक्ती) श्री रामजित साम्पाङ राई ज्युको क्यान्सर भई दाहिने खुट्टा गुमाउन भयो । उपचार पछी थप उपचारको लागी हाल बेलायतमा बसोबास गर्नुहुने इटहरीबासी किरात राई तथा बेलायतबासी किरात साम्पाङराई हरुको तर्फबाट आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि महानुभाबहरुबाट जे जति आर्थिक सहयोग संकलन जुटाउन सक्यौ त्यती संकलन गरि एकमुस्ट पठाउने काम गर्यो ।

सर्बप्रथम सिलिमाङपा श्री रामजित साम्पाङ राई ज्युले पुर्बान्चलका सबै राईहरु लाई साकेला सिलीको संरक्षण र संबर्धन गर्नुको साथसाथै सिलीहरु प्रशिक्षण गराउने काम गर्नु भएको थियो वहाँको प्रशिक्षणले आज साकेला सिली संसारको कुना कुनामा फैलिएर सिलीको संरक्षण भएको छ भन्दा अतियुक्ती नहोला राई २०३७ साल देखि त्यस क्षेत्रमा भाषा, धर्म, संस्कार, संस्कृती, मुल्य, मान्यता, र जिवनशैलीको रक्षा गर्न चाहानु हुने जुझारु ब्याक्ति हुन ।

सिलिमाङपा श्री रामजित साम्पाङ राई ज्युको सिली तर्फको लगनशीलता र संस्था प्रतिको योगदान अति नै महत्वपुर्ण छ यसर्थ वहाँको योगदानको कदर गर्दै आर्थिक सहयोग गर्नुहुने इटहरका बेलायत बासी किरात राई तथा बेलायतबासी किरात साम्पाङराई दाजुभाइ दिदिबहिनीहरुको नामावली यसप्रकार छ ।

श्रीमान् हरि राई / श्रीमती सरला राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् भबिन्द्र राई / श्रीमती पुष्पा राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् बिरेन्द्र राई / श्रीमती लक्ष्मी राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् केशब राई / श्रीमती साबित्री राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् सुदाहाङ राई / श्रीमती प्रमिला राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् चक्र बहादुर राई / श्रीमती बसुन्धरा राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् कमल राई / श्रीमती सुर्यकला राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् राजेस्वार राई / श्रीमती निर्मला राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् कुमार राई / श्रीमती टिका कुमारी राई इटहरी, सुनसरी हाल UK £ 50/00
श्रीमान् रामधन साम्पाङ राई £20.00 Farnborough
श्रीमान् चन्द्रवती साम्पाङ राई £20.00 Ashford
श्रीमान् देबी कुमार साम्पाङ राई £20.00 Farnborough
श्रीमान् योगराज साम्पाङ राई £20.00 Peterborough
श्रीमान् उमेश साम्पाङ राई £20.00 Ashford
श्रीमान् शिवराम साम्पाङ राई £20.00 Ashford
श्रीमान् राजेन्द्र कुमार साम्पाङ राई £20.00 Ashford
श्रीमान् जितेन्द्र साम्पाङ राई £20.00 Camberley
श्रीमती सुर्ज कुमारी साम्पाङ राई £20.00 Oxford
श्रीमान् कृष्ण बहादुर साम्पाङ राई £11.00 Northolt London
श्रीमती मिना कुमारी साम्पाङ राई £11.00 Folkestone
श्रीमान् महेन्द्र साम्पाङ राई £11.00 Ashford
श्रीमान् इन्डिसेन साम्पाङ राई £10.00 Maidstone
जम्मा= UK£ 673/00×122.90=जम्मा नेपाली रु. ८२,७११।७० अक्षरी (बयासी हजार सातसय एघार रुपैयाँ सत्तरी पैसा) । यसरी सन्कलन भएको आर्थिक सहयोग २०६६ सालको मंसिर १७ गते बुधबार उँधौली पर्ब मंसिरे पुर्णिमाको दिन किरात राई यायोक्खा प्रारम्भिक कार्य समिती इटहरीद्वारा आयोजित भब्या उँधौली कार्यक्रम को माझ बेलायतको तर्फबाट श्रीमती सरला राईले इटहरीका सदस्य तथा सिलिमाङपा श्री रामजित साम्पाङ राई ज्युलाई नगद रु. ८२,७११.७० अक्षरी (बयासी हजार सातसय एघार रुपैयाँ सत्तरी पैसा) हस्तान्तण गर्नु भयो ।

-चक्रबहादुर राई आस्फोर्ड केन्ट