भोजपुर । ठूलोदुम्माको स्थानीय सुर्योदय निमावि कक्षा पाँचमा पढ्ने मिना खातीले विहान उठेदेखि दिनभरी नै पानी बोक्नुपर्छ । पानी बोक्ने कामले दनिक विद्यालय जान नपाउने उनको परिवारले आहालको पानी छानेर खाने गरेको छ ।
मिना जस्तै ठुलोदुम्मा गाविसका अधिकांश बालबालिका र अभिभावक समेत प्रदुषित पानी छानेर बोक्ने काममै दिन बिताउन बाध्य छन् । ठुलोदुम्माका छ सय घरपरिवारको गाईवस्तु र मानिसले खाने पानीको स्रोत एउटै । त्यहीं आहालको पानी पनि आधा घण्टादेखि ३ घण्टासम्म बोकेर घर ल्याउनु उनीहरु बाध्यता छन् ।
४० वर्षीय गुमानसिंह राई पनि आफ्ना दुई छोरीका साथ पानी ओसार्नमै दिन बिताउँछन् । उनी भन्छन्, परिवारले खाने र गाइबस्तुलाई खुवाउने पानी ओसार्न तीन जनालाई काम पुगेको छ । १० वर्ष अघि निमार्ण भएको खानेपानी योजना अलपत्र भएपछि स्थानीय बासिन्दाहरु आहालको पनी ओसारेर खान बाध्य भएका हुन् ।
खानेपानी अभाव भएपछि गाउँ विकास समितिको आर्थिक सहयोगमा तत्काली द्वन्द्वको समयमा तयारी गर्दा उपभोक्ता समितिका अध्यक्षले रकम निकासा गरेर खाएपछि आयोजना नै बन्द भएको थियो । आयोजनाको पैसा असुल्न गाउँलेहरुले उपभोक्ता समितिका अध्यक्षलाई दवाव दिँदा समितिका अध्यक्ष माओवादीमा लागेपछि रकम समेत असुल्नका लागि कसैले आँट गरेनन् । नाप जाँच गरेर उपभोक्ता समिति गठन गरी काम थालिसकेपछि समितिका अध्यक्षले रकम लिएर हिंडेपछि योजना अलपत्र परेको थियो । दुई लाख ५० हजारको योजना छिमेकी बास्तिम गाविसबाट खानेपानी ल्याने सहमति भएको थियो ।
आहालको पानी छानेर खानुपर्ने भएपछि मानिसले खाने र पशुलाई खुवाउने गरी आहालमा दुईवटा भाग छुटाईएको छ । स्थानी रामशहादुर राईले भने, ‘शिहानदेखि आफूसँगै छोराछोरी श्रीमतीलाई गाग्रीमा पानी बोक्न लगाउँछु ।’ धेरै घरले प्रयोग गर्ने भएकाले छिटो गएर ल्याउन सके मात्र पानी पाइन्छ नत्र धमिलोमा परिने राईले बताए ।
स्थानीय बाँस खोल्सामा दिनदिनै पनी सुक्दै गएपछि यस्तो अभाव भएको गाउँलेको यस्तो दुर्दशा भएको हो । पानी अभावमा दैनिक अरु काम गर्नै नपाएको उनीहरुले बताए । केही वर्षयता पानी सुकिसकेकोले धारा बनाउन सम्भव नहुँदा आहालको कुनामा कुवा बनाए जगले गाग्रीमा पानी भरेर ल्याउने गरेको गाउँलेल बताए । जिविस र अन्य निकायमा पटक-पटक सहयोग माग गरे पनि कतैबाट कुनै सहयोग नपाएको रामबहादुर राईले गुनासो गरे ।
-किरण राई