हार्दिक – हार्दिक धन्यवाद ज्ञापन

13775753_1244017518950096_3825092418019178137_n

गत मिति 16 जुलाई 2016 शनिबारको दिन भोजपुर सेवा समाज बेलायतले आयोजना गरेको समर बि बि क्यु को कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर आफ्नो महत्त्वपूर्ण कामहरुलाई एकातिर पन्छाएर यस कार्यक्रममा उपस्थित भइ आतिथ्य ग्रहण गरिदिनु हुने हाम्रा सम्पुर्ण अतिथिहरुमा म लगायत यस कार्य समितिको तर्फबाट हार्दिक – हार्दिक धन्यवाद ज्ञापन गर्ने चाहन्छौं साथै हाम्रो मौखिक निम्तोलाई पनि अमुल्य सम्झेर यस कार्यक्रममा ज्येष्ठ नागरिकको आतिथ्य ग्रहण गर्नु भइ कार्यक्रमको शोभा बढाइदिनु हुने श्री हरी बहादुर राईज्युलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । यसैगरी हाम्रो निमन्त्रणालाई सहर्ष स्विकार्दै अतिथिको आतिथ्य ग्रहण गर्नु भइ यस समर बि बि क्युको कार्यक्रमको शोभा बढाइदिनु हुने इलाम सेवा समाज युकेका महासचिव श्री मुकेश राईज्यु , पाँचथर सेवा समाज युकेका उपाध्यक्ष श्री सेर बहादुर राईज्यु , संखुवासभा एसोसिएसन युकेका सहसचिव श्री कमल गुरुङज्यु , म्याग्दी ओभरसिज नेपालीज एसोसिएसन युकेका सदस्य तथा भोजपुर जिल्लाका ज्वाइँ- चेला श्री तेजबहादुर पुनज्यु , यसैगरी नेपाल बाट आउनु भएको श्री यादव बान्तावा राईज्यु , साथै श्री मणि तामाङज्युलाई म लगायत सम्पुर्ण कार्य समितिको तर्फबाट हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । यसैगरी हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरी यस कार्यक्रममा उपस्थित हुनुहुने हाम्रा सम्पुर्ण भोजपुरे छोरी चेली तथा ज्वाइ चेलाहरुमा पनि हामी हृदय देखि नै आभार तथा हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

भोजपुर सेवा समाज बेलायतका संस्थापक अध्यक्ष श्री सुमन चन्द्र राईज्यु , प्रमुख सल्लाहकार श्री फुर्वा शेर्पाज्युको गरिमामय उपस्थितिका साथै उहाँहरुल्को शुभकामना मन्तव्यहरु एकदमै रोचक थियोे जसको लागि हाम्रो तर्फबाट उहाँहरुलाई धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छौं । यसैगरी अर्को कार्यक्रममा समावेश भइकन पनि आफ्नो जिल्लाको कार्यक्रममा आउनु हुने सल्लाहकारहरु मेजर श्री मान बहादुर राईज्यु र श्री कृष्ण बहादुर राईज्युलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौं । यसैगरी कार्यक्रमको शुरु देखि अन्त्य सम्म नै सहयोग गर्नुहुने हाम्रा सल्लाहकार श्री रुद्र श्रेष्ठज्युलाई पनि हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौ । साथै त्यस भोजपुर सेवा समाज युकेले आयोजना गरेको समर बि बि क्यु कार्यक्रममा उपस्थित हुनुहुने मेरा सम्पुर्ण आदरणीय आमा, बाबा, दाजुभाइ , दिदिबहिनीहरु , भान्जा – भान्जीहरू, नर – नाता , ईष्ट – मित्रहरु , आफन्तजन , साथी – संगीहरु लगायत विभिन्न प्रकारको मिठो व्यन्जन्हरु उपलब्ध गराइदिनु हुने श्री आनंद राईज्यु तथा उहाँको सबै स्टाफहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ । यसैगरी यस कार्यक्रमका प्रमुख अतिथि कि रा या बेलायतका अध्यक्ष श्री पदम राईज्यु उहाँले — आजको यस कार्यक्रममा हामी भोजपुर जिल्ला वासीहरुको संख्यात्मक रूपमा कमी देखिएता पनि गुणात्मक रुपले एकदमै राम्रो देखिनुका साथै आउदो वर्षमा संख्यामा पनि वृद्धि हुने आशा छ … भन्नु हुदै शुभकामना मन्तव्य दिनुभयो । शुभकामना मन्तव्यको क्रममा नै नेपाल बाट भर्खरै आउनु भएको श्री यादव बान्तावा राईज्युले भोजपुर बिरामी कुरुवा घरको जग्गालाई कम्पनी हाउसमा दर्ता गरिएको बारेमा र यसको नाम सिद्धकाली सरोकार कम्पनी प्रा लि राखिएको जानकारी दिनु भयो । जग्गा पास गरिएको सम्पुर्ण कागत – पत्रहरु यसै संस्थाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री दिलमान राईज्युले हाल उहाँ नेपालमा हुनुहुन्छ उहाँले ईमेल मार्फत पठाउनु भएको थियोे जसलाई प्रिन्ट आउट गरेर उक्त कार्यक्रममा उपस्थित सबैजनालाई देखाइयो । यसैगरी उक्त कार्यक्रममा धेरैजना साधारण सदस्यहरु 1. श्री सनमान राई 2. श्री भिमभक्त राई 3. श्री हर्कुमान राई 4. श्री गङा प्रसाद राई 5. श्री देव कुमार राई 6. श्री पन्च तामाङ 7. श्री भिम राई 8. श्री सहदेव राई 9. श्री काजीमान शेर्पा 10. श्री प्रेम राई 11. श्री हरी बहादुर राई तथा आजीवन सदस्यहरुमा 1. श्रीमती मीना राई 2. श्री लिला राई 3. श्री कृष्ण मणि राई उहाँहरु सबैजनालाई स्वागतम भन्दै हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । यसैगरी कार्यक्रमको भोलिपल्ट श्रीमती शान्त कला राईज्यु तथा श्रीमती मणि कला गुरुङज्युले फोन मार्फत भोजपुर बिरामी कुरुवा घर यानि सिद्धकाली सरोकार कम्पनी प्रा लिमा कम्तीमा पनि दुई दुई शेयर लगाउने भनी प्रतिबद्धता जाहेर गर्नु भएकोमा उहाँहरुलाई यस संस्थाका सम्पुर्ण कार्य समितिको तर्फबाट धेरै धेरै शुभकामना का साथै धन्यवाद दिन चाहन्छौं । यस कार्यक्रमको शुरूवात स्वास्थ्य एवम् सुरक्षाको बारेमा सदस्य श्रीमती नीता राईज्युले तथा स्वागत मन्तव्य उपाध्यक्ष श्री सुवर्ण ताम्राकारज्युले दिनुका साथै अध्यक्ष श्री देवेन्द्र राईज्युले उपस्थित सबैजनालाई धन्यवाद दिनुका साथै कार्यक्रम समापन गर्नुभएको थियो ।

अन्तयमा कार्यक्रमलाई अझ रोचक बनाउनको लागि राफल ड्रा को आयोजना गरिएको थियो जसमा कार्य समितिको सदस्यहरुले निशुल्क पुरस्कार ल्याउनु भएको थियो उहाँहरु सबैजनालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।

भवदीय

श्रीमती बिमला कुमारी राई
सचिव
भोजपुर सेवा समाज , बेलायत

श्री देवेन्द्र राई
अध्यक्ष
भोजपुर सेवा समाज , बेलायत