कार्य समितिको तथा सन् २०१४/२०१५ सालको तेस्रो तथा अन्तिम बैठक सम्पन्न

मिति  ७ मार्च २०१५  शनिबार
स्थान ग्रीनफोर्द,गल्फ क्लब (Greenford Golf Club), लन्डन
Post Code: UB5 ORD

आज मिति ७ मार्च २०१५ शनिबारको दिन ग्रीन्फोड गल्फ क्लबमा (Greenford Golf Club)  यसै संस्थाको अध्यक्ष श्री दिलमान खिम्दुंङ्  राईज्युको अध्यक्षतामा  दिउँसो ठिक १२:५० बजे शुरु भएको कार्य समितिको तथा सन् २०१४/२०१५ सालको तेस्रो तथा अन्तिम बैठक बेलुकी ५ बजे समापन गरिएको थियो ।

यस समितिको नियमित बैठकमा  राखिएका एजेन्डाहरु (Agendas) तथा छलफल गरी पारित गरिएका बिषयहरु निम्न प्रकार छन् :-

सर्वप्रथम-  क्ष्यामा प्राथी  कार्यक्रम संचालक सचिवको जानकारी अनुसार यस समितिको नियमित बैठकमा केहि सदस्य हरु बिबिध कारणले उपस्थित हुन् नसक्ने तर उक्त बैठकमा पारित गरिएका सम्पूर्ण बिषयहरु उपर निज व्यक्तिको तर्फबाट हृदय देखि नै स्वीकार  हुन्छा भन्ने कुराको जानकारी गराउदै  संस्थाका अध्यक्ष श्री दिलमान राईज्युले यस कार्य समितिको  नियमित बैठकमा उपस्थित सम्पूर्ण  सदस्य महानुभावहरुलाई आधिकारीक रुपमा (Official Welcome) स्वागत गर्दै स्वागतम मन्तव्य दिनु भयो र कार्यक्रम संचालक सचिव श्रीमती बिमला कुमारी राई ज्युलाई  बाकी कार्यक्रम  अगाडि बडाउने पुन अनुमति दिनु  भयो ।
१/ भोजपुर जिल्लाको  पत्रकार  श्री श्याम कृष्ण दाहाललाई यस संस्थाका अध्यक्ष ज्युको अगुवाइमा (Leadership) संस्थागत रुपमा मृगौला प्रत्यारोपणको निम्ति सहयोग रकम ने रु १३१.६००.०० (एक लाख एकतीस हजार छ सय) रुपैया संकलन गरि २०७१ फाल्गुन १३  बुधबारका दिन काठमाडौंमा एउटा पत्रकार कार्यक्रमको आयोजना गरि उक्त रकम साधारण सदस्य श्री पवन राईज्युको बाहुलीबाट हस्तान्तरण गरिएको कुरा अध्यक्ष श्री दिलमान राईज्युले जानकारी दिनु भयो  र जुन समाचार कान्तिपुर  पत्रिकामा  प्रकाशित भएको छ  भने संस्थाको दर्पण किताबमा (Society Face Book) पनि राखिएको छ ।
२/  बिरामी कुरुवा घर निर्माण तथा ब्यबस्थापन समितिले अवाधराना पत्र (Draft Concept Paper) तयार गरेता पनि अन्तिम कानुनीरुप तथा मान्यता दिनको निम्ति अधिबक्ता श्री चण्डि राज राईज्युलाई जाझ बुझ गर्ने जिम्मेवारी दिइयो  जसको दस्तुरा £ १५०.०० (एक सय पचास) पाउन्ड्  तिरियो । हाल बेलायतमा रहेका भोजपुरेहरुको जनसंख्या तथ्यांको आधारमा पहिलो पटक तिन सय प्रती अवधारणा पत्रहरु बनाई छापियो भने अवाधराना पत्र छाप्दा £३६०.०० (तीन सय साठी पाउण्ड) लागेको छ । जुन  लागेको खर्चहरु सबै कुरुवा घरको आयोजना खाताबाट चल्लाइयो र यदि आवस्यक अनुसार भबिस्यमा पनि चलाइन्ने छ।  भनी अध्यक्ष  श्री दिलमान राईज्युले जानकारी दिनु भयो ।

3/ सम्पूर्ण भोजपुरे निम्ति बिरामी  कुरुवा घर शेयर लगानी गर्ने व्यवस्था (Share System) खोलिएको छ । यदि अन्य जिल्लामा बिबाहित भएर गएका छोरी चेलीहरु तथा जुवाई चेलाहरुका निम्ति पनि निम्ति पनि भोजपुरे पनि शेयर लगानी गर्न सक्ने छ। तर अन्य गैर भोजपुरे (जस्तै अन्य जिल्ला तथा समुदायका व्यक्तित्वहरुलाई) लागी  भने सहयोग रसिदको पनि व्यवस्था गरिएको छ। उक्त रसिद बिक्रि वितरण गर्नको निम्ति  समितिका केहि सदस्यहरुलाई बाडिएको पनि छ र  त्यो रसिदमा पाइन्ने फाइदाहरुको बिसयमा रसिद पछाडी उल्लेख गरिएको पनि छI

सम्पूर्ण शेयर दाताहरुलाई  २५ जुलाई  २०१५ मा  हुन  गइरहेको भोजपुर एनुयेल समर गेट टुगेदर केम्पिङ बि बि क्यु पार्टीका (Bhojpur Annual Get-Together Summar BBQ Camping Party) दिन  दाताहरुलाई  शेयर प्रमाण पत्रहरु वितरण गरिने छन् । भोजपुर बिरामी कुरुवा घर निर्माण प्रोजेक्टको निम्ति भने छुट्टै (Bank Account) खोलिएको  जानकारी पनि गराइञ्छ  जुन बाग्लेस बैंक (Barclays Community)  हो ।

४/ छलफलको अन्तयमा  भोजपुर बिरामी कुरुवा घरको अवधारणा पत्रमा लेखिएको  च्यारिटी (Charity) शब्दलाई हटाउने निर्णय गरियो जो जसको नाममा अवधारणा- पत्र पहिला नै पठाईएको व्यक्तिलाई अवधारणा पत्रमा भएको च्यारिटी शब्दहरुलाई सच्चाइयो भनी इमेल (Email) मार्फत जानकारी गराइने छ। र शेयरदाताहरुले कम्तिमा पनि £२०० पाउण्डको एक शेयर लिनु पर्ने अवाधराना पत्रमा उल्लेख गरिएको छ त्यो भन्दा धेरै आफ्नो इच्छानुसार जति पनि लिन सक्ने छ त्यो उसको  आफ्नो  लगानी हुनेछ (No Donation) त्यो शेयर लगानी आजिवन हुनेछ अनि आजिवन रहने छ। आफ्नो शेखा (death) पछि  भाबी सन्तानको  हक र अधिकार  लाग्ने छ I

५.  भोजपुर कुरुवा  घर बनाउने जग्गा खरिद गर्नको निम्ति १३ अप्रिल २०१५ सम्ममा लिइसक्नु पर्ने बैना बट्टा कागजमा उल्लेख गरिएको हुदा यदि त्यतिबेला सम्ममा रकमहरु नपुग भएमा भोजपुर सेवा समाज बेलायतको प्रमुख खाताबाट (HSBC) चलाइ राखने र पछि सदस्यहरुबाट  रकम जम्मा भए पछि ती चलाइएको रकम पुनः भोजपुर सेवा समाज बेलायतको खातामा फिर्ता गरिने छ  भनी सर्ब सहमतिले निर्णय गरियो ।

६.  यहि आउने २५ जुलाई २०१५ मा हुन गइरहेको भोजपुर एनुएल गेट टुंगेदर पार्टीको (Bhojpur Annual Get-Together Summar BBQ Camping Party)  संयोजकमा  उपाध्यक्ष श्री सुदेश कुमार राईलाई चयन गरियो ।
भोजपुर एनुएल गेट टुंगेदर केम्पिङ बि बि क्यु पार्टी २५ जुलाई २०१५ शनिबारको दिन , भेन्यु:- किराँत राई हाउस ,गेम्बल लेन ,रिप्ले ,वकिङ GU23 6HS (Kirant Rai House, Gamble Lane, Repley Woking GU23 6HS) मा गरिने निर्णय  भयो ।
७.  उक्त कार्यक्रममा मनोरञ्जनको लागि सदस्य श्री वीर चन्द्र राईज्युलाई जिम्मा दिइएको छ र कलाकारहरूलाई फ्री (Free) खानाको व्यवस्था  समेत गरिएको छ ।

८. यस कार्यक्रमको लागि  Facebook, Website, Email, Viber Or Text
बाट जानकारी दिइने छ तथा हाम्रो भोजपुरे छोरी- चेली, ज्वाईं – चेलाहरुलाई पनि इच्छुक हुनेहरुलाई यस पार्टीमा आउनु अनि रमाइलो गर्नको लागि हामी सबै कार्य समितिले जानकारी दिनु पर्ने छ भनी निर्णय भयो ।

यस पार्टीमा निम्तो गरिने संस्थाहरु:-
१. खोटाङ सेवा समाज,बेलायत ।
२. संखुवासभा सेवा समाज बेलायत ।
३. ताप्लेजुङ सेवा समाज बेलायत ।
४. धनकुटा सेवा समाज बेलायत ।
५. म्याग्दी सेवा समाज बेलायत ।
६. पान्चथर सेवा समाज बेलायत ।
७. तेह्रथुम सेवा समाज बेलायत ।
८. सोलुखुम्बु सेवा समाज बेलायत ।
९. इलाम सेवा समाज बेलायत ।

९. यस कार्यक्रममा (Qualified Students)  हरुलाई सम्मान गरिने छन्  जस्तै :- Degree of Nursing, Degree of Graduation, Master Degree, PhD, Pilot, Doctor, Civil Engineers  etc ,साहित्य तथा संगीतमा पास भयेकोहरुलाई सम्मान गरिने छ भने अन्य कुनै राम्रा-राम्रा काम गरी नाम कमाइएका व्यक्तिहरुलाई पनि सम्मान गरिने छन् ।

स्मरण रहोस यदि त्यस्ता व्यक्तित्वहरु छन् भने समयमानै सचिवलाई जानकारी गराउनु होला ताकि समयमै सहि प्रमाण पत्र अनि अन्य कुराहरु तपाइको निम्ति तयारी गर्ने समय मिलाउन सकियोस

१०.  भोजपुर वासीहरुको चिनारीको लागि भोजपुर सेवा समाज,बेलायत लेखिएको Hand Band बनाउने सर्व सम्म्त बाट निर्णय भयो जुन निशुल्क दिइने छन् तर यदि कसैलाई एक वा दुई पाउन्ड जति पनि इच्छुक भएमा त्यहीँ खुत्रुक्केमा स्वेच्छाले लगाउदा  हुन्छ ।
त्यस कार्यक्रमको अन्त्यमा तम्बोलाको ( Tambola) कार्यक्रम राखिने  भएको छ जुन कार्य  समितिका केहि सदस्यहरुले पुरुस्कारको लागि आफ्नो इच्छाले सामान वा नगदहरु  बाचा गरिसकेका छन्  ।

११.  पार्टीमा खाना र बि बि क्युको (Food and BBQ) लागि सदस्य श्री विकास राई तथा सदस्य श्री डिल्ली सेर राईज्युलाई जिम्मेवारी दिइएको छ ।

उक्त कार्यक्रममा कार पार्कको लागि £२ पाउन्ड गर्ने भयो भने खानामा व्यसक्को (Adult) लागि £१० पाउन्ड र  (६ देखि १२ . वर्षा को बच्चालाई  £६ पाउन्ड ( £10 For Adult and £6 For Children) भनी निर्णय  भयो ।

१३.   पेय पदर्थको (Drinks) लागि सदस्य श्री मान बहादुर राई तथा सदस्य श्री उमा राज तामांगलाई जिम्मा दिइयो ।

१४.  पार्टीको लागि  टिकट बनाउने  जिम्मा सदस्य श्री दिलिप राईज्युलाई दिइयो र तयार भए पछि सबै कार्य समितिका सदस्यहरुलाई पठाई समितिले आ-आफ्नो इलाका or क्षेत्रमा  बिक्री गरि केहि बाचा गरिसकेका छन् भने आफ्नो बिक्रि भएको रसिदनुसार प्रबन्धक हुद्दा (Food In-Charge and Party Coordinator) जुलाई महिनाको ११ तारिख भित्र जानकारी गराउने निर्णय गरिएको छ।

१५.  अन्त्यमा कोषअध्यक्ष श्री रोम प्रसाद मुकारुङज्युलाई संस्थाको प्रमुख खाता (Main HSBC) बाट £ ३०० ( तिन सय पाउन्ड ) आपतकालिन स्थिती को लागि आफ्नो साथमा राख्नु पर्ने आवश्यक भएको हुदा सर्ब सहमतिले  निर्णय गरियो ।

यस कार्य समितिको पहिलो बैठकमा अध्यक्ष श्री दिलमान राईज्यु बाट आ-आफ्नो कार्य भारको जिम्मा दिनु भए अनुसार  सबैले आ-आफ्नो जिम्मेवारी वहन गरी यस भोजपुर सेवा समाज,बेलायतलाई अगाडि बढाउनमा ठुलो  मदत  दिनु हुनेछ भनी विस्वासका साथ आजको बैठक यहीँ अन्त्य गरियो  ।

JAY BHOJPURE

श्रीमती बिमला कुमारी राई

सह-सचिव

Northot

London