वाषिर्क प्रतिवेदन

अध्यक्षज्यु,
प्रमुख अतिथीज्यु, अतिथीज्युहरु,
सल्लाहकारज्युहरु dayakraireport
संस्थाका सबै पदाधिकारीहरु
यस कार्यक्रममा उपस्थित भोजपुर जिल्लाबासी तथा गैर भोजपुर जिल्लाबासी दाजु भाई तथा दिदी बहिनीहरु ।
पत्रकारज्युहरु ।

बेलायतमा च्याउ उम्रेझैं संस्थाहरुको स्थापना हुने क्रममा भोजपुर जिल्ला समाजको स्थापना हुनुमा सकारात्मक हो भन्ने हामी भोजपुर जिल्ला निवासीलाई लाग्नु स्वभाबिकै भएपनि अन्य बौद्धिक ब्यत्तिहरुको विश्लेषण कस्तो रहेको छ हामी अनभिज्ञ छौं । कतिपय ब्यक्तिहरुबाट बेलायतमा ज्यादै संस्थाहरु भए हामीले एउटै नेपाली संस्था भए पर्याप्त हुन्छ भन्ने प्रतिक्रियापनि पाइन्छ । यस बिचारले केहि मात्रमा हामी नेपाली एक हौ भन्ने पुष्टि अवश्य गर्ने छ । तर यसले नेपाल चारजात छत्तीसबर्णको साझा फुलबारी हो भन्ने बिषयलाई गौण बनाउने स्पष्ट देखिन्छ र केन्द्रीकृत मानसिकतामा हामी गुजि्ररहने छौं । बेलायतमा जति संस्थाहरुको स्थापना भएपनि सबैमा सहयोगात्मक भावना कायम हुनु पर्दछ । अस्वस्थ प्रतिष्पर्धा र बिरोधात्मक दृष्टिकोणबाट माथी उठेर सबै संस्थाहरु अग्रसर भएमा बेलायतबासी नेपालीहरुले चाडै आफ्नो पहिचान र अस्तित्व कायम गर्न सक्नेछौ । कुनैपनि संस्थाले राम्रो गरेर प्रगतितिर उन्मुख हुनेक्रममा अर्को संस्थाले सकेसम्म सहयोग दिने र त्यस राम्रो कार्यको अनुकरण गरेर आफ्नो संस्थालाईपनि त्यहि मार्गमा उन्मुख गराउन पछि हट्नु हुँदैन । अरुले घोडा चडदा धुरी चढनु हुँदैन । तर अरुले घोडा चढेर गन्तब्यतर्फ दौडीरहेको बेला आफनो छेउको गधाह चढेर गन्तब्यतिर लागेमा घोडा भन्दा ढिला पुगेपनि आफनो गन्तब्यमा पुगेरै छाडिन्छ । घुरी त चढनु हुदैन तर गधाहपनि चढनु हुँदैन भन्ने पुरातन सोंचमा गुज्रिएमा हामी जहिलेतहिले यथास्थितिमानै रहिरहनेछौं ।

मानिसले समय परिबर्तन सागै उपयुक्त वातावरणमा घुलमिल गर्नका लागि आफुलाई पनि परिर्वन गर्न चाहन्छ । र समय सापेक्ष परिर्वतन हुनु अपरिहार्यपनि हो । तर आफुलाई कसरि परिर्वतन गर्ने र परिष्कृत गर्दै लैजाने हो भन्नेबारे समयमै सोंच पुर्‍याउन सकिएन भने आफ्नै अस्तित्व गुम्न सक्ने प्रचुर सम्भावना हुन्छ । सञ्चारको अदभूत छलाङ्ग र विश्व भूमण्डलीकरणले हिजो दुर्गम पहाडी गाउँ भोजपुरमा जन्मेको ब्यक्ति आज विश्कै कुनाकाप्चामा छरिएर बसिरहेका छौं । यहि क्रममा बेलायत आईबसेका हामी सम्पुर्ण भोजपुरबासीहरुले आफनो परम्परा संस्कृति र गृहजिल्लाको पहिचानका लागि हामीलाई एउटा संस्थाको आवश्यक महसुसगरि गत साल भोजपुर सेवा समाजको गठन गरिएको हो । र यहि प्रङ्गणमा तदर्थ समितिका पदाधिकारीहरुले हामी पूर्ण कार्य समितिका पदाधिकारिलाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । समयको अभाव खडकिएपनि आफनो उदगम थलोको सेवामा समिर्पित हुन पाउादा हामीलाई गौरव लागिरहको छ । कार्यसमितिको एक बर्षे कार्यकाल भित्र चौमासिक बैठक तोकि तीन नियमित बैठक बस्यो । पहिलो बैठकले संस्थाको कार्य गर्न सहजका लागि बिभागीय बिभाजन गरि सबैलाई जिम्मेवारी प्रदान गरेको थियो । सो अनुरुप सबैको प्रयासले आज हाम्रो एक बर्षे कार्यकाल पार गरेकोबारेपनि यहाँहरुलाई अवगत गराउन चाहन्छु । त्यहि बैठकले संस्थाको बिधान निर्माण मस्यौदा समिति गठन गरि तीन सदस्यीय समितिको चयन गर्‍यो ।

बिधान संस्थाको मेरुदण्ड हो । हामीलाई विश्वास छ यस बिधानले भोजपुर सेवा समाज बेलायतलाई मजबुत बनाएर उभ्याउने छ । हामी सबै जिल्लाबासी यस बिधानमा उल्लेखित प्रावधानहरुलाई शिरोपर गरि नियम भित्र बाँधिने छौं । यस बिधानले कुनैपनि एकाधिकार पनालाई नअप्नाई प्रजातान्त्रिक पद्दतिलाईनै अङ्गाल्न सकियोस भन्नाका खातिर बिधान मस्यौदा समितिद्वारा बिधान तयारि भएपछि कार्यसमितिको बैठकले बृहत छलफल गरि अनुमोदन गरेर यहाँहरु सामु आज प्रस्तुत गरिएको छ । यस बिधान हामी सबै भोजपुर बासीहरुबाटै निर्माण भएको हो । त्यसैले आवश्यक परेमा हामी यसलाई प्रकृयागत ढङ्गबाट संसोधन गरि परिमार्जन गर्नपनि सक्ने छौं । यसैक्रममा हामीले अर्को महत्वूर्ण बिषय भोजपुर जिल्लाको आफ्नै वेवसाईट निर्माण गर्ने प्रस्ताव पारितगरि वेवसाईट निर्माण भईसकेकोपनि जानकारी गराउन चाहन्छु । कार्यसमितिले संस्थाको बिस्तारकालागि तल्लीन रहेर कार्य गर्ने मनसाय भएपनि सोंचगरे अनुरुप हामी अग्रसर हुन सकेनौं । जसमा बिभिन्न बाधा ब्यावधानहरु भएपनि मुख्य बिषय चाहिा आर्थिकनै हो । आर्थिक सवलता बिना हामी एक कदम अगाडि बढनपनि सक्दैनौं । हामी स्पष्ट छौं यो हाम्रो प्रारम्भिक चरण हो र संस्थामा आर्थिक दुर्बल हुनु स्वभाविकै हो । म यहि मञ्चबाट सबै भोजपुर जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई अव्हान गर्दछु । यस संस्थालाई सबल बनाउन हामी सबैको योगदान र सहकार्यको आवश्यक भएको मैले यहाँहरुलाई भनिरहनु पर्दैन । सर्ब प्रथम हामी यहाँ सवल हुनु पर्दछ अनिमात्रै हामीले हाम्रो उदगमथलोको बिकाश र त्यहाँको जीवन स्तरलाई माथी उठाउन हामी सक्षम हुनेछौं । हाम्रो कार्य समितिको पहिलो बैठकमै हाम्रा कार्यसमितिका सदस्यहरुद्वारा भोजपुर जिल्लामा प्रसुतिगृह निर्माण गर्ने जस्ता महत्वपूर्ण छलफल बुँदाहरु राख्नु भएको थियो । हामी सबैले चौतर्फी सोंचेर सबैले सहकार्यगर्ने हो भने यो कुनै ठुलो बिषय भने होइन । हाम्रो एकबर्षको कार्यकालमा हामीले थोरैकार्य गरेपनि सबै भन्दा महत्वपूर्ण कार्यगरेको छ भन्ने हामीलाई लागेको छ । आगामी बर्षको लागिपनि हामी संस्थाको प्रबर्द्धनको लागि कम्मर कसेर लाग्ने प्रतिबद्धताका साथ यहाँहरु सबै सहयात्री भएर आउने आग्रह गर्दे भोजपुर सेवा समाजले गरेको बाषिर्क प्रतिबेदन पेश गर्ने अनुमति चाहन्छु ।