मन्तब्य :

पुर्बी नेपालको कोशी अञ्चल अन्तर्गत भोजपुर जिल्ला भौगोलिक हिसाबले पहाडी जिल्ला भए पनि शिक्षाको क्षेत्रमा अग्रस्थानमा रहेको मानिन्छ ! भोजपुर जिल्लालाई यस स्थितिमा ल्याईपुर्याउन स्वर्गीय श्री नारदमुनी थुलुङ्ग राई (छिनामखु) को महत्वपुर्ण योगदान रहेको छ ! स्मरण रहोस, भोजपुर जिल्लाको बिदोदय हाई स्कुल बिक्रम सम्बत 2004 सालमा र भोजपुर बहुमुखी क्याम्पस बिक्रम सम्बत 2015 सालमै स्थापना गरिएका थिए ! तत्कालिन समयमा एकतन्त्रीय निरङ्कुश राणाशासनकालमा नेपालका अन्य धेरै जिल्लाहरुमा यस्ता शैक्षिक संस्थाहरु खोलिएका थिएनन् ! dilman-rai-mantabya