प्रतिवेदन/वार्षिक प्रगति विवरण

संस्थाका अध्यक्ष ज्यू, Dilman-Rai-new
प्रमुख अतिथिज्यू, (अग्रज व्यक्तित्व)
समितिका सल्लाहकार ज्यूहरु,
संस्थाका पदाधिकारी ज्यूहरु,
यस औपचारिक कार्यक्रममा उपस्थित हुनु भएका बेलायत भोजपुर जिल्लाबासी तथा गैर जिल्लाबासी दाजुभाई तथा दिदी बहिनीमा हार्दिक अभिावदन टकक्र्याउन चाहन्छु ।

यस संस्थाको सचिवको तर्फबाट कार्य समितिद्वारा २ वर्षो अवधिमा भएका कार्य प्रगति विवरण प्रस्तुत गर्न गईरहेको छु ।

आदरणीय पाठक महानुभावहरु
समय अत्यन्तै बलवान अनि परिवर्तनशील हुन्छ । समयको वेगको परिवर्तनले गर्दा आज हामी भोजपुरेहरु यो घाम र जुन अस्ताउने देशमा बसोबास गरिरहेका छौ जहाँ संसारको समय यस देशबाट निर्धारण गरिन्छ जसलाई (Greenwich Mean Time) जी एम टी टाइम भनिन्छ । जन्म पश्चात मुत्यु बाहेकका कुराहरु समयको बहाव सँगै परिवर्तन हुँदै जाने गर्दछ । ब्रम्हाण्डमा सूर्यको विष्फोटनबाट सृजना भएको पृथ्वीमा करोडौं वर्षपछि एउटा जीवको उत्पत्ति भयो त्यो जीव हो डाइनोसर । त्यसपछि विभिन्न किसिमका जीव जन्तुहरुका विकाश, अपूर्ण मानवको विकशित स्वरुप सम्म आईपुग्न असाध्यै लामो समय लाग्यो । पृथ्वीमा मानव जातिको अस्तित्व कायम भइसकेपछि पनि मानव जातिले विभिन्न युग जस्तै सत्ययुग, द्वापर युग, कलियुग देखि कृषि औद्योगिक युग जस्ता अत्यन्तै कठोर चरणलाई पार गर्दै २१ औं शताब्दीको ढोका खोलेर मानव जातिलाई इतिहासको नयाँ कम्प्युटर युगमा प्रवेश गरिसकेको र प्रवेश गर्नको निम्नि भरमग्दुर प्रयास गरिरहेको स्थिति विद्यमान छ ।

नेपाल एउटा भौगोलिक क्षेत्रको आधारमा विषम धरातलीय स्वरुप भएको मुलुक हो । यसलाई प्रशासकीय हिसाबले ५ विकाश क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला र ३,९१४ गाउँ विकास समितिमा बाँडिएको छ, । भने भोजपुर जिल्लामा ६३ वटा गा.वि.स. छन् । हाम्रो गृह जिल्ला भोजपुर ७६ जिल्लाको रुपमा परिचित, विकाशले सौतेनी डाह गरेको एउटा जिल्ला हो ।
नेपाली उखान छ – वस्तुलाई बाटो लगाउन पछाडिबाट खेद्नु पर्छ भने मान्छेलाई बाटो देखाउन अगाडिबाट डोर्याउनु पर्दछ
अधिकार मागेर पाइएको इतिहास संसारमा कमै पाईन्छ जसका निम्ति संघर्ष गर्नु जरुरी छ ।

पाठक महानुभावहरु—-
>>छोटो जानकारी>> संस्थाको स्थापना कसरी भयो भन्ने बिषयमा
करिव २ सय वर्षको लामो अन्तराल पस्चाताव एउटा नौलो आयाम थपिएको छ । त्यो हो गोर्खा सिपाही तथा तिनका परिवारहरुलाई आवासीय बसोबास गर्ने अधिकार यो बेलायती मुलुकमा दिईएको छ । वास्तवमा यो स्थिति सम्म आइपुग्न गोर्खालीहरुले निकै लामो अनबरत लर्डाईं लड्नु परेयो । अदालतबाट पटक पटक हार व्यहोदै आखिरीमा संसदबाट नै आवासीय बसोबासको पहिलो घोसना गरियो । यो मुलुक भनेको बिना लिखित संविधानको मुलुक हो (Non Written Constitutional Country) । र्इतिहास पल्टाएर हेर्ने हो भने यो मुलुकले विश्वका ५३ वटा अन्य देशहरुमा उपनिवेश खडा गरि शासन गरेका थिए, जसलाई राष्ट्रमण्डल भनिन्छ । (Common Weath) जस्तै इंडिया हंगकंग, मलेशिया, सिंगापुर, अस्ट्रेलिया, क्यानाडा आदि-

पाठक महानुभावहरु, यो संस्था स्थापनाको कालमा रहेको मेरो योगदानको बिषयमा खुलस्त पार्न चाहन्छु –
उपरोक्त सम्बन्धमा भूतपूर्व गोर्खा संघ माथिको समस्या अभिनेत्री जोवाना लुम्ले (Joawana Lumley) को एकल पहलमा ठुलो समस्याको गाँठोलाई क्षण भर मै बेलायती प्रधानमन्त्री Mr. Golden Brown संग बार्ता गरि धेरै मागहरु मध्येको एउटा आवासीय माग चाहिँ पुरा गरियो त्यस पश्चात् भूतपूर्व गोर्खाली तथा तिनका परिवारहरु बेलायतमा प्रवेश गर्ने क्रम तिब्र गतिमा शुरु भयो । बेलायत प्रवेशको साथमा चुनौतिहरु उतिकै बिध्यमान थिए त्यसमा कुनै पनि भोजपुरेहरु अछुत रहन सकेन मतलव सबैको निम्ति एउतै समस्या थियो । जुन बेला गास, बास, कपास, यो देशको रहन, सहन, बाताबरण, जनजीवन यापन गर्ने शैली, संस्कार संस्कृतिसित घुलमिल तथा परिचित हुनको निम्ति पहिलो पल्ट ज्यादै मुस्किल थियो । यसमा कुनै दुइ मत छैन । यस्तो विषम परिस्थितिमा भोजपुरेहरुका लागि सामाजिक संस्थाको आवश्यकता थियो । तर भोजपुरेहरुका यस्तो स्थापना गर्ने सोच, विचार, चाहना भएता पनि तत्कालिन समयमा कसैलाई पनि फुर्सत थिएन । त्यस्तो बिषम परिस्थिति, विभिन्न बाधा व्यवधान तथा व्यस्तताको वावजुद पनि बेलातमा रहेका भोजपुरेहरुलाई एकै छानो मुनि गोलबन्द गरि आपसी भाइचाराको सम्बन्धलाई सुमुधुर र प्रगाढ बनाउने संस्था स्थापनाको एतिहासिक सोच मैले तय गरि पहली कदम अगाडी बढाएँ । गाई बस्तु लाई एकै ठाउँमा राख्ने गोठ चाहिन्छ भने मानिसलाई एकै ठाउँमा गोलबन्द गर्नको निम्ति सामाजिक संस्था चाहिन्छ । सो अनुरुप २ रोयल गोर्खा राइफल्सका बहालवाला सहयात्री साथीहरुसित विचार बिमर्सका साथ तत्कालिन बहालवाला अध्यक्ष कप्तान श्री सुमन चन्द्र राईको अधक्ष्यतामा तदर्थ समिति गठन गरि सह यात्रीहरुका साथ आवश्यक प्रक्रिया अगाडी बढाईयो र सन् २००८ अगष्ट १६ तारिखका दिनमा अध्यक्ष भूतपुर्ब गोर्खा मेजर श्री हर्कराज रार्इज्यूको अध्यक्षतामा पूर्ण कार्य समिति गठन गरी संस्था संचालन गर्ने पहिलो जिम्मेवारी हस्तान्तर गरियो उक्त कार्यक्रममा मैले सचिव तथा कार्यक्रम संयोजकको जिमेवारी समेत बहन गर्नु परेको थियो । त्यस पश्चात तदर्थ समिति सोत बिगठन गरिएको थियो ।
श्री मेजर रार्इज्युको नेतृत्वमा ४ वर्षअर्थात २ कार्यकाल -२००८-२०१२) सम्म संस्थालाई अगाडी बढाउनु भयो । यस संस्थाको पहिलो अधिवेशन सन् २०१० अगष्टमा र दोस्रो अधिवेशन सन् २०१२ अगष्ट १८ तारिखमा सम्पन्न भएको थियो । चार बर्षको अवधिमा धेरै राम्रा जग बसाउने कामहरु कार्य समितिबाट भएका थिए । स्मरण रहोस ४ वर्ष सम्म एउटै समाज सेवामा आवद्ध भई १२ वटा नियमित बैठक तथा ४ वटा पार्टी अनि २ वटा अधिबेसन सम्पन्न गर्नु भनेको चानचुने कुरा होइन जसको निम्ति म लगाएत यस कार्य समितिको तर्फबाट वहाँहरुलाई धन्यवाद दिन चाहन्छु बिशेष गरि पूर्व सचिव श्री दया कृष्ण राईज्यु, पूर्व कोषाध्यक्ष श्रीमती निलम राईज्यु पूर्व अध्यक्ष श्री हर्कराज राई ज्यहरुलाईु धेरै धन्यवाद दिन चाहन्छु ।

सन् २०१२ अगष्ट १८ तारिख दोस्रो अधिबेसनमा मलाई संस्थाको सचिवको जिम्मेवारी लिन अनुरोध गरियो । अध्यक्ष श्री फुर्वा गर्ज शेर्पाज्यूको नेतृत्वमा २३ सदस्यीय समिति गठन गरियो । स्थापना काल सन् २००८ देखि दोस्रो अधिवेशन २०१२ सम्म मैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संस्थालाई पल्टन (बृगेड ओफ गुर्खाज)को तर्फबाट मध्यस्तकर्ता तथा प्रतिनिधिको जिम्मेवारी निभाउने मौका पाए । स्मरण रहोस् २ रोयल गोर्खा राइफल्सका सेवारत सदस्यहरु तथा वहाँहरुका परिवारहरुले ब्रुनाई दारुसलामबाट धेरै नै आर्थिक सहयोग गर्नु भएको जानकारी पनि गराउन चाहन्छु । वहाँहरु नै हुन् हाम्रो संस्थाको आर्थिक सहयोगको निम्ति दरिलो खम्बा हुन् २ रोयल गोर्खा राइफल्सका बहालवाला सहयोगी सहकर्मी मित्रहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

संस्थाका नीति र उदेश्य बमोजिम यस कार्य समितिले २ वर्षको अवधिमा गरेका कार्य प्रगति विवरण छोटो मिठो शैलीमा बुँदागत बाचन गर्ने अनुमति चाहन्छु ।

क) पहिलो बैठक सन् २०१३
१. यस कार्य समितिको पहिलो बैठक ३० सेप्टेम्बर सन् २०१२ सालको Harrow Borough Football Club, Northhalt मा बसेको थियो । उक्त बैठकमा कार्य समितिको काम चुस्त बनाउनको निम्ति विभागीय कार्य विभाजन गरी हरेक सदस्यलाई आ-आफ्नो जिम्मेवारी दिइयो ।

२. ८ सदस्यीय सल्लाहकार समिति गठन गरियो ।

३. बेलायत भरि छरिएर बसेका सारा भोजपुरेहरुका क्षेत्रीयगत जनसंख्या तथ्याङ्क संकलन गर्ने र संकलन गरिएका जनसंख्या तथ्याङ्कलाई संस्थाको संजालमा अर्को Clip थपी कायम राख्ने निर्णय गरियो । कार्य समिति नभएको क्षेत्रमा क्षेत्रीय जनप्रतिनिधि गठन गरी कार्य योजना अगाडि बढाइयो ।

४. समितिका सदस्यहरु तथा सल्लाहकार समितिहरुका फोटो, सर्म्पर्क टेलिफोन नम्बर र इमेल जस्ता सुचनामुलक संदेश प्रबाह गर्ने हेतुले अर्को क्लिप थपी सूचनाको निम्ति पहिलो पल्ट संजालमा राखियो ।

५. नयाँ सदस्यहरु तथा सदस्यता बढाउने कार्य अगाडि बढाइयो ।

६. यस संस्थाको विधानमा केही आवश्यक बुँदाहरु संशोधन गर्नुपर्ने भएको हुनाले उक्त बिषयको निम्ति विधान संशोधन (मस्यौदा) समिति गठन गरी लेखन प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

७. हाम्रो गृह जिल्ला भोजपुरको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्वास्थ्य अधिकारी लगायत अस्पतालका डाक्टरहरुको संयुक्त बैठकले जिल्ला अस्पतालका निम्ति एउटा बिरामीहरुका कुरुवाहरु बस्ने कुरुवा भवनको आवश्यक भएकोले अस्पताल विकास तथा सहयोग समितिको मिति २०६९/४/११ गते बसेको बैठकले उक्त घर निर्माण गरि दिन यस संस्था उपर अनुरोध पत्र पठाएको जानकारी दिन चाहन्छु । उक्त बिषयमा यस कार्य समितिको बैठकले यो जायज माग हो भनि ठहर गरि निकट भबिष्यमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

ख) दोस्रो बैठक
यस कार्य समितिको दोस्रो बैठक सन् २०१३ जनवरी ५ तारिखका दिन Grays, Essex मा बसेको थियो । उक्त बैठकमा महत्वपूर्ण विषयहरुमा घनिभुतका साथ छलफल गरी कार्य योजनालाई अगाडि बढाइयो ।

१. विभिन्न क्षेत्रबाट संकलन गरिएका भोजपुरेहरुका जनसंख्या तथ्याङ्कलार्इ संस्थाको सांसारिक संजालमा पहिलो पल्ट Upload गर्ने काम शुरु गरियो ।

२. पूर्व समितिको कार्य कालमा १ वर्षो लागि १० पाउण्ड सदस्यता शुल्क तोकि बर्षै पिच्छे नविकरण गर्ने व्यवस्था गरेको थियो भने यस नयाँ समितिले अब देखि ३ वर्षको निम्ति २० र आजीवन को निम्ति १२५ पाउण्ड उठाउने निर्णय गरियो ।

३. ३ सदस्यीय विधान संसोधन समिति गठन गरियो । उक्त समितिको संयोजकमा श्री देवेन्द्र कुमार रार्इ, सदस्यहरु मा श्री कृष्ण बहादुर रार्इ र श्री रोम प्रसाद मुकारुङ रार्इज्युलाई नियुक्त गरियो र लेखन प्रक्रियालाई शुरु गर्ने जिम्मेवारी समेत दिइयो ।

ग) तेस्रो तथा अन्तिम बैठक
१. समितिको बैठक सन् २०१३ मे ११ तारिख Ashford, Kent मा बसेको थियो । समितिको दोस्रो बैठकमा उल्लेख गरिए बमोजिम विधान संशोधन समितिले संशोधन गरिएका कुराहरुलाई समितिको बैठकमा पहिलो पल्ट पेश गरेको थियो । अन्य फेरी बैठकमा उठेका थप घट बिषयहरु उपर अर्को समितिको बैठकमा सचाई एबम रीतिले ल्याउने निर्णय गरियो ।

२. संस्था सञ्चालन गर्नको निम्ति पुँजीको आवश्यक हुन्छ । बिना पुँजी संस्था सञ्चालन गर्न सकिँदैन । कुनै पनि व्यक्ति कुनै पनि मुलुकमा रहन्छ भने उसले त्यस देशको प्रचलित कानुन बमोजिम सुविधा प्राप्त गर्नको निम्ति कर तिर्नु पर्दछ। हामी सारा भोजपुरेहरु साधारण सदस्य त हौं तर हाम्रो संस्थाबाट प्राप्त गरिने सयल सुविधा लिनको निम्ति संस्थाको नियमानुसार सदस्यता अनिवार्य लिनु पर्दछ । त्यसकारण त्यसको निम्ति २ प्रकारका सदस्यताको प्रावधान बनाउने निर्णय गरियो ।

३. ३ वर्षे तथा क्रियाशील सदस्यता र आजीवन सदस्यता
यस बिषयलाई संस्थाको संजालमा छुट्टै Clip थपि छुटाछुटै सदस्यता सुचीमा राखिएको छ । जस्तै आजीवन, ३ बर्षे तथा क्रियाशील र साधारण सदस्य हरेक Heading ko Down Arrow मा Click गरि हेर्नु भयो भने त्यहाँ सम्पूर्ण जानकारी पाउनु हुने छ । हाल भोजपुरेहरुको जनसंख्या घरधुरी तीन वर्षेमा ..८७ .आजीवनमा ..४३.. र साधारण सदस्यमा..२५८..परिवार तथा घर धुरी रहेका छन् । अझै १२८ परिवारहरुले सदस्यता लिन बाँकी नै छ । हाम्रो जानकारी बाहिर कति भोजपुरेहरु छुटिएका होलान् खोज्ने कार्य अनवरत रुपमा भैरहेको पनि छ र ती छुटिएका भोजपुरेहरुलाई ऐक्यबद्धता गराउनु हामी सबैको जिम्मेवारी हो । २ वर्ष भित्रका मुख्य उपलब्धिहरु मध्ये यो महत्वपुर्ण उपलब्धि हो । यो अभियान सन् २०१२ देखि शुरु गरिएको हो जसले गर्दा मुलत पारदर्शी हुनुका साथै कति भोजपुरेहरु बेलायतमा रहेछन् भन्ने स्पस्ट जानकारी हुन्छ । Everyone can see every day.

४. सन् २०१३ सालको पहिलो वर्षो वाषिर्क भेला (Party)
सन् २०१३ साल अगष्ट १७ तारिख रमाइलो योजना गरि अति भव्यताका साथ मनाईयो ।

१. उच्च शिक्षा, साहित्य तथा संगीत, खेलकुद आदिमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई वहाँहरुको मेहिनत र लगनसिलताको उच्च कदर गर्दै भोजपुर सेवा समाज बेलायतले पहिलो पल्ट सम्मान पत्र प्रदान गर्न शुरु गरियो ।
सूची यस प्रकार छन् –

जि सी ए सी (General Certificate of Secondary Education)
१. श्री पवन रार्इ – श्री प्रेम कुमार रार्इ तथा श्रीमती निता रार्इको सुपुत्र हुन्
२. सुश्री समिष्टी रार्इ – श्री दया सागर रार्इ तथा श्रीमती कविता रार्इका सुपुत्री हुन्
३. श्री रिवाज रार्इ – श्री बम बहादुर मगर तथा श्रीमती बम.मगरका सुपत्र हुन्

स्नातक तह (Bechelors Degree)
१. श्री रोशन रार्इ-टि. क्या श्री सुमन चन्द्र रार्इ तथा श्रीमती पूर्ण लक्ष्मी रार्इका सुपुत्र
२. श्री मिगुर शेर्पा – श्री आङपासाङ शेर्पा तथा श्रीमती छ्याकी शेर्पाको सुपुत्र हुन्
३. श्री उमेश गुरुङ्ग – श्री डिल्ली गुरुङ्ग तथा श्रीमती डिल्ली गुरुङ्ग सुपत्र हुन्

स्नातकोत्तर तह (Masters Degree)
१. श्री महाप्रसाद रार्इ-टि.क्या श्री सुमन चन्द्र रार्इ तथा श्रीमती पूर्णलक्ष्मी रार्इका जेठा सुपुत्र हुन्
२. सुश्री भावना रार्इ – श्री भानुभक्त रार्इ तथा श्रीमती विमला रार्इकि सुपुत्री हुन्
३. सुश्री अनिता रार्इ – श्री उदिम बहादुर रार्इ तथा श्रीमती शान्ति रार्इकि सुपुत्री हुन्र्

नर्स (Nurse)
१. सुश्री आशा तामाङ्ग – श्री धर्मबहादुर तामाङ्ग तथा श्रीमती लक्ष्मी कुमारी तामाङ्गकि सुपुत्री हुन्

बिमान चालक (Pilot)
१. सुश्री आशिका रार्इ – श्री सय कुमार रार्इ तथा श्रीमती आशा रार्इकी सुपुत्री हुन्

चिकित्सक (Doctor)
१. श्रीमती मनिता रार्इ – श्री उदिम बहादुर रार्इ तथा श्रीमती शान्ति रार्इको जेठी छोरी सुपुत्री हुन्
२. सुश्री निस्मा रार्इ – श्री घल बहादुर रार्इ तथा श्रीमती महेन्द्र कुमारी रार्इकी सुपुत्री हुन्
३. डा. श्री निरम रार्इ – श्री मान बहादुर रार्इ तथा श्रीमती प्रमिला रार्इ सुपुत्र हुन्
४. डा. सुश्री सृष्टि कला रार्इ – श्री मान बहादुर रार्इ तथा श्रीमती प्रमिला रार्इ सुपुत्री हुन्
५. डा. सुश्री प्रविना रार्इ – श्री टीकाराम रार्इ तथा श्रीमती राम कुमारी रार्इ सुपुत्री हुन्

वकिल (Lawyer)
१. सुश्री रेजिना रार्इ – श्री मेघ बहादुर रार्इ तथा श्रीमती प्रमिला रार्इकी सुपुत्री हुन्

साहित्य तथा संगीत
१. श्री दया कृष्ण रार्इ
२. श्री नरेश काङमाङ रार्इ
३. श्री हेपेन्द्र रार्इ (अपजसे कान्छा)
४. श्री प्रकाश रार्इ

क) दोस्रो वर्ष सन् २०१४ को पहिलो बैठक
१. गत वर्ष सन् २०१३ सालको भोजपुरे वार्षिक पार्टी भब्यताका साथ सम्पन्न गरियो ।
२. जानकारीमा नआएका अन्य भोजपुरेहरुका जनसंख्या तथ्याङ्क (घरधुरी) संकलन गर्दै संस्थाको वेबसाइटमा राख्ने क्रम जारी गरियो ।
३. यस कार्य समितिको बैठकले सन् २०१४ साल देखि स्नातक तह देखि माथिका व्यक्तित्वहरुलाई मात्र कदर सम्मान गर्ने निर्णय गरियो । जस्तै स्नातक, मास्टर डिग्री, पी एच डी, डाक्टर, नर्स, पाइलट, इञ्जिनयिर, वकिल, साहित्य संगीत, खेलकुद, कला, कौशल आदि जसले गर्दा आउने भावी पिढीहरुका निम्ति प्रेरणादायी स्रोत, हौसलाको बाटो र महत्वकांक्षीको छुट्टै महसुस होस् भन्ने उद्देश्यले नगर्ने निर्णय गरेको हो ।

ख) दोस्रो बैठक
१. यस समितिको दोस्रो बैठक सन् २०१४ फेब्रुअरी १ तारिख Aldershot को भेटघाट Restaurant मा सम्पन्न भएको थियो संचारको माध्यम बाट छिटो छरितो समाचार प्रचार प्रसार गर्नमा फेसबुक नै सरल भएकोले उक्त बिषयलाई मध्ये नजर राख्दै फेसबुक खोलियो । संस्थाको फेसबुकको नाम ID: bhojpurwelfaresocietyuk राखियो Website:www.bhojpurwelfaresocietyuk.org त्यहि नै हो । स्मरण रहोस् हाम्रो फेसबुकको सांकेतिक चिन्ह भोजपुर जिल्लाको नक्सा माथि अनि ट्याम्केको पृष्ठभूमिमा एउटा खुकुरी राखिएको छ भने भोजपुर समाजको चाहिँ ६३ वटा गा.बि.स. को चित्र राखिएको छ ।

२. संस्था दर्ताः यस संस्थालाई कम्पनि हाउस (Company House) मा दर्ता गरि राख्ने निर्णय गरिएको छ । अहिले सम्म लेखा परिक्षण (Audit) भातृ संस्थाहरुद्वारा गराउँदै आइएको छ भने संस्था दर्ता भएपछि सम्बन्धित निकायद्वारा गराइने जानकारी समेत दिन चाहन्छु ।

३. सदस्यता ग्रहण गरे बापत के फाईदा र के बेफाईदा हुन्छ भन्ने बिषयमा-
(क)    ३ वर्षे तथा क्रियासिल सदस्यता शुल्कको लागि बेलायती स्टर्लिंग २० पाउण्ड तिर्नुपर्ने छ भने प्रत्येक ३ वर्षमा नविकरण गर्नुपर्ने छ ।
(ख)    आजीवन सदस्यता शुल्कको लागि बेलायती स्टर्लिंग १२५ पाउण्ड तिरेर श्रीमान श्रीमती दुवै आजीवन सदस्य बन्न सक्ने छ ।
(ग)    साधारण सदस्यता प्राप्त नगरेको व्यक्तिलाई कुनैपनि समस्या मर्दा पर्दा परेमा यस संस्थाले सहयोग गर्नुपर्ने कुनै बाध्यता हुने छैन ।

४. ३ वर्षे तथा क्रियाशिल सदस्यता प्राप्त गर्ने व्यक्तिलाई कार्य समितिको निर्वाचनमा आफ्नो परिवारबाट १ मत दिने र कुनै पदमा उम्मेद्वार हुन पाउने अधिकार हुन्छ । साथै परिवारका सम्पूर्ण सदस्यहरुलाई कुनै समस्या परेमा यस संस्थाले सहयोग गर्ने छ ।

५. आजीवन सदस्यता प्राप्त गरेको व्यक्तिलाई कार्य समितिको निर्वाचनमा आफ्नो परिवारबाट २ मत दिने र २ पदमा उम्मेद्वार हुन पाउने अधिकार हुनुका साथै परिवारका सम्पूर्ण सदस्यहरुलाई कुनै समस्या परेमा यस संस्थाले सहयोग गर्ने छ ।

६. यस दफा नं.(क) र (ख) मा उल्लेख भए बमोजिम भोजपुर जिल्लाबाट बेलायतमा अस्थायी वा स्थायी रुपमा बसोबास गरी यस संस्थाको सदस्यता प्राप्त गर्ने परिवारलाई आइपर्ने भबितब्य जस्ता समस्याको समाधानको लागि यस संस्थाको नियमानुसार सहयोग गर्ने छ । यदि मृतकको परिवारले मर्दा पर्दा आवश्यक सहयोग ठानेमा सदस्यता लिएको हरेक परिवारबाट अनिवार्य रुपमा १० पाउण्ड सहयोग गर्नुपर्ने छ । एवम रीतिले सो रकम हरेक परिवार बाट उठाई मृतकका परिवारलाई तुरुन्तै उपलब्ध गराइने छ ।

ग) तेस्रो तथा अन्तिम बैठक
यस समितिको तेस्रो तथा अन्तिम बैठक सन् २०१४ मे ४ तारिख Medstone, Kent मा सम्पन्न भएको थियो । उक्त बैठकमा महत्वपुर्ण बिषयहरुमा छलफल गरियो जस्तै जिल्ला अधिवेशनको कार्य योजना, विधान पारित, नयाँ कार्य समितिको पुनर्गठन तथा संरचना, पार्टी ब्यवस्थापन साथै उच्च शिक्षा हासिल गर्ने विद्यार्थी तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने आदि ।

१. निर्वाचन मण्डल समितिको नामावली तयारी गरियो-
(क) श्री मान बहादुर रार्इ
(ख) श्री हेपेन्द्र रार्इ
(ग) श्री हर्क राज रार्इ

यो सन् २०१४ सालको पार्टी तथा अधिबेसन भब्यतापुर्वक सम्पन्न भयो । यस वर्ष पनि बिधार्थी भाई बहिनीहरुले राम्रो नतिजा लिएर पास गरेका थिए सुची निम्न प्रकारका छन् –

नर्स (Degree of Graduation in Nursing )
१. सुश्री काजल राई- श्री काजी राई तथा श्रीमती कल्पना राईकी सुपुत्री हुन् उनले Degree of Bechelor of Science in Child Nursing मा स्नातक गर्नु भएको हो
२. सुश्री निशा राई- श्री प्रेम कुमार राई तथा श्रीमती लक्ष्मी राई को सुपुत्री हुन् उनले Degree of Bechelor of Science in Adult Nursing मा स्नातक गर्नु भएको हो

स्नातक तह (Bachelor of Graduation Degree )
१. सुश्री शुभ कला राई- संस्थाको सचिव श्री दिलमान राई तथा श्रीमती एक लक्ष्मी राईकी सुपुत्री हुन् । उनले मेडिकल फिजिओलोजिमा (Degree of Bachelor of Science in Medical Physiology) स्नातक गरेकी हुन् ।
२. सुश्री एलिजा राई- श्री मान बहादुर राई तथा श्रीमती खान्नुयुंमा राईकी सुपुत्री हुन् । उनले Degree of Bachelor of Arts in Accounting & Finance मा स्नातक गर्नु भएको हो ।
३. श्री सय कुमार राई तथा श्रीमती आशा राईकी सुपुत्री हुन् । उनले Degree of Bachelor of Arts in Accounting & Finance मा स्नातक गर्नु भएको हो ।
४. सुश्री मैया कुमारी तामाङ् – श्री रुद्र बहादुर तामाङ् तथा श्रीमती सान्ति देवी तामाङ्की सुपुत्री हुन् । उनले पनि Degree of Bachelor of Science in Biomedical Science मा स्नातक गर्नु भएको हो ।
५. श्री अशिम राई- श्री रामे स्वर राई तथा श्रीमती चन्द्र कला राईकी सुपुत्र हुन् । उनले Degree of Bachelor of Arts in Accounting & Finance मा स्नातक गर्नु भएको हो ।
६. श्री निसाम राई – प्रेम कुमार राई तथा श्री निता राई की सुपुत्र हुन् । उनले Degree of Bachelor of Science Honour in Computer Network मा स्नातक गर्नु भएको हो ।

नयाँ कार्य समितिको भावी कार्य नीति तथा कार्य योजना
१. नयाँ कार्ये समितिले संस्थाको उद्देश्य अनुसार निरन्तर कार्य गर्ने ।
२. जानकारी बाहिर रहेका भोजपुरेहरुका जनसंख्या तथ्याङ्क खोजी कार्ये जारी राख्नुका साथै नया सदस्यता संख्या बृद्धि गर्ने ।
३. अन्य भातृ संघ संस्थाहरुसँग मित्रता कायम राख्दै सम्बन्धलाई सुमधुर बनाउँदै लाने ।
४. यस संस्थालाई कम्पनि हाउस (Company House) मा दर्ता गर्ने ।
५. यस संस्थाले च्यारिटी कार्यक्रम गर्दै संस्थाको आर्थिक बृद्धि गर्ने ।
६. पारित गरिएको संस्थाको बिधानलाई किताबमा उतार्ने ।
७. गृह जिल्ला भोजपुरको निम्ति केहि पहल गर्ने ।

भन्दै २ बर्षको अवधिमा यस कार्य समितिले गरेका कार्य प्रगति विवरण अनि भविष्यमा गठन हुने नयाँ कार्य समितिको निम्ति हालको कार्य समितिले पुरा गर्न नसकेको बाँकी अपुरा कार्यहरु उक्त समितिद्वारा पुरा गरियोस् भन्ने हार्दिक शुभकामना दिँदै संस्थाको अध्यक्ष श्री फुर्बा गर्ज शेर्पाज्यु, समितिका सलाहकारज्युहरु, कार्य समितिका पधाधिकारीज्युहरु साथै सम्पूर्ण समितिका सदस्यहरु लगायत क्षेत्रीय प्रतिनिधिहरुज्युले दिनु भएको म प्रतिको सहयोग अनि संस्था प्रतिको योगदानको निम्ति धेरै धन्यवाद दिन चाहन्छु । अन्तमा नयाँ कार्य समितिको लागि अग्रिम बधाई दिँदै वहाँहरुको कार्यकाल राम्ररी बितोस् भन्ने शुभकामना समेत व्यक्त गर्दै मेरो कुरालाई यहिँ अन्त्य गर्न चाहन्छु । जय भोजपुर सेवा समाज बेलायत ।

धन्यवाद ।

जय भोजपुर सेवा समाज घाम अस्ताउने मुलुक बेलायत

दिलमान राई
सचिव भोजपुर सेवा समाज बेलायत