भोजपुर सेवा समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम

भोजपुर सेवा समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम १७ जुलाई २०११ आइतबारका दिन आस्फोर्डको फर्लीहलमा सम्पन्न गरेको छ । समितिका अध्यक्ष मे श्री हर्कराज राई MVO ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा बिएफ बीयस गोर्खा रेडियोका महाप्रबन्धक खेम गुरुङ अथितिहरुमा, अतिथिहरु खोटाङ सेवा समाजको तर्फ बाट महासचिब अधिबक्ता चन्डिराज राई, सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड्का उपाध्यक्ष पोपिराज् राई, संखुवासभा सेवा समाजका अध्यक्ष जिवन प्रकाश राई, किराया केन्द्रिय सदस्य नेपालका क्षेत्रकला राई, एन आर एन युकेका उपाध्यक्ष महेन्द्र कडेल, म्याग्दी समाज युकेका सल्लाहकार तुल छन्त्याल डाएसमा आसिन हुनुहुन्थ्यो ।

कार्यक्रम प्रमुख अथितीज्युको बाहुली बाट पानसमा दीप प्रज्वलन गरी समुध्घाटन गरिएको कार्यक्रममा समितिका उपाध्यक्ष दयसागर राईले स्वागत मन्त्ब्य गर्नुभएको थियो ।

भोजपुर जिल्लाबाट बेलायतमा आई बसोबास गर्नु हुने सम्पूर्ण भोजपुर बासीहरुलाई एउटै छानो मुनी गोल्बन्द गराई भाईचारा सम्बन्ध सुमधुर र प्रगाड राखी सर-सहयोग र सेवा प्रदान गर्नको लागि भोजपुर सेवा समाजको गठन गरिएको होभोजपुर जिल्ला नेपालको ५ बिकाश क्षेत्र मध्ये पुर्बान्चल बिकाश क्षेत्रको कोशी अञ्चलमा पर्ने मध्यपहाडी जिल्ला हो । यस जिल्लाको पूर्बमा धनकुटा र संखुवासभा जिल्ला पर्दछ भने पश्चिममा खोटाङ सिमाना जोडिएको छ ।

उत्तरतर्फ सोलुखुम्बु जिल्लाको केहीभाग जोडिन पुगेकोछ भने दक्षिणतर्फ उदयपुर जिल्लासंग मितेरी गासेको छ । यस जिल्लाको पुरानो नाम सिध्दपुर थियो जिल्लाकै प्रसिध्द धार्मिकस्थल सिध्दकालीको नामबाट यसको नामकरण भएको हुनसक्छ पृथ्वीनारायण शाहाले माझकिरात बिजयी गर्दै आउँदा यसठाँउलाई जितेपछी यसै ठाउमा ठुलो भोज खादा आखिर खाईनसकेको खाना भोजलाई त्यहि पुरेको हुनाले यसकोनाम सिध्दपुरबाट भोजपुर रहन गएको हो भन्ने किम्बदन्ती छ ।

कार्यक्रममा कोषध्यक्ष श्रीमती निलम राईले आर्थिक प्रतिवेदन पेश गर्नुभयो त्यसैगरी कार्यक्रमको सञ्चालन समितिका सचिब दयाकृष्ण राईले गर्नु भएको थियो ।

गत बर्ष द स्कुल फर गर्ल्स (गर्ल्स ग्रामार स्कुल) फक्स्टन बाट जि.सि.एस.ई मा ११ वटा ए स्टार २ वटा ए ल्याएर बेलायतको ईतिहसमा पहिलो उत्कृष्ट नेपाली छात्रा भोजपुरकी सुश्री सुप्रभा राईलाई फूलको गुच्चा र खदा वडाएर भोजपुर बासीको तर्फबाट बधाई तथा उज्जल भबिस्यको शुभकामना ब्यक्त गरेका थिए । उनको पुर्खौली घर भोजपुर जिल्लाको बास्तीम गाबिस वडा न. ८ हो । बसाई सराईको क्रममा सुन्सरी जिल्लाको धरान १० सैनिक भवन लाइनमा उनका पिताको घर छ । हाल न. २५ बेलमर पार्क आस्फोर्ड केन्ट, बेलायतमा माता पिता र बहिनिका साथ बस्छिन् ।

सुप्रभा पिता ९री क्यप्टेन० श्री प्रताप्सिङ् राई तथा माता श्रीमती सुजा राई को पहिलो सन्तानको रुपमा हङकङमा जन्मिएकि हुन् । कार्यक्रममा प्रमुख अतिथिलगायत, महेन्द्र कडेल, क्षेत्रकला राई, दिलमान राईले बोल्नुभएको थियो । औपचारिक कार्यक्रम बिसर्जन गरे पस्चात मनोरन्जनात्मक कार्यक्रममा प्रबेश गर्यो नेपाली टिपिकल नृत्य र श्रीमती पुर्णिमा राईले हिन्दी तथा नेपाली गीत गाएर मनोरञ्जन गरिएको थियो । कार्यक्रमको अन्त्यमा राफल टिकेट ड्र को आयोजना गरिएको थियो उक्त राफल टिकेट ड्र खेलको लागि प्रथम पुरुस्कार गोरखा मिनिमार्केट मिडओय चाथामका प्रोप्राईटर शिभ राम राईज्युले र दोश्रो पुरुस्कार केनुबा क्यत्रिङ् आस्फोर्डकी प्रोप्राईडर श्रीमती सुस्मा सुब्बाले सौजन्य प्रदान गर्नु भएको थियो ।

त्यसैगरि कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट समितिका अध्यक्ष श्री हर्कराज राई MVO ले आर्थिक सहयोग गर्नुहुने सौजन्य दाताहरु बिभिन्न आबश्यकक सामाग्री दिई सहयोग गर्नुहुने संघ सस्था ब्यक्ती र कार्यक्रममा उपस्थिती भई सहयोग गर्नुहुने सम्पूर्ण प्रमुख अतिथि अथितीहरु, पाहुना, छोरी चेली, ज्वाँई चेला, भाना भन्जा, लगाएत सम्पूर्ण भोजपुर बासी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिनु भयो, भने बिहान ११ बजे आरम्भ भएको कार्यक्रम भब्यताका साथ बेलुकी १० बजे समापन भयो ।

-चक्रबहादुर राई, बेलायत