::Bhojpur Welfare Society, UK::
गृहपृष्ठसाहित्यसमाचारफोटोसम्पर्कप्रतिवेदनसन्देश गा.वि.स.परिचय  
भोजपुर सेवा समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम १७ जुलाई २०११ आइतबारका दिन आस्फोर्डको फर्लीहलमा सम्पन्न गरेको छ । समितिका अध्यक्ष मे श्री हर्कराज राई MVO ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा बिएफ बीयस गोर्खा रेडियोका महाप्रबन्धक खेम गुरुङ अथितिहरुमा, अतिथिहरु खोटाङ सेवा समाजको तर्फ बाट महासचिब अधिबक्ता चन्डिराज राई, सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड्का उपाध्यक्ष पोपिराज् राई, संखुवासभा सेवा समाजका अध्यक्ष जिवन प्रकाश राई, किराया केन्द्रिय सदस्य नेपालका क्षेत्रकला राई, एन आर एन युकेका उपाध्यक्ष महेन्द्र कडेल, म्याग्दी समाज युकेका सल्लाहकार तुल छन्त्याल डाएसमा आसिन हुनुहुन्थ्यो । (क्लिक गर्नुहोस)::आज भन्दा ६ बर्ष अगाडि २००४ को कुरा हो प्रियंकालाई उनका बाबाले क्राइस चर्च स्कुल आस्फोर्डमा भरखरै भर्ना गरि दिएका थिय । त्यस समयमा उनिसंग पढने एकजना मात्रै नेपाली साथी थीइन । एकदिन उनको स्कुलमा आउने कुनै एक अभिभबकले सोधिन तिमी को होउ कहाबाट आएकी भनेर, जबाफमा प्रियंकाले हामी नेपाली हौ भन्दा ती अपरिचित महिलाले पुन प्रश्न गरिन र भनिन तिमि त सगरमाथाको फेदबाट आएकी रहिछौ तिमीलाई ए बी सी डी भन्न आउछ रु भनेर सोधेको आज पनि याद आउछ । त्यतिबेला प्रियंकालाई अंग्रेजी बोल्न लेख्न राम्रै आउथ्यो तर ती अपरिचित महिलाले किन त्यसरी प्रश्न गरिन भन्ने आज सोच्छिन र भन्छिन हामी नेपाल बाट आएको भनेर हेला गरेको होला भन्ने लाग्दछ ।::गत अगस्ट २४ तारिख २०१० मंगलबार का दिन यस बर्षको जी.सी.एस.सी. को नतिजा प्रकासित भएको छ । विद्यार्थी हरुको लागी यो एउटा फलामे ढोकाको रुपमा मानिन्छ प्राए यसै परिक्षा फलले विद्यार्थीको भबिस्या निर्धारण गर्ने गर्दछ, त्यस कारणले पनि यो परिक्षा फल लाई बढी गहनताको साथ हेरिन्छ । परिक्षा प्रकाशित हुने बेलामा विद्यार्थीहरु र उनका अभिभबकहरु लाई खासै रातमा निन्द्रा पर्दैन र सपनाको अड्कल बाजी पनि काट्ने गर्दछन, हुनत आजभोलि सपनाको बिस्वास गर्नेहरु साएद कमै होलान् तर पनि अर्काहरुले कुरा गर्दा भने आफुले पनि सपनाको कुरा सम्झने गर्दछन् । :: ::भोजपुर सेवा समाज बेलायतको प्रथम अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम जुलाई २४ तारिख २०१० शनिबारका दिन आस्फोर्डको साइमन क्यथोलिक चर्चमा संपन्न गरेको छ । ::भोजपुर सेवा समाज बेलायतले मिती गत मार्च १३ तारिखका दिन समितिका अध्यक्ष भुपु मेजर श्री हर्कराज राई MVO ज्युको अध्यक्षतामा समितीको नियमित बैठक बिभिन्न बिषयहरु माथि वृहत छलफल र निर्णयका साथ सम्पन्न गरेकोछ । भोजपुर जिल्लाबाट बेलायतमा आई बसोबास गर्नु हुने सम्पूर्ण भोजपुर बासीहरुलाई एउटै छानो मुनी गोल्बन्द गराई भाईचारा सम्बन्ध सुमधुर र प्रगाड राखी सर-सहयोग र सेवा प्रदान गर्नको लागि भोजपुर सेवा समाजको गठन गरिएको हो ।::भोजपुर जिल्ला पुर्खौली घर भई हाल इटहरी २ सुनसरीमा बसोबास गर्नुहुने किरात राई यायोक्खा इटहरीका सदस्य तथा सिलिमाङपा (साकेला नाच सिकाउने ब्यक्ती) श्री रामजित साम्पाङ राई ज्युको क्यान्सर भई दाहिने खुट्टा गुमाउन भयो । उपचार पछी थप उपचारको लागी हाल बेलायतमा बसोबास गर्नुहुने इटहरीबासी किरात राई तथा बेलायतबासी किरात साम्पाङराई हरुको तर्फबाट आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि महानुभाबहरुबाट जे जति आर्थिक सहयोग संकलन जुटाउन सक्यौ त्यती संकलन गरि एकमुस्ट पठाउने काम गर्यो ।:: भोजपुर सेवा समाज बेलायतको प्रथम साधारण सभा तथा वार्षिक भेटघाट कार्यक्रम अगस्त ८ तारिख २००९ शनिबारका दिन आस्फोर्डको (ग्रेटचार्ट स्पोर्ट फिल्ड) खेल मैदानमा बिहान १० बजे शुरु भएको थियो ।
::Bhojpur Welfare Society, UK::
--
सल्लाहकार
 
 
 
 
 
 
 
 
 
 
अध्यक्ष
 
 
 
उपाध्यक्ष
 
 
 
सचिव
 
 
 
कोषाध्यक्ष
 
 
 
सहसचिव
 
 
 
सहकोषाध्यक्ष
 
 
 
सदस्यहरु
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
::Bhojpur Welfare Society, UK::
. ::Bhojpur Welfare Society, UK::
 
नेपाल न्यूज डट कम
ई-कान्तिपुर डट कम
नेपाल समाचारपत्र
ईमेज च्यानल
एभेन्यूज टि.भि.
   
अधिवेशनका फोटोहरु
adhibesan1
 
  क्लिक गर्नुहोस्
  Bhojpur Map
  भोजपुरे स्रष्टाहरु
 
     
भोजपुर जिल्ला: संक्षिप्त परिचय - शलु
 
भोजपुर जिल्ला नेपालका ५ विकास क्षेत्रमध्ये पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने मध्यपहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा धनकुटा र संखुवासभा जिल्ला पर्दछ भने पश्चिममा खोटाङ जिल्लाको सिमानामा जोडिन पुगेको छ । उत्तरतर्फ सोलुखुम्बु जिल्लाको केही भेग गाँसिन पुगेको छ भने दक्षिणतर्फ उदयपुर जिल्लासँग मितेरी गाँस्न पुगेको छ । यस जिल्लाको पूर्व-पश्चिम क्षेत्रफल सरदर १५०७ वर्ग कि.मि. रहेको छ ।
 
     
  नामांकन: किम्वदन्तीमा  
 
यस जिल्लाको पुरानो नाम -'सिद्धपुर' थियो । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल सिद्धकालीको नाउँबाट यसको नामाकरण भएको हुनसक्दछ । पृथ्वीनारायण शाहले माँझ किरात विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि खुशीयालीमा ठूलो भोज खाएको हुनाले यसको नाम सिद्धपुरबाट 'भोजपुर' रहन गएको हो भन्ने किम्वदन्ती छ । अर्को भनाइअनुसार पहिले यस जिल्लाको उच्च पहाडी क्षेत्रको जङ्गलमा भोजपत्रका रुखहरू प्रशस्त पाइने हुनाले यसको नाम 'भोजपुर' रहन गएको भन्ने लोकोक्ति पनि रहेको पाइन्छ र यो लोकोक्ति नै वैज्ञानिक रहेको पनि मान्न सकिन्छ ।
 
     
  ऐतिहासिक पक्ष  
 
पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको सम्पूर्ण भू-भागलाई जिती आफ्नो राज्य बनाएका थिए । पछि सो राज्य टुक्रिएर मकवानपुर, विजयपुर र चौदण्डीगढी गरी तीन राज्यमा विभाजित भयो । चौदण्डी राज्य मााझ किरात अर्थात् दूधकोशीदेखि अरुणसम्म र तराईमा सप्तकोशी र कमला नदी बीचको भू-भाग थियो । यसको सदरमुकाम चौदण्डीगढी भएतापनि पहाडी क्षेत्रमा शासन चलाउन सजिलोको लागि हतुवागढीमा अर्को शासन केन्द्र कायम गरिएको थियो । नेपालको एकीकरणपछि पूर्वी गौंडा धनकुटाबाट यो क्षेत्र प्रशासित भएपनि माँझ किरातको नामले पुकारिन्थ्यो । राणाकालीन समयमा पूर्व ४ नं. भोजपुर -माँझ किरात) एक प्रशासनिक इकाई थियो । २०१९ सालमा प्रशासकीय क्षेत्र विभाजन गरेपश्चात् यो जिल्ला पहिले सगरमाथा र हाल कोशी अञ्चल अन्तर्गत पर्दछ । यसको सदरमुकाम भोजपुर बजार हो । यो ठाउँ चारैतिरबाट देखिने खुल्ला डाँडोमा रहेको र प्राकृतिक प्रशासनिक एवं सामरिक दृष्टिकोणले गढी र अड्डा बन्न उपयुक्त भएको, प्रसिद्ध धार्मिक स्थल सिद्धकाली देवीको मन्दिर बजारमाथि रहेको छ साथै तलतिर खिकामाछा टक्सार बजार पनि बसोबासको दृष्टिकोणले उपयुक्त देखिएकाले उक्त स्थानहरू भोजपुरको सदरमुकामको रूपमा कायम भएको देखिन्छ ।
 
     
  भौगोलिक स्थिति  
 
कुनै पनि स्थानको विकासको लागि त्यस ठाउँको भौगोलिक अवस्थाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मध्य पहाडी भेगमा अवस्थित यस भोजपुर जिल्लाको पूर्वमा धनकुटा र संखुवासभा, पश्चिममा सोलुखुम्बु र खोटाङ, उत्तरमा सोलुखुम्बु, संखुवासभा र दक्षिणमा उदयपुर जिल्ला पर्छ । भोजपुर २६ं५३' उत्तरदेखि २७ं४६' उत्तरी अक्षांशसम्म र ८६ं५३' पूर्वदेखि ८८.१७' पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यस जिल्लाको पूर्व-पश्चिम चौडाइ सरदर ३५ कि. मि. छ । उत्तर दक्षिणको लम्बाइ सरदर ९३ कि. मि. छ । यस जिल्लाको क्षेत्रफल १५०७ वर्ग कि.मि. छ । उत्तर दक्षिण फैलिएको यो जिल्लाको मध्य दक्षिण भाग केही फराकिलो छ । यस जिल्लामा समुद्र सतहबाट सबभन्दा अग्लो सिलिचोङ डाँडा करिब ४ हजार मिटर अग्लो छ भने होचो स्थानमा अरुण-सुनकोशी दोभानको उचाई करीव ५०० फिट मात्र छ । भौगोलिक विविधताले गर्दा यस जिल्लाको विभिन्न भागहरूको हावापानी र प्राकृतिक वनस्पतिमा पनि भिन्नता पाइन्छ । यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । यहाँको माटो फुस्रो र रातो हुनाले प्रायः जमिन सुक्खा नै देखिन्छ । यस जिल्लाको औसत तामक्रम २०.५º र न्यूनतम १३.५º से. छ । सापेक्षित आद्रता वर्षमा ९० प्रतिशत र हिउँदमा ५०-७० प्रतिशतसम्म रहन्छ । कूल जमिनको क्षेत्रफल १३७६३७ हे. छ र खेतीयोग्य जमिन ६१७२३ हे. छ । सिंचित क्षेत्रफल ७०४७५ हेक्टर छ । चरन क्षेत्र ५४३९ छ । वाषिर्क वर्षा १०० देखि ११० मि. लि. सम्म छ । यस जिल्लाको पूर्वमा अरुण नदी सप्तकोशीको सहायक नदी र पश्चिममा सुनकोशी नदी छन् । अरुण नदीमा मिल्ने मुख्य नदीहरूमा पिखुवा, इर्खुवा, चिर्खुवा तथा छिन्तालुङ आदि हुन् भने सुनकोशी नदीमा मिल्ने प्रमुख खोलाहरूमा इर्खुवा, बुवा आदि प्रमुख हुन् । अन्य प्रमुख खोलाहरूमा जुके, सिक्तेल, कावा, नेवासुखे, घट्टे, बल्खु, खुकुवा, बहरे, सिसुवा आदि हुन् । साल्पा पोखरी यस जिल्लाको सबभन्दा ठूलो ताल हो । यो साल्पा पोखरी भोजपुर जिल्लाको उत्तरमा पर्ने दोभाने गाविसमा पर्दछ । पञ्चकन्या, हंसपोखरी, भविष्यवक्ता पोखरी (भोजपुरमा कुनै विघ्न बाधा आइपर्ने भएमा यो पोखरीको पानी रातो हुन्थ्यो भन्ने भनाइ छ ।) आदि प्रमुख पोखरी हुन् । चिर्खुवा खोलाको छाँगालाई यस जिल्लाको सबभन्दा ठूलो र लामो झरना मानिन्छ । खनिज पदार्थको दृष्टिकोणले भोजपुर धनी जिल्ला हो । यहाँ फलाम, अभ्रक, तामा, वेरिल, टुरमालीन, कार्वनाइट आदि खनिज पदार्थ पाइन्छ । यहाँ फलाम र तामाका खानीहरू सञ्चालन भएको हुँदा टकमरी गर्ने (डोली पैसा काट्ने) कार्य पनि हुन्थ्यो ।

वि. सं. १८७२ मा नेपाल सरकारबाट पैसा काट्ने टक्सार खुलाइएको थियो । यो काम भोजपुरको तत्कालीन खिकामाछा (बाँडा गाउँ) हालको टक्सार बजारमा टकमरी गर्ने काम हुन्थ्यो । त्यसैले उक्त स्थानको नाम हाल टक्सारले प्रचलित छ । यहाँको उद्योगबाट कृषि औजार र अन्य भाँडाकुडा बनाउने काम हुन्थ्यो जो यद्यपि चालू नै छ जसबाट यहाँको करुवा, खुकुरीले प्रसिद्धि कमाएको छ । तर आवश्यक अध्ययन सर्भेक्षण, अनुसन्धानको कमी र यातायातको कठिनाइले गर्दा तत्कालीन प्रचलनमा आएका उद्योग खानी बन्द भएका छन् । सानातिना भाँडाकुडा बनाउने उद्योगहरू पनि कच्चा पदार्थको अभाव र बजार व्यवस्थाको कमीले अन्यत्र सर्ने र बन्द हुने अवस्थामा पुगेका छन् ।

यहाँका रमणीय स्थलहरूमा सिलिचोङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुँम, हतुवा, साल्पा पोखरी, हंसपोखरी, घोडेटार आदि हुन् । यी स्थानलाई पर्यटन केन्द्रको रूपमा विकास गर्न सके राष्ट्रिय आयमा वृद्धि हुनुको साथै पर्यटन व्यवसायमा समेत वृद्धि हुन जाने देखिएको छ ।
 
     
  सामाजिक स्थिति  
 
भोजपुरे समाज भनेको माँझ किरातको समाज हो । किरातीहरूको बाहुल्यता रहेको समाज श्रमशील र उद्यमी पनि छ । सामाजिक जनजीवनभित्र सरलता, सजगता जनमुक्तता बढी पाइन्छ । यहाँका सम्पूर्ण बासिन्दाहरूमा पारस्परिक मेलमिलाप, सदभाव र समझदारी पाइन्छ । जातीय हिसाबले किरात खम्बू राई जातिको बाहुल्यता पाइन्छ । २००० वर्षभन्दा पहिलेदेखि नै यस ठाउँमा विभिन्न किरात जातिको बसोबास हुँदै आएको देखिन्छ । नेपालमा किरात वंशका ३२ जना राजाले राज्य गरेको पाइन्छ । किरात जातिको सभ्यता र संस्कृतिको उद्गमस्थल यही माँझ किरात हो । यहाँका जनता मुख्य किरात, हिन्दू र बौद्ध धर्मावलम्बी छन् तर धर्मको नाउँमा यहाँ कुनै झैं-झगडा भएको छैन । धर्ममा निरपेक्षता छ भने खानपीन, रहन-सहन, भेषभुषा, बोलीचालीमा कुनै वैमनस्यता छैन ।
 
     
  जनसङ्ख्या  
 
यहाँ राई, बाहुन, क्षेत्री, नेवार, तामाङ, मगर, गुरुङ, दमाई, कामी, सार्की आदि जातिको बसोबास रहेको छ । जसमा राई- ६९२४४ (३४.११५), क्षेत्री- ४१,५३५ (२०.४६५) तामाङ- १७,२४६ (८.५०५), नेवार- १६,८१९ (८.२८५), ब्राह्मण- १६०३७ (७.९०५), कामी- १०२४२ (५.०४५), मगर- ८५५६ (४.२१५), दमाई- ५१९७ -२.५६५), सार्की- ४२४५ (२.०९५), शेर्पा - ३२९० (१.६२५), भुजेल- २८८९ (१.४२५), सन्यासी- २२६९ (१.१२५), गुरूङ- १७६५ (०.५०५) र अन्य ३७१४ (१.१८४५) गरी जिल्लाको कूल जनसङ्ख्या २,३०,०१८ मध्ये पुरूष ९७,७६२ (४८.१५५) र महिला १,०५,२५६ (५१.८५५) रहेको छ ।
 
     
  शैक्षिक स्थिति  
 
वर्तमान अवस्थामा शिक्षा बिनाको मानिस सिङ न पुच्छरबेगरको पशु तुल्य मानिन्छ । तसर्थ विकासको पूर्वाधार नै शिक्षा हो । शैक्षिक विकासको दृष्टिकोणले हेर्दा भोजपुर जिल्ला अन्य पहाडी जिल्लाभन्दा अग्रणी स्थानमा रहको देखिन्छ । वि. सं. १९३२ मा भोजपुरको दिङ्लामा अवाल ब्रम्हचारी षडानन्दबाट संस्कृत पाठशालाको स्थापना गरियो । नेपालकै इतिहासमा जनस्तरमा स्थापना भएको यो पहिलो पाठशाला थियो । यस पाठशालाले भोजपुरको शैक्षिक विकासमा ठूलो योगदान पुर्‍याएको छ । हाल यो पाठशाला षडानन्द उ.मा.वि. को रूपमा सञ्चालन भएको छ । उक्त मा. वि. मा १०+२ कार्यक्रम पनि यहाँ सञ्चालन भइसकेको छ । वि. सं. १९९८ मा भोजपुरको गोगने, टक्सार, फालिकोट आदि ठाउँमा पनि संस्कृत पाठशालाको स्थापना भएको थियो । सिक्तेल, बतासे र कटुञ्जेका ज्योतिदीप शिक्षा केन्द्रले पनि प्रसिद्धि कमाएको थियो । यो जिल्ला जोसमनि सन्त सम्प्रदायको चिन्तनको थलोको रूपमा रहेको छ । जसमा सन्तज्ञान दिलदासको नाम उल्लेखनीय छ । सन्त कवयित्री शक्तिमाता योगमायाको "सत्मार्थ वाणी" कविताहरूको सँगालोले त्यस बेलाको शोषण र अन्यायको विरोधमा आवाज उठाउँदै समाजमा नयाँ जनजागृति ल्याउनमा सहयोग पुर्‍याएको थियो । परापूर्वकालदेखि चल्दै आएको विद्यावंश (गुरुकूल) शिक्षा प्रणालीलाई कायम राख्दै शैक्षिक एवं धार्मिक आदेशलाई फैलाउनलाई यस्ता भाषा पाठशाला एवं विद्वतवर्गको ठूलो योगदान रहेको छ । त्यसलाई जीवन्तता दिन भोजपुर दधिपुरमा वैयाकरण नेपाल र दिङ्लाका नन्दीकेशर अधिकारीले खेलेको भूमिका बिर्सन नसकिने खालेको छ ।

२००७ सालपछि पनि भोजपुरमा प्रशस्त शैक्षिक विकास भएको पाइन्छ । विद्योदय हाईस्कूलको स्थापनाले शिक्षामा ठूलो जागरण ल्याएको पाइन्छ । हाल यस जिल्लामा प्रा.वि. २४८, नि.मा.वि. ४१, मा.वि. ४३, उ.मा.वि. ९ र क्याम्पस १ गरी जम्मा ३४२ शिक्षालयहरू छन् । जसमा साक्षरता प्रतिशत ५५.५८ प्रतिशत छ ।

जिल्लामा रहेको एकमात्र क्याम्पसको प्राविधिक शिक्षा, कानून तथा शिक्षाशास्त्र तर्फ पठनपाठनको कमीले गर्दा विद्यार्थीहरूको संख्यामा पहिलेको अनुपातमा निकै कम भएको पाइन्छ । तसर्थ देश, काल, परिस्थितिलाई मध्यनजर गरी सम्बन्धित निकायले समेत चासोको विषय बनाएर उक्त शिक्षण कार्य गराउनु पर्ने आवश्यकता देखिन्छ ।
 
     
  स्वास्थ्य  
 
यस जिल्लामा जिल्ला अस्पताल-१, प्राथमिक स्वास्थ्यकेन्द्र-३, स्वास्थ्य चौकी-९, उपस्वास्थ्य चौकी-५१, आयुर्वेद औषधालय-३, गाउँघर क्लिनिक-१९६, खोप क्लिनिक-१९० सञ्चालित अवस्थामा छन् भने यहाँको सुरक्षित दम्पत्ति २० प्रतिशत रहेका छन् ।
 
     
  आर्थिक स्थिति  
 
यस जिल्लाको कूल जनसंख्याको ४१.६४ प्रतिशत मानिस मात्र आर्थिक रूपले सक्रिय छ । लगभग ९७ प्रतिशत जनता कृषि पेसामा आश्रति छन् । उद्योगधन्दा, बन्दव्यापार, नोकरी आदिमा लागेका मानिसको संख्या लगभग ३ प्रतिशत मात्र छ । कृषि उत्पादनको लागि यो जिल्ला आत्मनिर्भर नै देखिन्छ । उत्पादन वृद्धिको विविध प्रविधि अपनाउँदै आए तापनि यो जिल्ला ह्रासमान उत्पादनशीलताबाट पीडित छ । कृषि पेसाबाट मात्र जीवन निर्वाह गर्न धौ-धौ परेको छ । त्यसकारण कृषि पेसाबाट अन्य पेसातर्फ जनशक्तिलाई लगाउनुपर्ने देखिन्छ । कामको खोजीमा विदेश पस्ने कार्य जो अरु जिल्लामा पनि पाइएको छ त्यसबाट यो जिल्ला बञ्चित भने छैन । यहाँ पनि विदेशमा गएर "बहादुर" र "लाहुरे" हुने क्रम व्यापक नै देखिन्छ । आर्थिक अभाव, यातायातको अभाव, रोजगारीको अवसरको कमीले गर्दा स्वदेशकै सुगम ठाउँतिर पलायन हुनु पर्ने बाध्यता पनि छ ।

यस जिल्लाका प्रमुख खाद्यान्न बालीहरूमा धान, मकै, कोदो, गहुँ, फापर, जुनेलो, गहत, मास आदि हुन् । नगदे बालीहरूमा चिया, अलैंची, सूर्ती बदाम आदि हुन् । फलफूलमा सुन्तला, कागती, आँप, नास्पाती आदि हुन् । सुन्तलाको लागि पनि यो जिल्ला प्रख्यात छ । नगदे बाली, पशुपालन, फलफूलको विकासमा जोड तथा सञ्चय गरिराख्न शीत भण्डारको व्यवस्था हुनु र जाम, जेली स्क्वाइस, जुस, आदि बनाउने उद्योगको स्थापना हुनु जरुरी देखिएको छ । कूल खेतीयोग्य जमिनको ३१ प्रतिशत मात्र सिंचाइ सुविधा प्राप्त भएकोले यस जिल्लाको विभिन्न फलफूलले ढाकेको क्षेत्रफल ७८०५ हेक्टर छ र फलिरहेको फलफूलको क्षेत्रफल ३८५ हेक्टर छ । पशुपंक्षीको संख्या ५४५४२० छ ।

भोजपुरको औद्यौगिक विकास रुग्ण अवस्थामा छ । यहाँ भाँडाकुडा, नेपाली कागज, खुकुरी, करुवा, पेपर विडी, कपासबाट लुगा बनाउनेदेखि लिएर राडीपाखी, टोपी, डोका, डाला आदि बनाउने घरेलु सीपहरू प्रयोग गरेको पाइन्छ । तर यी उद्योगहरूको राम्रो संरक्षण, सम्बर्द्धन, बजारको कमीले गर्दा ह्रास देखा पर्न थालेको हुँदा उक्त व्यवस्था मिलाउन जरुरी देखिन्छ । साथै कृषिमा आधारित उद्योगहरूको विकासमा जोड दिनु पर्ने देखिन्छ ।

अन्य जिल्लाको हेरी यस जिल्लामा प्रशस्त खेतीयोग्य जमिन भए तापनि उत्पादन बढी मात्रामा गराउन सकिरहेको छैन । तसर्थ सिँचाइ सुविधा बढाउन सकेमा, कृषि सामग्री समयमै उपलब्ध गराउन र त्यसको वितरण अनि प्रयोग गर्न सकेमा र समयमै वर्षा हुन सके यस जिल्लाको खाद्यान्नमा आत्म निर्भर भई निकासी समेत गर्न सक्ने स्थिति देखिन्छ ।

विकासको क्रम एकदम ह्वात्त चाँडै नभई क्रमैसँग हुन्छ भन्ने सिद्धान्त अनुरुप आजभन्दा ३०/४० वर्ष अगाडिको तुलनामा वर्तमान अवस्थालाई हेर्दा धेरै विकास यस जिल्लाको भएको मान्नु पर्दछ तर यसै मध्ये पहाडी भेगका अरु जिल्लाहरूको तुलनामा भने दाँज्न अलिक कठिन नै पर्दछ जस्तै धनकुटा, इलाम, पाँचथर आदि जिल्लाको तुलनामा यो जिल्ला सदरमुकामसम्मको यातायातको सुविधाबाट बञ्चित छ । विकासको पूर्वाधार नै यातायात भएको हुँदा विकासको मूल मर्मबाट नै यो जिल्ला पीडित छ । यातायातको अभाव, रोजगरीको कमीले गर्दा आधुनिक विकासका साधन र भौतिक सुख सुविधाको खोजीमा यहाँबाट मानिसहरू विस्थापित भई अन्यत्र जाने क्रम जारी नै छ भने कृषिमा आधुनिक तौर-तरिकाको कमी, सिंचाइको असुविधा, पुराना औद्योगिक खानीहरू बन्द भएको कारण व्यापार व्यवसायमा ह्रास पर्न लागेको अनुभव गरिंदैछ ।

दुर्गम पहाडी ठाउँमा सञ्चारको समेत कमी भएको साथै विद्यालयहरूको व्यवस्थापनतर्फको कमीले गर्दा शैक्षिक क्षेत्रमा लगानीको अनुपात खासै उपलब्धिपूर्ण देखिँदैन । स्वास्थ्य क्षेत्रमा एकदमै कमजोर स्थिति देखापरेको पाइएको छ । जिल्लाभरिमा एउटा पनि व्यवस्थित अस्पताल नहुनु, डाक्टरहरूको कमी हुनु, औषधी उपचारको कमी हुनु व्यापक कमजोरी हो । तसर्थ यी समस्याहरूको निवारणको लागि सम्बन्धित सबै पक्षले चासो देखाई कार्यान्वयन गर्न अति नै जरुरी देखिएको छ । यी विभिन्न कारणहरूलाई समयमै रोकथाम गरी जिल्लाको समग्र विकास गर्न स्थानीय रोजगारीको सिर्जना, उद्योगधन्दा र कृषि विकास एवं बाटोघाटोको (मोटरबाटो) विकास द्रूतगतिमा हुनु आवश्यक देखिन्छ ।

 
     
  विद्यमान उद्योग  
 
यस जिल्लामा घरेलु शाखा र समितिको कार्यालय स्थापना भएदेखि केही उद्योगहरू दर्ता भएको देखिन्छ । यी उद्योगहरूमध्ये करीब ४० प्रतिशत उद्योगहरू मात्र सञ्चालित छन् । त्यसमा पनि यी उद्योगहरू पूर्ण क्षमतामा सञ्चालित छैनन् । बाटो, बिजुली, सञ्चार, खानेपानीको कमीले गर्दा सञ्चालित उद्योगहरूको क्षमता पनि २५ प्रतिशत मात्र रहेको छ ।
 
     
 

विकासका सम्भावनाहरू

 
 
यस जिल्लामा रहेका रमणीय स्थलहरूमा ट्याम्केडाँडा, दिङ्ला, घोडेटार, साल्पापोखरी, सिलिचुङडाँडा, सुन्तले आदि पर्दछन् । प्राकृतिक सौन्दर्यका साथै, ऐतिहासिक, धार्मिक स्थलको रूपमा दिङ्लालाई लिन सकिन्छ । जहाँ नेपालकै दोस्रो विद्यालय स्थापना हुनुको साथै गुरुआश्रमबाट अझै पनि संस्कृत पठनपाठन गराइन्छ भने प्राकृतिक मनोरम दृश्यले झरिझुट्ट भएको दिङ्ला दोस्रो सदरमुकामको नामले पनि पुकारिन्छ । यस जिल्लाको सिमानाको रूपमा रहेको अरुण नदीमा र्‍याफि्टङको साथै जलमार्गको सम्भावना रहेको देखिन्छ भने विश्वकै होचो अरुण उपत्यका जानका लागि यसै जिल्लाको बाटो हुँदै ट्रेकिङ क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । ट्याम्के डाँडा पर्यटकीय दृष्टिकोणबाट एक उल्लेखनीय स्थल मानिन्छ जहाँबाट प्रायः जसो भोजपुरका रमाइला फाँट, वन जङ्गल र खोला नालाका रमाइला दृश्यहरू अवलोकन गर्न सकिन्छ । यी बाहेक पनि यस जिल्लामा पर्यटन विकासका सम्भावनाहरू नभएका होइनन् ।
 
::Bhojpur Welfare Society, UK::

©2010 Bhojpur Welfare Society, UK